समाचार

टोकियो ओलम्पिकः क्यानडाले जित्यो महिला फुटबलको स्वर्ण

टोकियोमा जारी ओलम्पिकको महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ। शुक्रबार टोकियोमा भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्यानडाले महिला फुटबलको स्वर्ण जितेको हो। क्यानडाले ओलम्पिक महिला फुटबलको इतिहासमा पहिलो पटक स्वर्ण जितेको हो। यसअघि, सन् २०१२ र सन् २०१६ को ओलम्पिकमा क्यानडाले काँस्य पदक जितेको थियो। यता, स्वीडेन भने लगातार दोस्रो पटक फाइनल पुगेर पनि स्वर्ण जित्न असफल बन्यो। सन् २०१६ को रियो ओलम्पिकमा स्वीडेन फाइनलमा जर्मनीसँग पराजित भएको थियो। पुरा पढौ

जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन्। जेल जीवन बिताइरहेका जुमाको स्वास्थ्यमा गडबडी देखिएपछि चिकित्सकको निगरानीमा रहन शुक्रबार अस्पताल भर्ना गरिएको हो। ‘पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो’, एक अधिकारीले संचारकर्मीसँग भनेका छन्। पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो। भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेर जेल गएका थिए।… पुरा पढौ

अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या

अफगानिस्तानमा सरकारको मिडिया प्रमुखको हत्या गरिएको छ। अफगान सरकारको सूचना तथा मिडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो। समाचारहरुका अनुसार तालिबान लडाकूहरुले शुक्रबार मिनापालको हत्या गरेका हुन्।अफगानिस्तानका गृह मन्त्रालयका प्रवक्ता मिरवाइज स्तेनकजईका अनुसार अज्ञात बन्दूकधारीले शुक्रबार दिउँसो नमाज पढिरहेका समयमा मिनानपालको हत्या गरेको समाचारमा उल्ल्ेख छ। मिनापाल यसअघि अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपतिको प्रवक्ताका रुपमा काम गरिसकेका थिए। हत्याको जिम्मेवारी तालिबानले लिएको छ। बीबीसी पुरा पढौ

आजदेखि एक हप्तासम्म नेपाल मास्क अभियान सुरु

नेपाल सरकारले आज (शनिबार) देखि एक हप्तासम्मका लागि देशभर मास्क अभियान सुरु गरेको छ। कोभिड–१९ संक्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान संचालन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म अभियान संचालन गरिनेछ। अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ। कोभिड संक्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल… पुरा पढौ

कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउनसक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री खाँणले भने, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने… पुरा पढौ

नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाण्डौं । नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि एन्फासित प्रस्ताव राखेको हो । उक्त प्रस्ताव एन्फाले स्वीकार गरेको छ । नेपालले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) आयोजना गर्नका लागि समेत प्रस्ताव अघि बढाएको छ । उक्त प्रतियोगिता अघि नेपालले भारतसित… पुरा पढौ

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौं । सर्वाेच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत विपक्षी बनाई आज अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । “नेपालको संविधानको धारा १३३ को धारा (२) र (४) बमोजिम यही साउन १९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णय उत्प्रेषणको आदेशले… पुरा पढौ

राजस्व प्रशासनमा गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ”, उनले भने । मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएता पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गते

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ/नगर वडाअधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । यद्यपी क्रियाशील… पुरा पढौ

टोकियो ओलम्पिक : ७५ पदकसहित चीनको अग्रता कायमै

पोखरा । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ… पुरा पढौ