इटालीका मटेयो बेरेटिनीले पनि जारी विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। गए राति इंग्ल्यान्डमा सकिएको खेलमा सातौं वरीयताको बेरेटिनीले बेलारुसका इल्या इभाश्कालाई ३–० को सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। योसँगै बेरेटिनी २३ वर्षपछि विम्बल्डनको अन्तिम ८ मा स्थान बनाउने पहिलो इटालियन खेलाडी बनेका छन्। बेरेटिनीले इभाश्कालाई ६–४, ६–३, ६–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। बेरेटिनीले अब एलेक्जेन्डर जेरेभ र फेलिक्स औगर–एलिएसिमबीचको विजेतासँग क्वार्टरफाइनल खेल्नेछन्।
पुरा पढौ