समाचार

शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

काठमाडौँ । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६.९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक… पुरा पढौ

मनाङका विद्यालय भवन सेनाले बनाउने

 मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु मावि, नासों–६ थोंचेस्थित प्रकाशज्योति मावि, नासों–३ स्थित धारापानी आधारभूत विद्यालय र चामे गाउँपालिका–४ स्थित लोकप्रिय माविको भवन निर्माण सेनाले बनाउने बताइएको छ… पुरा पढौ

वासिङटनमा गोली चल्दा तीनको मृत्यु, कम्तीमा तीन घाइते

वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू… पुरा पढौ

आजदेखि ‘लाइसेन्स’ परीक्षा

काठमाडौँ । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन : सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए। मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ… पुरा पढौ

सहिदमार्ग कालोपत्र हुने

बागलुङ । स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप ताराखोला गाउँपालिकाको केन्द्र अर्गल जाने सडक कालापत्रको लागि छनोट भएको छ । गण्डकी प्रदेश हेर्ने स्थानीय पूर्वाधार आयोजना विकास कार्यालय पोखरा मातहतको आयोजना छनोट समितिले रिजालचोक–अमरभूमि–अर्गल सडक छनोट गरी केन्द्रमा सिफारिस गरेको हो । कार्यालय प्रमुख कुमार थापाको संयोजकत्वमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इञ्जीनियर राम पराजुली र ताराखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरे सदस्य रहेको समितिले सो निर्णय गरेको हो ।… पुरा पढौ

रुपा ३ माओवादी केन्द्रको अध्यक्षमा भुजेल

नेकपा माओवादी केन्द्रको रुपा गाउँपालिका वडानं ३को भेला सम्पन्न भएको छ । पोल्याङमा सम्पन्न भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सचिवमा भिम बहादुर विक निर्बाचित हुनुभएको छ भने सदस्यहरुमा टिका बस्नेत, भरत छिमाल,अनिल श्रेष्ठ,अजित केसी,काजीलाल श्रेष्ठ,विनोद भुजेल,संगिता भुजेल,शिला भुजेल,चिनबहादुर कुमाल,आद्धत बहादुर परियार,उमा क्षेत्री,राधा रानाभाट,त्रिकला सुनार,अप्सरा भुजेल,धनु भुजेल,रामबहादु सुनार, अर्जुन वि।क, श्याम कृष्ण अधिकारी र जलन कुमाल रहनुभएको छ ।यस अघि भेलाको उद्घाटन गर्दे गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति… पुरा पढौ

अशोक खड्काको नेतृत्वमा पोखराका ५८ युवा व्यवसायी युवा संघमा प्रवेश

पोखरेली युवा व्यवसायी अशोक खड्काको नेतृत्वमा पोखराका ५८ युवा व्यवसायी नेकपा एमाले निकट राष्ट्रिय युवा संघमा प्रवेश गरेका छन् । युवा संघको आज आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै युवा संघमा प्रवेश गरेका हुन् । युवा संघमा प्रवेश गरेका युवा व्यवसायी अशोक खड्कासहितलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङ, युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, युवा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङलगायतले अवीर, खादा… पुरा पढौ

विप्लव निकट विद्यार्थी र युवा संगठनद्वारा पोखरामा विरोध प्रदर्शन

विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी )कास्कीले आज पोखरामा विरोध प्रदर्शन गरेको छ । नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय बिदेश मन्त्रालयका प्रवक्ताको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा उनीहरुले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडि गरिएको विरोध प्रदर्शनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य अटल, अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष पुरन पुन लगायतले जयसिंह धामीको हत्यारालाई कारवाही गर्न माग गरे । उनीहरुले भारतीय विदेश मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति… पुरा पढौ

पोखरामा लागू औषधसहित एक पक्राउ

पोखराबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ भञ्ज्याङका ३१ व्र्षिय मोहन तामाङलाई प्रहरीले लागूऔषधसहित घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका तामाङको साथबाट नुर्फिन ४५ एम्पुल, डाइजापाम ४५ एम्पुल, फेनरागन ४५ एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीको बुलेटिनमा उल्लेख छ । प्रहरीले तामाङमाथि लागूऔषध कारोबार सम्बन्धी मुद्धा चलाउने जनाएको छ । पुरा पढौ

कास्की वाईसिएलद्वारा भलाममा बाढी पीडितलाई राहत वितरण

नेकपा माओवादी निकट योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले पोखराको भलाममा राहत वितरण गरेको छ । वाईसिएलले भदौ १७ गतेको बाढी तथा पहिरोबाट प्रभावित पोखरा महानगरपालिका वडा नम्बर २० भलामका ५ घर परिवारलाई राहत वितरण गरेको हो । आफूहरुले नगदसहित दैनिक आवश्यक पर्ने चामल, दाल, तरकारी तथा खाद्यान्न सामग्री वितरण गरेको वाईसिएल कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । पुरा पढौ