समाचार

‘संघीय शासन व्यवस्था अनुरुप बजेट दिन प्रधानमन्त्री र अर्थमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे ।यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश सरकारले… पुरा पढौ

मौसमविद् भन्छन् : ‘यसपालि दशैँमा पनि पानी पर्ने सम्भावना छ’

काठमाण्डौ । यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइन् । ‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने… पुरा पढौ

३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय, ८ हत्या आरोपी दोषी ठहर

काठमाडौं । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । सनम शाक्यको हत्यामा संलग्न गोरेसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद… पुरा पढौ

मन्त्री थापासँग वन कर्मचारीका गुनासा

गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले सोमबार डिभिजन वन कार्यालय तनहुँले गरेका विकास निर्माणका कामको अवलोकन गर्नुभयो । साथै कार्यालयले आयोजना गरेको छलफलमा उहाँ सहभागी हुनुभयो । कार्यक्रममा डिभिजन वन र सबडिभिजन कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो । कर्मचारीले परिचयका क्रममै आफ्ना गुनासा धमाधम राख्न थाले । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बजेट कटौतीले सहज रुपमा काम गर्न नसकिएको गुनासो पोख्नुभयो । “गत वर्षको भन्दा यस वर्ष बजेट न्यून छ कसरी काम गर्ने ? गत… पुरा पढौ

सडकमै पोखरी बनेपछि यात्रा गर्न सास्ती

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ । बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि… पुरा पढौ

गृह मन्त्रालयद्वारा प्रदेशगत अनुगमन टोली गठन

काठमाण्डौं । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी बनउनका लागि सम्बन्धिक निकायद्वारा देशभर अनुगमन… पुरा पढौ

राष्ट्रिय फुटसल लिगमा घरेलु टोली क्यासलको पहिलो हार

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो । हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट २२ अंक रहेको छ । क्यासलले ७ खेलमा जित, १ खेल बराबरी र १ खेलमा हार व्यहोरेको छ । उता राइजिङ भने जितसंगै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । राइजिङको पनि कुल ९ खेलबाट १९ अंक… पुरा पढौ

ईपिलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित

पोखरा । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित निकालेको छ । वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो । राइनोज जितको नजिकै पुगेको अवस्थामा भारि वर्षात भएपछि खेल अवरुद्ध हुन पुग्यो । विजय उन्मुख पोखरालाई जितका लागि ४३ रनको खाँचो थियो । त्यतिबेला पोखरा १५ औं ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रनको योगफलमा खेल्दै थियो । जितसंगै पोखरा पाँच खेलबाट ७ अंक… पुरा पढौ

भौतिक विकाससँगै मानव संसाधानको विकासपनि जरुरी हुन्छ ः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले भौतिक विकासले मात्र मानिस सन्तुष्टि नहुने बताउनु भएको छ । विश्व रेविज दिवसको सन्र्दभ तथा विश्व जनावर दिवसको अवसरमा सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्दै मन्त्री बरालले भौतिक विकास संगै मानव संसाधनको विकास संगसँगै आवश्यक भएको बताउनु भएको हो ।उहाँले भन्नु भयो“ मानस संसाधनको क्षेत्रमा श्रोतको व्यबस्थापन गर्नुपर्छ, स्वभाविक रुपमा भौतिक विकास मात्र सवै विकास होइन, भौतिक विकास मानिसहरुको लागि हो, भौतिक विकासले मात्र सन्तुष्टी हुदैन, मानस संसाधनको क्षेत्रमा विस्तारै ध्यान केन्द्रित… पुरा पढौ

माओवादी पोखरा महानगर कमिटीको सचिवमा विनय थापा चयन

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको सचिवमा विनय थापा चयन भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेशको हालै बसेको बैठकले थापालाई सचिवमा सर्वसम्मत चयन गरेको हो । थापा एमाले र माओवादी केन्द्रको एकीकरण अघिपनि माओवादी केन्द्रको महानगर सचिव नै थिए । थापा योङ कम्युनिष्ट लिग (वाईसिएल)का पूर्व गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रीय सचिव थिए । केहि दिनअघि बसेको बैठकले निर्णय गरेपनि आजैमात्र सर्कुलर आएको नेकपा माओवादी कास्कीका ईञ्चार्ज तथा केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले जानकारी दिए । पुरा पढौ