समाचार

पर्वतमा आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र… पुरा पढौ

लुम्बिनी प्रदेशमा काँग्रेस–माओवादी नेतृत्वको आलोपालो सरकार

लुम्बिनी प्रदेशमा आज (बिहीबार) नयाँ गठबन्धनको नयाँ सरकार गठन हुँदैछ। प्रदेश सरकारको अवधि अब १६ महिना बाँकी रहँदा गठबन्धनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्दैछ। मुख्यमन्त्री शंकर पोखरेलले हिँजो (बुधबार) राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। अब, लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ। लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन्। बहुमतका लागि… पुरा पढौ

फेरि एकपटक च्याम्पियन्स लिग जित्ने मेस्सीको पीएसजी सपना

लियोनल मेस्सीले पीएसजीको तर्फबाट फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना बुनेका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा आवद्ध भएका मेस्सीले एकपटक फेरि युरोपियन च्याम्पियन बन्ने सपना रहेको र योपटक पीएसजीबाट त्यो चाहना पूरा गर्ने चाहना बताएका हुन्। ‘मेरो लक्ष्य र सपना भनेको फेरि एकपटक च्याम्पियन्स लिग जित्नु हो,’ अनुबन्धनको औपचारिक घोषणा समारोहमा बुधबार मेस्सीले भने, ‘मलाई लाग्छ च्याम्पियन्स लिग जित्ने टिम हामीसँग यहाँ (पीएसजी) छ।’ ३४ वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्।… पुरा पढौ

चेल्सीले जित्यो युइएफए सुपर कपको उपाधि

इङ्लिस प्रिमियर क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ। आयरल्यान्डको विन्डसर पार्कमा बिहान भएको खेलमा भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो । कोभिड–१९ को महामारीपछि पहिलो पटक १३ हजार दर्शकले चेल्सी र भिल्लारियलको उक्त खेल प्रत्यक्ष हेरेका थिए। पुरा पढौ

टी–२० मा कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारसको वरीयतामा सुधार

आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले सुधार गरेका छन्। टी–२० मा कप्तान ज्ञानेन्द्र ३ स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका हुन्। ज्ञानेन्द्र ३ स्थान माथि उक्लदै ९४ औं स्थानमा पुगेका हुन्। यसअघि उनी ९७ औं स्थानमा थिए। ज्ञानेन्द्रको ३ सय ५७ रेटिङ रहेको छ। ज्ञानेन्द्र भन्दा पछाडी अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, भारतीय खेलाडी मनिष पाण्डे छन्। यस्तै, पारस खड्काले भने ४ स्थान सुधार गर्दै ९० औं स्थानमा पुगेका छन। पारसले पनि… पुरा पढौ

अफगानिस्तानबाट सैनिक फिर्ता गरेकोमा पश्चाताप छैनः राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो। उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्। २० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ। बीबीसी पुरा पढौ

आन्दोलनरत् बेलायती गोर्खा सेनालाई विपक्षी पार्टी लेबरको समर्थन

समान पेन्सन सुविधा, बेलायती गोर्खा सेनाको पुरानै माग हो। यसका लागि बेलायतमा पटक–पटक आन्दोलन भइसकेका छन्। यही मागको सम्बोधनका लागि हाल अवकाशप्राप्त ३ सेना भोक हड्तालमा छन्। समान पेन्सन उपलब्ध गराउने विषयमा बेलायती सरकार असफल भएको भन्दै उनीहरू ५ दिनयता डाउनिङ स्ट्रिट (कमनवेल्थ विदेश मन्त्रालय अगाडि) मा भोक हड्तालमा छन्। भोक हड्तालमा सहभागी ३ पूर्व सैनिकलाई बेलायती विपक्षी पार्टी लेबरले समर्थन गरेको छ। बेलायती सरकारले गोर्खाहरूको माग तुरुन्त सम्बोधन गर्नुपर्ने लेबर पार्टीको भनाई छ। यस विषयमा लेबरका छाँया रक्षामन्त्री स्टेफन… पुरा पढौ

अब विद्यार्थीलाई पनि खोप लगाइँदै

सरकारले विश्वविद्यालयका २० वर्षभन्दामाथिका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। मन्त्री श्रेष्ठले ट्वीट गर्दै लेखेका छन्, ‘विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्ष माथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने निर्णय भएको छ।’ गत सोमबार ५ विद्यार्थी संगठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए। यो निर्णयसँगै मन्त्रालयका अनुसार… पुरा पढौ

वाईसीएल पोखरा–२४ मा सुवेदी

पोखरा । योङ्ग कम्युनिस्ट लिग वाईसीएल पोखरा–२४ को अध्यक्षमा टेकप्रसाद सुबेदीको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको छ । आज भएको वडा स्तरिय भेलाले कमिटिको उपाध्यक्षमा दिलिप सुवेदी, सचिवमा राजेश गिरी, सहसचिवमा बिशाल सुबेदी र कोषाध्यक्षमा बिकास अधिकारी चयन भएका हुन् । भेलाले २५ जनाको वडा कमिटि गठन गरेको पनि सचिव राजेश गिरीले जानकारी दिए । पुरा पढौ

दुर्घटनाबाट जोगियो सीता एयर

काठमाण्डौं । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताए । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको… पुरा पढौ