कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरिएको छ। आयोजक कोपा अमेरिकाले मंगलबार ‘टिम अफ टुर्नामेन्ट सार्वजनिक’ गरेको हो। टिममा लियोनल मेस्सी, नेयमार, कासिमिरोलगायतका खेलाडीहरु परेका छन्। टिममा च्याम्पियन अर्जेन्टिनाका सर्वाधिक ४ र उपविजेता ब्राजिलका ३ खेलाडी अटाएका छन्। गोलकिपर इमिलियानो मार्टिनेज, डिफेन्डरहरु माक्र्वीन्होस, इस्ला, रोमेरो र इस्टुपिनान,मिडफिल्डरहरु कासिमिरो, योटुन, र डी पाउल तथा फरवार्डमा स्टारहरु डियाज, नेयमार र मेस्सीलाई ‘टिम अफ द टुर्नामेन्ट’ मा सार्वजनिक गरिएको हो।
पुरा पढौ