समाचार

मुख्यमन्त्री पोखरेलद्वारा खोप केन्द्रको अनुगमन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गरे । कोरोनाविरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौँसम्म लाइनमा बस्नुपरेकोलगायत गुनासा आएपछि उनले आज आकस्मिकरुपमा स्थलगत अनुगमन गरेका हुन् । मुख्यमन्त्री पोखरेलले पोखराको वडा नं ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नं ८ को सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नं १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी दिए । त्यस्तै लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग… पुरा पढौ

मादक पदार्थ खाएर लठ्ठिएका श्रीलालले लोहोरोले हानेर आफ्नै श्रीमतीको हत्या गरे

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीलाल कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका श्रीलालले सोमबार राती श्रीमती श्रीमायालाई मसला पिन्ने सिलौटाको लोहोरोले टाउकोमा हानेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ… पुरा पढौ

युवा उद्यमी मञ्च (एनवाईईएफ)ले विहीबार चिप्लेढुंगामा खुल्ला रक्तदान गर्ने

युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीले विहीबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा मञ्चले पर्सी विहीबार पोखरा ट्रेडमल अगाडि मानवअधिकारचोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो । रक्तदान कार्यक्रम विहान ७ बजेदेखी शुरु हुने मञ्चका अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को तेश्रो भेरियन्ट आउने सम्भावना रहेको र यसले रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागिएको उनले बताए । मञ्चको केन्द्रीय… पुरा पढौ

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू

कास्कीमा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यू भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ बाँझाखेतका ६५ वर्षिय श्रीमान श्रीराम कामीको कुटपीटबाट उनकी ५५ वर्षिया श्रीमती श्रीमाया कामीको मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेका श्रीरामले श्रीमती श्रीमायालाई सिलौटाको लोहोरोले टाउकोमा कुटपीट गरेका थिए । कुटपीटबाट घाईते भएका श्रीमायाको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले बताएको छ ।… पुरा पढौ

म्याग्दीमा आगलागी हुँदा २ पसलमा क्षति

म्याग्दीको बेनी बजार न्युरोडमा आज (मंगलबार) बिहान आगलागी भएको छ। बेनी नगरपालिका–८ न्युरोडमा भएको आगलागीमा २ वटा पसल जलेका छन्। आगलागीबाट बेनी बजारमा रहेको रघुगंगा डेरी र नयन स्टोर्समा क्षति पुगेको हो। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बेनी र बाग्लुङ नगरपालिकाको २ वटा दमकल, प्रहरी र बजारबासीको सहयोगमा आगो नियन्त्रणमा आएकोे छ। डेरी पसलमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। क्षतिको विवरण आउन बाँकी छ। रासस पुरा पढौ

बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ। इटालियन क्लब युभेन्टसमाथि ३–० को सहज जित निकाल्दै बार्सिलोनाले उपाधि हात पारेको हो। बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे। जितमा बार्सिलोनाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ५७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। ९० औं मिनेटमा सब्सिच्युट रिकी… पुरा पढौ

अफगानिस्तानमा रेडियो सम्पादकको हत्या, एक पत्रकारलाई बन्धक बनाइयो

अफगानिस्तानको पाकटिया घाग रेडियो स्टेसनका प्रधान सम्पादक टोफान ओमारीको आइतबार काबुलको देह सब्ज जिल्लामा हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ । उनलाई अफगान तालिबान समूहले हत्या गरेको हुनसक्ने प्रशासनले जनाएको छ। यद्यपि, ओमारीको मृत्युको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यसैगरी उनीहरूले युद्धग्रस्त अफगानिस्तानको हेलमन्ड प्रान्तमा एक टेलिभिजन पत्रकारलाई बन्धक बनाएर लगेको बताइएको छ। अफगानिस्तानको खानमा प्रेसले बताएअनुसार स्थानीय बुस्ट रेडियो स्टेसनका प्रधान सम्पादक तथा खोस्ट प्रान्तमा अवस्थित गारगाख्ट टिभी च्यानलका संवाददाता नियाम तुल्लाह हेमतलाई हेलमन्ड प्रान्तको नावा जिल्लामा… पुरा पढौ

अफगानिस्तान: जारी लडाइँमा २७ बालबालिका मारिए

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला ३ दिनमा २७ जना बालबालिका मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्। विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ। गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको… पुरा पढौ

मन्त्रिपरिषद बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

काठमाण्डौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो… पुरा पढौ

एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित

काठमाण्डौं । नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म… पुरा पढौ