समाचार

एमालेको पालिका अधिवेशन आज

नेकपा एमालेको दशौं राष्ट्रिय अधिवेशन अन्तर्गत आज (मंगलबार) पालिका अधिवेशन हुँदैछ। पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नेछन्। एमालेले ७ सय ५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो। पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ। पलिका अधिवेशनबाट अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उप–सचिव–२ चुनिनेछन् । गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय कमिटी चयन हुनेछ। एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरिसकेको छ। ६ हजार ७ सय… पुरा पढौ

फोहोरको डब्बामा खाना खोज्दै अफगान महिला

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ। आधा भन्दा धेरै जनसंख्या झण्डै २ करोड २८ लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गर्ने र ५ वर्ष भन्दा मूनिका ३२ लाख बालबालिकाहरू तीव्र कुपोषणबाट ग्रसित हुन सक्ने डब्ल्यूएफपीले बताएको छ। ‘अफगानिस्तान अहिले विश्वका सबैभन्दा खराब मानवीय संकटमा परेको छ,’ डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले भने, ‘हामी विपत्तिको काउन्टडाउनमा छौँ।’ अमेरिकाले आफनो फौज फिर्ता गरेपछि गएको अगस्टमा तालिबानले… पुरा पढौ

गाउँ फर्किने नागरिकलाई एक लाख अनुदान

तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराका कारण… पुरा पढौ

परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन मन्त्रालयको आग्रह

काठमाण्डौं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो । परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग… पुरा पढौ

एमाले पालिकास्तरको अधिवेशनको तयारी पूरा

काठमाण्डौं । नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए । यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा… पुरा पढौ

लमजुङमा भूकम्पको धक्का

पोखरा । पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए । प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।” प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गरेको भेटमा राष्ट्रियसभा… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम भने बढेन

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर ५०४.५७ मा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने खासै उकालो लागेको छैन । कूल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर रु चार… पुरा पढौ

७७६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५०१ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर… पुरा पढौ

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

काठमाण्डौं । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश… पुरा पढौ