समाचार

काबुलमै अड्किएका ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार गर्न र काबुलमै अड्किएर बसेका ४२ नेपाली उडानको प्रतीक्षामा छन्। अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेको सरकारले जनाएको हो। कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका जनाइएको हो। तर, त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ। अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा… पुरा पढौ

गण्डकी प्रदेशको केही स्थानमा आज दिउँसो भारी वर्षाको संभावना

गण्डकी प्रदेशको केही एक/दुई स्थानमा आज (बिहीबार) दिउँसो भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश लगायत प्रदेश १, २, र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा आज राति मेघगर्जन र चट्याङसहित भारी वर्षाको… पुरा पढौ

२ महिनाको मनसुनी विवरण सार्वजनिक

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ महिनाको मनसुनी विवरण सार्वजनिक गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति पुगेको छ। यो वर्ष हालसम्म ४ सय ५१ वटा विपतका घटना भएका छन्। मनसुन सुरु भएयता ६० जिल्लामा ५ हजार ११८ जना बासिन्दा विस्थापित भएको प्राधिकरणको तथ्यांक छ। सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस… पुरा पढौ

नेविसंघ पृथ्वीनारायण क्याम्पसकाे बीपीए संयोजकमा रेग्मी

पाेखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले क्याम्पसमा विभिन्न संकायहरूमा संगठन विस्तार थालेकाे छ । यसै शिलशिलामा बी.पी.ए. संकायमा नोदराज रेग्मी (अनिल) काे संयोजकत्वमा कमिटि बिस्तार गरिएकाे छ । क्याम्पस मुल इकाई समितिका सभापति गौरव बरालले रेग्मीलाई बुधबार संयाेजककाे जिम्मेबारी प्रदान गरेका हुन् । नेविसंघ पृथ्वीनारायण क्याम्पस प्रजातान्त्रिक अध्ययन तथा अनुशासन विभाग अध्यक्ष स्वरूप बन्जाडे, सचिब राज आचार्य, बीबीएस संकाय उपसभापति बिबेक तिमिल्सिना, विद्यार्थी नेता ऋषिकेष चालिसे, सुशान्त पराजुली लगायत उपस्थित विद्यार्थी नेताहरुको रोहबरमा नेविसंघ पृथ्वीनारायण क्याम्पस बी.पी.ए. विभागको… पुरा पढौ

निर्वाचन आयोगद्वारा दुवै दललाई मान्यता

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा(एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा… पुरा पढौ

स्थापनाको नवौं वर्षमा ग्रीन डेभलपमेण्ट बैंकको बृक्षरोपण

पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.वि.मा वृक्षरोपण गर्नुका साथै, उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई शुद्ध पानि पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ । वैंकका संचालक कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वैंकका कर्जा विभाग प्रमुख हरि वहादुर वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक गोपाल… पुरा पढौ

पोखरा लेडी जेसीसद्वारा खाद्यन्न तथा आवश्यक सामाग्री वितरण

पोखरा । पोखरा लेडी जेसीज बर्ष २०२१ को जेसीज सप्ताह कार्यक्रमको पाँचौं दिन खाद्यन्न तथा आवश्यक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । बर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा (बिनिता)को अध्यक्षता तथा पोखरा–२० का वडा अध्यक्ष सिम बाहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भलाम आधारभुत विद्यालयमा खाद्यान्न तथा आवश्यक सामाग्री वितरण गरिएको कार्यक्रममा संयोजक सुभद्रा बरालले जानकारी दिइन् । कार्यक्रममा भलाम आधारभुत विद्यालय व्यबस्थापन समिमिका सदस्य रामजि खत्री, विद्यालयका प्राचार्य कुल प्रसाद पौडेल, एवाकस मेन्टल म्याथका डाइरेक्टर उपेन्द्र अधिकारी… पुरा पढौ

बुधबार गण्डकीमा ४९६ सङ्क्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेशमा सक्रिय… पुरा पढौ

मुक्तकमणि तीर्थराज अधिकारी प्रकाशित

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको ‘साधनाको स्वर्णवर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ कृति प्रकाशन भएको छ । अनेसास केन्द्रीय कार्य समितिले अधिकारीको साधनाको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनी बारेमा आजसम्म भए गरेका अनुसन्धान र लेखिएका आलेखमध्ये उत्कृष्ट रचनालाई एकीकृत गरी कृति प्रकाशन गरेको हो । साधक, समाजसेवी र सङ्गठकको छवि बनाएका अधिकारीका बारेमा हालसम्म लेखिएकामध्ये उत्कृष्ट रचनालाई सङ्कलन गरी कृति प्रकाशन गरिएको छ । अधिकारीका बारे ५० वर्षसम्म लेखिएका रचनालाई शोध अनुसन्धान,… पुरा पढौ

अर्थ तथा विकास समितिले भन्यो : ‘रातो कितावमा परेका योजना नकाट्नू’

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो । रातो कितावमा परेका योजना बजेट अभाव देखाएर काट्ने गरेको गुनासो आएको भन्दै समितिका सभापति दीपक कोइरालाले मन्त्रालयलाई निर्देशन दिदै भने,‘रातो कितावमा परेका योजना कोल्याप्स गर्ने काम रोक्न समिति निर्देशन दिन्छ ।’ समितिले महत्वपूर्ण योजनालाई आयोजनाका रुपमा अगाडि बढाउनपनि निर्देशन दिएको छ । ‘सबै योजनालाई आयोजनाका रुपमा… पुरा पढौ