समाचार

कास्की र पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीको कमिटी गठन

नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ। दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो। जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १५१ सदस्यीय महानगर कमिटी गठन गरिएको छ। त्यस्तै, बैठकले १७ विभागहरु र २२ जनवर्गिय संगठन गठन तथा विभागको प्रमुख र जनवर्गिय संगठनहरुको ईञ्चार्ज तथा सह–इञ्चार्ज तोक्ने निर्णय गरेको अध्यक्ष धनराज आचार्यले बताएका छन्। आचार्यका अनुसार पार्टीको ६९ सदस्यीय जिल्ला कमिटिको सचिवालय समिति… पुरा पढौ

चेतन कार्कीको स्मृतिमा प्रतिष्ठान स्थापना

नेपाली साहित्य, संस्कृति तथा चलचित्रकर्ममा जीवनपर्यन्त क्रियाशील स्रष्टा चेतन कार्कीको स्मृतिमा प्रतिष्ठानको स्थापना गरिएको छ। चेतन कार्की प्रतिष्ठानको प्रमुख संरक्षकमा स्व. कार्कीकी पत्नी गंगा कार्की रहने गरी अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो। साहित्यकार एवम् चलचित्रकर्मीहरूको सोमबार बसेको एक भेलाले प्रतिष्ठानको उपाध्यक्षमा चलचित्रकर्मी मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्कीलाई छन्। समितिका सदस्यहरूमा राधेश्याम लेकाली, रवीन्द्र खड्का र दिव्य गिरीलाई छन्। वि.सं.१९९५ मा बहाँटारी, थुम, स्याङ्जामा… पुरा पढौ

अब,भौतिक उपस्थितिमै स्कूल कलेजहरु खुल्दै

अब, भौतिक उपस्थितिमै नेपालका विद्यालय तथा कलेजहरुमा पठनपाठन सुचारु हुने भएको छ। नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँहरुमा भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन थालेका छन्। कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै स्मार्ट लकडाउनमा सीमित बनाई कार्यविधि नै जारी गरेपछि भने कतिपय विद्यालयहरूमा भौतिक उपस्थितिमा पठनपाठन सुचारु ग्र्न लागेको हो। कोभिड–१९ संक्रिय सक्रमितको अवस्थालाई ध्यानमा राखेर कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि… पुरा पढौ

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता नामावली प्रकाशित

काठमाण्डौं । नेपाली कांग्रेसले आसन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम आज सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो । क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसअघि कांग्रेसले यही भदौ १० गते ३८ जिल्ला,… पुरा पढौ

छानबिन समितिले दार्चुला घटनाको प्रतिवेदन बुझायो

काठमाण्डौं । दार्चुलामा तुइन तर्ने क्रममा महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले आफ्नो प्रतिवेदन आज गृह मन्त्रालयमा बुझाएको छ । पटकपटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री खाँणले स्थलगतरूपमा पुगेर… पुरा पढौ

कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । मंगलबार सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक ६ लाख  बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण गरिएको हो ।  जसमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने ल्यल– Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन्… पुरा पढौ

दोहोरी साँझ सञ्चालन गर्न दिन माग गर्दै व्यवसायीले प्रजिअलाई बुझाए चाबी

रात्रीकालिन ब्यवशाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट ब्यवशायीहरुले कास्की प्रशासनलाई चाबी बुझाएका छन । कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवशाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्द्र व्यवशायीहरुले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट ब्यवशायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन ब्यवशाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ… पुरा पढौ

सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न जिफन्ट गण्डकीको माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश संगठन कमिटीले योगदानमा आधारित सामाजिक सुरक्षायोजना अनिवार्य कार्यान्वयन गर्न माग गर्दैै पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघलाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ । जिफन्टको देशव्यापी कार्यक्रम अन्तर्गत दुबै संघलाई ध्यानाकर्षण पत्र बुझाएको गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । जिफन्ट राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य मिना गुरुङले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सके नेपालको श्रमशक्तिलाई स्वदेशमै रोक्न सकिने बताइन् । उनले योजनाले सरोकारवाला सबैलाई दुरगामी रुपमा… पुरा पढौ

पोखरा महानगरपालिकामा नियम मिचेर बढुवा गरिएको भन्दै कांग्रेस वडाध्यक्षहरुद्वारा विरोध

पोखरा महानगरपालिकाले नियम मिचेर एक जना अ.स.ई प्रहरीलाई एकाएक स.ई.मा बढुवा गरेकोप्रति आपत्ती जनाइएको छ ।नेपाली काँग्रेस पोखरा महानगरपालिका दलको नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति प्रकाशित गरी त्यस्तो गतिविधिप्रति आपत्ती जनाउनु भएको हो । नगर प्रहरीमा स.ई. पद प्रतिस्पर्धा बिना बढुवा गर्न नमिल्ने, पदपूर्ति समितिको सिफारिस नगरेको र करार गर्ने उमेर हद समेत नाघेकालाई बढुवा गरिएको भन्दै आपत्ती जनाइएको छ । नगर प्रमुख सिकिस्त बिरामी भै काठमाण्डौं उपचारमा रहेको बेला प्रचलित प्रशासनीक मूल्यमान्यता, विधिपद्वति विपरीत शंकास्पद आर्थिक प्रलोभनमा परी… पुरा पढौ

एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन

तनहुँ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास–१० ले थालेको सामुदायिक एम्बुलेन्स सञ्चालन अभियानमा करिब रु. ३० लाख सङ्कलन भएको छ । गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो । उक्त अभियानअन्तर्गत हालसम्म रु.२९ लाख नौ हजार ७७५ सङ्कलन भएको उक्त सोसाइटी उपशाखाले जनाएको छ । सङ्कलन भएको रकममध्ये रु. १२ लाख ८७ हजार एम्बुलेन्स खरिद, बीमा र एसी जडानलगायत खर्च भएको उपशाखाका सभापति रामदत्त… पुरा पढौ