नेपाल नेत्र सहायक परिवार, हिमालय आँखा अस्पताल तदर्थ समितिको अध्यक्षमा गोविन्दनाथ योगी चयन भएका छन् । नेपाल नेत्र सहायक परिवारका केन्द्रीय सदस्य मञ्जु आचार्यको विशेष उपस्थितिमा सोमबार भएको भेलाले हिमालय आँखा अस्पतालका नेत्र अधिकृत योगीलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा शशीकमला लामिछाने, महासचिवमा सुभास नेपाल, सचिवमा बिजय पौडेल, कोषाध्यक्षमा दीपिका गुरुङ र सह-कोषाध्यक्षमा रीना गुरुङ चयन भएका छन् । त्यस्तै तदर्थ समितिको सदस्यहरुमा गोविन्दराज बढु, रुपसिंह बोहरा क्षेत्री, धर्मेन्द्रकुमार घोडासैनी, शान्ति चौधरी, दीपा शाही चयन भएका छन् ।
पुरा पढौ