समाचार

एमालेमा विधान संशोधनका लागि सुझाव लिन शुरु

काठमाण्डौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य शुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेकोे सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ… पुरा पढौ

अर्थमन्त्री बरालको पहलमा हेमजा बाँसबोेटबासीको तिर्खा मेटिदै

गाग्रीमा पानी बोकेर खानेपानीको प्रयोग गर्दै आएका पोखरा २५, मुलपानी बाँसबोटका स्थानिय यतिवेला खुशीले गद्गद् भएका छन् । विगतका बर्षदेखि जनप्रतिनिधि, पोखरा महानगर एवम् पोखरा २५ वडा कार्यालयले समेत माग सुनुवाई नगर्दा काकाकुल बाँसबोटबासीले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनको पहलमा खानेपानी पाएपछि उनीहरु खुशीले गद्गद् भएका हुन् । कयौं पहलका बाबजुद घरमा धारा जोड्न नपाएका बास्बोटबासीको घर÷घरमा अर्थमन्त्री बरालको पहलमा परियोजना परेर धारा जडान गरेपछि उनीहरु मख्ख छन् । योसँगै घरबाट ५ सय मिटर टाढा दैनिक पानी लिन जानुपर्ने… पुरा पढौ

बाँदर लखेट्न जाँदा भीरबाट लडेर मृत्यू

बाँदर लखेट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्यू भएको छ । बाँदरले मकै खाएर सखाप पारेपछि बाँदर लखेट्न गएका गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नम्बर २ केरौजाका ३७ वर्षिय काले गुरुङको भीरबाट लडेर मृत्यू भएको हो । प्रहरीका अनुसार हिजो विहीबार साँझ बाँदर कुर्न भनेर घर भन्दा केहि पर मकैबारीमा गएका उनलाई आज शुक्रबार विहानसम्मपनि नआएपछि खोजतलास गरिएको थियो । खोजतलास गर्ने क्रममा गुरुङलाई घर भन्दा २ किलोमिटर पूर्व खाम्चे खोलामा मृत अवस्थामा फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको… पुरा पढौ

बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

बागलुङ । बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी आउन थालेका छन् । पछिल्ला वर्षको आँकडाले समाजमा सम्बन्धविच्छेदका घटना वृद्धि भएको देखाउँछ । गत आवमा जिल्ला अदालतमा दर्ता भएका ३९६ मुद्दामध्ये १७० सम्बन्धविच्छेदका थिए । आव ०७५÷०७६मा १९३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो । नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषलाई पनि महिला सरह अधिकार दिएकाले यस्ता मुद्दा दर्ता हुने क्रम बढेको अदालतले जनाएको छ । अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका र फैसला हुन बाँकी गरी २४२ सम्बन्धविच्छेदका मध्ये १८० मुद्दा टुङ्गो… पुरा पढौ

बागलुङमा सक्रिय सङ्क्रमित ५००

कोरोना सङ्क्रमितको सङ्ख्या पुनःउकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिए । “आज निको हुने थपिएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या केही घट्न पनि सक्छ”, उनले भने। पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ । बुधबार सक्रिय सङ्क्रमितको सङ्ख्या ४९७ पुगेकामा अहिले बढेर ५८० पुगिसकेको छ । गत असार तेस्रो साता जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर २५४ मा पुगेको… पुरा पढौ

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्तिको समस्या

दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिएर आज डिभिजन वन कार्यालय पु¥याइएको छ । तीन दिनयता अन्नपूर्ण–३ पाउँदुर क्षेत्रमा देखिएको चितुवा स्थानीयवासीले पटकपटक लखेटे पनि आज सोही स्थानकै पोखरा–बागलुङ राजमार्गमा पुनःभेटिएपछि प्रहरी तथा डिभिजन वन कार्यालयमा खबर गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार दुई… पुरा पढौ

अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिए

अफगानिस्तानमा एकै दिनमा २ सय ७४ तालिवान लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीको कारबाहीका क्रममा एकै दिनमा त्यती धेरै तालिवान लडाकू मारिएका हुन्। मुलुकका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु १ सय १९ घाइते भएका अधिकारीले जनाएका छन्। विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन्। लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिबारे प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ। अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी… पुरा पढौ

श्रीलंकामा बेपत्ता पारिएका नागरिकको संख्या विश्वकै दोस्रो नम्बरमाः एम्नेस्टी इन्टरनेशनल

दशकौँको द्वन्द्व र त्यसपछिका अवस्थालाई हेर्दा श्रीलंकामा हजारौँ मानिसहरू द्वन्द्वका कारण ‘बेपत्ता’ भएका एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक तथ्यांकमा जनाएको छ। श्रीलंकाको महान्यायाधिवक्ताको कार्यालयले बुधबार ११ तमिल युवाहरूको सन् २००८ र २००९ मा भएको अपहरणमा पूर्व नौसैनिक कमान्डर वसन्ता करणागोडाविरुद्ध उनको कथित भूमिकामाथि आरोप नलगाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय विश्वव्यापी मानव अधिकार निकायले यो बताएको हो। ‘नाभी ११’ नाम दिइएको उक्त घटनामा सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रण रहेको समय बेपत्ता पारिएको थियो। यसको पछाडि श्रीलंकाको नौसेना रहेको आरोप लागेको छ। ‘नाभी ११’ ले सन्… पुरा पढौ

बंगलादेशको विवाहमा सरिक जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते

बंगलादेशको एक विवाहमा सरीक जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ। तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन्। बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ। सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो। उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको… पुरा पढौ

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु

कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ। गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ। दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र संभव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ। अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै… पुरा पढौ