समाचार

टोकियो ओलम्पिक आज सकिदै

जापानमा जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ आजबाट सकिदैछ। टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन गरिनेछ। टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ओलम्पिकको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ। सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ। टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिनसम्म आइपुग्दा ९२ राष्ट्रले स्वर्ण, रजत र कास्यमध्ये कुनै न कुनै पदक हात पारेका छन्। स्वर्ण पदक भने हालसम्म ६५ राष्ट्रले मात्र… पुरा पढौ

सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उनी विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन्। दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपीएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा २ उच्च सैनिक अधिकारीसहित दर्जनाँै सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उललेख गरिएको छ। झडपमा प्रतिद्वन्द्वी सैन्य लडाकूको पनि ठूलो समूहलाई क्षति पुगेको उनले बताए। माचरका प्रतिद्वन्द्वीहरूले यस हप्ता पार्टी र यसका सैन्य बलको प्रमुखको रूपमा उनलाई पदबाट हटाइएको घोषणा गरेपछि झगडा… पुरा पढौ

राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पाकिस्तानमा भएको हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ। परिषदले एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतंकवादी हमला भएको बताएको छ। पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतंककारी हमला भएको थियो। त्यस आक्रमणमा परेर ९ जना चिनियाँ नागरिक र ३ जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो। गएको जुलाई १४ मा भएको सो आतंककारी हमला मानवताविरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो… पुरा पढौ

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन्। अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न आग्रह गरेका हुन्। अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकाले अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले अफगानिस्तानमा आफ्ना नागरिकहरुलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ। काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण… पुरा पढौ

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि संचालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द भएको थियो। मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयवासीसँग सहमति गरेर सडक मर्मत गरी शनिवार साँझदेखि यातायात संचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ। सडक विस्तारका क्रममा पहिरोले क्षति पुगेको जग्गा जमिनको क्षतिपूर्ति र… पुरा पढौ

रोटरी क्लब लेकसाइडको छैटौं पदस्थापना

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गरेका छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटान जोन–१६ का असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उनलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै आइपिपि अर्जुनप्रसाद खनालले चार्टर सर्टिफिकेट तथा पिन प्रदान गर्दै सफलताको कामना गरे । प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यक्रम उद्घाटन गर्दै रोटरीको सामाजिक कार्यको प्रशंसा गरे ।… पुरा पढौ

तीन हजार २१८ सङ्क्रमित थपिए, एक हजार ७२२ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज थप तीन हजार २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको… पुरा पढौ

एसईईको नतिजा सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि  कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने । ., “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको… पुरा पढौ

घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशनको १३ लाख सहयोग

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा १० र ११ घान्द्रुकका पहिरो पीडितलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले राहतस्वरूप रु १३ लाख नगद सहयोग गरेको छ। बिहिबार घान्द्रुकमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले पहिरो पीडित १२ परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन्। गत असार १ गते मध्यराति परेको अविरल वर्षाका कारण वडा नम्बर १० र ११ मा गएको पहिरोले १२ परिवारको घरमा क्षति हुन पुगेका थियो। पहिरोले दुईवटा घर बगाएको थियो भने दुई घर उच्चजोखिममा तथा अन्य घरमा आंशिक क्षति… पुरा पढौ

‘नेता होस् त रामजी बरालजस्तो’ भन्न पाइयोस्

कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडीका स्थानियले गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित कालाबाङ घरेडीबासीको साझा संस्था कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहले आयोजना गरेको कार्यक्रममा सहभागि वक्ताहरुले अर्थमन्त्री बराललाई उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिएका हुन् । कालाबाङ घरेडी पोखरा तमु समाजका सल्लाहकार गौप्रसाद गुरुङले गण्डकी प्रदेशलाई नमूना प्रदेश बनाउनेगरी काम गर्न आग्रह गरे । उनले भने,‘हिजो जनयुद्ध गर्दा ज्यानको बाजी थापेर हिंड्नुभयो, अबपनि सके राम्रो गर्नुस्,… पुरा पढौ