समाचार

स्थगित भयो कक्षा १२ को परीक्षा

काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन… पुरा पढौ

पूर्वप्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा

मनाङ । बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पु¥याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् । जिल्लाका विभिन्न स्थानमा पु¥याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ आएको जनाइएको छ । यहाँ आएका पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति… पुरा पढौ

अष्ट्रेलियाविरूद्धको टी–ट्वान्टी सिरिजमा बंगलादेशको ऐतिहासिक जित

अष्ट्रेलियाविरूद्धको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ। ढाकामा शुक्रबार भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको हो। बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा लगातार ३ खेल जित्दै सिरिज आफ्नो पक्षमा बनाएको हो। यसअघि, बंगलादेशले पहिलो खेलमा अष्ट्रेलियालाई २३ रन तथा दोस्रो खेलमा ५ विकेटले हराएको थियो। अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो ऐतिहासिक सिरिज जित हो। बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनैपनि फम्र्याटको सिरिज जितेको थिएन। शेर… पुरा पढौ

टोकियो ओलम्पिकः टेबल टेनिसमा चीनको वर्चस्व

जापानको राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा चीनले टेबल टेनिसमा आफ्नो वर्चस्व कायम राखेको छ। शुक्रबार सम्पन्न पुरुष टिम स्पर्धा जितेसँगै चीनले टेबल टेनिसमा चौथो स्वर्ण पदक जित्न सफल भयो। पुरुष स्पर्धामा चीनले जर्मनीलाई ३–० ले हराएको हो। चीन टेबल टेनिसमा ४ स्वर्ण र ३ रजतसहित कुल ७ पदक जित्न सफल भएको छ। जापानले मिक्स डबलमा १ स्वर्ण पदक जित्यो। जर्मनीले १ रजत र १ काँस्य पदक जितेको छ। पुरा पढौ

टोकियो ओलम्पिकः एथलेटिक्स पुरुष ४ गुणा १०० मिटर रिलेमा इटालीलाई स्वर्ण

जापानको राजधानी टोकियोमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा इटालीले एथलेटिक्स पुरुष ४ गुणा १०० सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ। १०० मिटर दौडका विजेता मार्सेल ज्याकोबले दोस्रो स्वर्ण पदक जितेका छन्। इटालीले ३७.५० सेकेन्डमा दुरी पार गर्दै उक्त स्पर्धामा स्वर्ण पदक जितेको हो। १९४८ लन्डन ओलम्पिकमा काँस्य पदक जितेपछि इटालीले रिलेमा पहिलो पदक जितेको हो। ०.०१ सेकेन्डले पछि परेको बेलायतले रजत पदक जित्यो। ३७.७० सेकेन्डमा दुरी पार गरेको क्यानडाले काँस्य पदक जित्यो। पुरा पढौ

टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ गुणा १०० मिटर रिलेमा जमैकालाई स्वर्ण

जापानको राजधानी टोकियोमा जारी ३२ औं गुष्मकालीन ओलम्पिकमा एथलेटिक्सको महिला एक सय मिटर दौडमा स्वर्ण, रजत र कास्य तीनै पदक जमैकाले जितेको छ। जमैकाले ४ गुणा १०० मिटर दौडमा पनि स्वर्ण पदक जितेको छ। जमैकाले ४१.०२ सेकेन्डमा दुरी पार गरेको थियो। ४१.४५ सेकेन्डमा दुरी पार गरेको अमेरिकाले रजत पदक जित्यो। बेलायतले ४१.८८ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जित्यो। पुरा पढौ

टोकियो ओलम्पिकः केन्याकी किपएगनले जितिन् एथलेटिक्स १५ सय मिटर दौडको स्वर्ण

जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा केन्याकी फैथ किपएगनले एथलेटिक्स महिला १५ सय मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। फैथ किपएगनले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान सहितको स्वर्ण पदक जितेकी हुन्। रोमानियाकी पाउला इभानको नाममा ३ मिनेट ५३.९६ सेकेन्डको ओलम्पिक कीर्तिमान थियो।उक्त स्पर्धामा बेलायतकी लाउरा मुइरले ३ मिनेट ५४.५० सेकेन्ड र नदरल्यान्ड्सकी सिफन हसनले ३ मिनेट ५५.८६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते। पुरा पढौ

टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ सय मिटरमा मिलर–विबोले जितिन् स्वर्ण

जापानमा जारी टोकियो ओलम्पिकमा बाहमसकी शाउनाए मिलर–विबोले एथलेटिक्स महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। उनले ४८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। डोमिनिसियन गणतन्त्रकी मारिलेइडी पाउलिनोले ४९.२० सेकेन्ड र अमेरिकाकी एलिसन फेलिक्सले ४९.४६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते। ओलम्पिकमा फेलिक्सको १० औँ पदक हो। उनी सबभन्दा धेरै पदक जित्ने महिला खेलाडी बनेकी छिन्। पुरा पढौ

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

युगान्डाका जोसुआ चेप्तेगीले टोकियो ओलम्पिकको एथलेटिक्स पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्। उनले १२ मिनेट ५८.१५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक जितेका हुन्। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र काँस्य पदक जिते। पुरा पढौ

टोकियो ओलम्पिकः महिला हक्कीमा नेदरल्यान्ड्सले जित्यो स्वर्ण

नेदरल्यान्ड्सले टोकियोमा जारी ओलम्पिकको महिला हक्कीमा स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको हो। नेदरल्यान्ड्सका लागि भान मासाक्करले २ र भान गेफिनले १ गोल गरे। अर्जेन्टिनाका लागि सान्त्वना गोल गोर्जेलाने अगष्टिनाले गरे। हक्कीमा काँस्य पदक बेलायतले जित्यो। बेलायतले भारतलाई ४–३ ले हराएको हो। पुरा पढौ