समाचार

चौथो लहर आएको दक्षिण कोरियामा कोरोना संक्रमित बढ्दै

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ। त्यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा समेत बढ्दै गएको देखिएको छ। कोरोना भाइरसको चौथो वेभ आएको भनिएको त्यहाँ शुक्रबार १ हजार ९ सय ९० जनामा कोरोनाको थप संक्रमण भएको बताइएको छ। त्यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु १ हजार ९ सय ९० जना थपिएका बताइएको छ। योसँगै त्यहाँका संक्रमितहरुको संख्या २ लाख २० हजारजना भन्दा बढीमा पुगेको बताइएको छ। त्यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि… पुरा पढौ

१२ देखि १७ वर्ष उमेरका लागि मोडर्नाको ४० लाख डोज खोप

नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि मोडर्नाको ४० लाख डोज खोप नेपाल ल्याइने भएको छ। विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोडर्ना खोप ल्याउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोडर्नाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको हो। उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको… पुरा पढौ

गायन सँगै अभिनयमा सन्तोष बस्याल

पोखरा । गायक सन्तोष बस्यालको “माछापुच्छ्रे हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई चर्चित निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् । पोखरा आसपासका रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको होे । गीतमा पोखराको महिमालाई प्रस्तुत… पुरा पढौ

थ्रि एन्जल्स नेपालको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा । थ्रि एन्जल्स नेपालको आर्थिक वर्ष २०७७/७८ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा सम्भव नभएपछि भर्चुअल रुपमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्काले सहजीकरण गरेका थिए । खड्काले सामाजिक लेखाजोखाको विधि र प्रकृयाबारे बताउँदै यसका सिद्धान्तबारे अवगत गराए । साथै उनले सामाजिक लेखाजोखाको उद्धेस्यमा केन्द्रित रहेर गरिएको लेखा परिक्षणबाट थ्रि एन्जल्स नेपालका सम्पूर्ण कार्यक्रम चुस्त दुरुस्त अघि बढेको पाईएको बताए । सो अवसरमा संस्थाका… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रका उद्यमी र मजदुरहरुलाई आजबाट खोप लगाउन सुरु

पोखरा । गण्डकी प्रदेशको एक मात्र पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्यमी व्यवसायी र मजदुरहरुलाई औपचारिक रुपमा कोभिड विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । औद्योगिक क्षेत्र भित्र खोप केन्द्र स्थापना गरी खोप लगाउन थालिएको हो । औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा औद्योगिक क्षेत्रको वस्तुस्थितीको बारेमा समेत जानकारी लिएका छन् । औद्योगिक क्षेत्र रहेका व्यवसायी र मजदुरलाई क्रमशः सबैलाई… पुरा पढौ

नाग र कमलको फूलका लागि प्रसिद्ध पोखराको धार्मिक पर्यटकीय तीर्थस्थल कमलपोखरी

पोखरा । पोखरा महानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल नाग र कमलको फूलका कारण परिचित धार्मिक पर्यटकीय तीर्थस्थल हो । पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दूरीमा रहेको कमलपोखरीमा ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको छ । पछिल्ला वर्षमा ताल अवलोकनका लागि दैनिकरुपमा पर्यटक आउने गरेका छन् । तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा र समयसमयमा टाढाटाढाबाट आउने चराचुरुङ्गीले पर्यटकलाई लोभ्याउने गरेका छन् । यहाँको संरक्षणमा… पुरा पढौ

कांग्रेसको प्रदेश प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवत प्रकाश

गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त भएकी हुन् । यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका हुन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका… पुरा पढौ

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा पर्यटन परिषद्को समन्वयमा आज पोखराका २५ सय पर्यटनकर्मीलाई खोप लगाइएको छ ।पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा पाँचसय खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।परिषद्का अध्यक्ष गोपीबहादुर भटटराई निकै… पुरा पढौ

लामाचौर स्वास्थ्य चौकीले शुरु गर्यो मास्क अभियान

नेपाल सरकारको मास्क सप्ताह अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित लामाचौर स्वास्थ्य चौकीले विहीबारदेखि ‘मास्क अभियान’ सञ्चालन गरेको छ । “महामरी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु आजको आवश्यक्ता भन्दै लामाचौर स्वास्थ्यचौकी पोखराले विहीबार एक कार्यक्रमसहित ‘मास्क अभियान’ सञ्चालन गरेको हो । पोखरा–१९ वडा कार्यलयमा वडाध्यक्ष एवम् ब्यबस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले ब्यानरमा हस्ताक्षर गरेर अभियान शुरु गरिएको लामाचौर स्वास्थ्यचौकीले जनाएको छ । त्यसपश्चात कार्यालयबाट शुरु भएको ¥यालीमा मापदण्ड पालना गरौं, मास्क लागाऔं, कोरोना भगाऔं, साबुन पानीले मिचिमिची… पुरा पढौ

अन्तरराष्ट्रिय युवा दिवसमा युथ कम्युनिटी क्लबको रक्तदान

बाह्रौं अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा युथ कम्युनिटी क्लबले विहीबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । ‘रक्तदान ! जीवनदान’ भन्ने भन्ने मूल उद्घोषका साथ आयोजित रक्तदान कार्यक्रमको क्लवका अध्यक्ष पूर्णकुमार श्रेष्ठले पहिलो रक्तदाता क्लबका सस्ंथापक सदस्य विक्रम बराललाई ब्लड व्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो ।लायन्स क्लब अफ पोखरा ग्लोवल सेन्चुरी, मित्रता इन्भेष्टमेन्ट कम्पनी, युथ चेम्बर अफ कमर्स कास्की सहयोगी संस्था रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा र पोखरा ल्याबोरेटरीको प्राविधिक सहयोग गरेको कार्यक्रम… पुरा पढौ