समाचार

युरोकप सट्टेबाजीको अभियोगमा ३ भारतीयसहित ८ जना पक्राउ

हाल युरोपको विभिन्न ११ शहरहरुमा जारी युरोकप–२०२० लगायतका खेलहरुमा सट्टाबाजी गरेको अभियोगमा ३ जना भारतीयसहित ८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल समेत प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, सुरज टिवडेवाल, गोबिन्दप्रसाद आचार्य, अमरनाथ गुप्ता, भारत घर भएका अशोककुमार गुप्ता, राजेशकुमार अग्रवाल र सुचित डालमिया अग्रवाल छन्। उनीहरुमाथि अनलाइनमार्फत ठूलो रकमको बाजी राख्ने गरेको अभियोग लगाइएको छ। पुरा पढौ

टोकियो ओलल्पिकको विरोध, हिंशात्मक घटना घट्न सक्ने विशेषज्ञको चेतावनी

कोरोना महामारीकै बीच जापानले आयोजना गर्न लागेको टोकियो ओलम्पिक खेल नजिकिदैँ छ। यद्यपी, ओलम्पिक नजिकिँदै गर्दा यसको विरोध पनि बढ्दो छ। कोरोनाकै महामारीबीच हुन लागेको ओलम्पिक खेल जापानको टोकियोमा कोरोनाको भाइरस फैलने भन्दै विरोध गरिएको छ। आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियोवासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो संभावना रहेको विज्ञले बताएका छन्। हिंशात्मक प्रदर्शन हुन सक्ने भन्दै टोकियो प्रहरीले सतर्क रहन पनि सचेत… पुरा पढौ

राष्ट्रिय खेलाडीहरुको उपचारका लागि कल्याणकारी कोषको सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ। ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापामगरलाई समान ८०÷८० हजार कोषबाट उपलब्ध गराइएको छ। त्यस्तै, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ कोषले सहयोग गरेको छ। चालू आर्थिक वर्ष १३ खेलाडीलाई उपचार खर्चबापत कोषबाट ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको कोषले जनाएको छ। पुरा पढौ

उत्सवले जिते अमेरिकामा शारीरिक सुगठन प्रतियोगिताको २ गोल्ड मेडल

नेपाली मूलका उत्सव सिंहले अमेरिकामा भएको शारिरीक सुगठन प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन्। बुटवल घर भएका सिंहले अमेरिकाको टेक्सासमा भएको मिस्टर युएसए–२०२१ नेचुरल प्रो क्वालिफाइयर कम्पिटिशन (प्राकृतिक प्रोफेशनल योग्यता प्रतियोगिता) अन्तर्गत पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा २ स्वर्ण जितेका हुन्। स्वर्ण पदक प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् । उनी यो पदक जित्ने पहिलो नेपाली हुन् । सिंह विगत ७ वर्षदेखि अमेरिकाको टेक्सास राज्यस्थित ड्यालसमा बसोबास गर्दै आएका… पुरा पढौ

पोखराले फुटबलको पूर्व राष्ट्रिय खेलाडी तामाङलाई सम्झियो

नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी, सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङलाई पोखराले सम्झेको छ। तामाङको ४९ औं दिनको पुण्यतिथिमा सहारा क्लब पोखराले हिँजो (सोमबार) श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेर उनलाई सम्झिएको हो। तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै सोमबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया,… पुरा पढौ

युरोकप फुटबलः स्पेन र इटाली पहिलो सेमिफाइनलमा भिड्दै

युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) रातिबाट सुरु हुँदैछ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनले खेल्दैछन्। इटाली र स्पेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन्। त्यसैले, २ ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ। इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो। क्वाटरफाइनलमा… पुरा पढौ

कोपा अमेरिका कप फुटबलः आयोजक ब्राजिल फाइनलमा पुग्यो

आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको फाइनलमा स्थान बनाएको छ। आज (मंगलबार) विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १–० ले हराउँदै फाइनल यात्रा गरेको हो। ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। ब्राजिलले अब भोली (बुधबार) हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग फाइनल खेल्नेछ। फाइनल खेल जुलाई १० मा हुने छ। ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले… पुरा पढौ

नेता कुँवरको निधनप्रति मुख्यमन्त्री पोखरेलद्वारा दुख व्यक्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन आन्दोलनका अगुवा रामजी कुँवरको निधनप्रति दुख व्यक्त गरेका छन् । सोमबार शोक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान वरिष्ठ उपाध्यक्ष, अनन्य मित्र रामजी कुँवरको असामयिक निधनले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् । उनले निधन भएका कुँवरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदका… पुरा पढौ

कुँवरको निधनले पोखराका मेयर मर्माहत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ निवासी, नेपाली कांग्रेस पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल टे«ड युनियन आन्दोलनका अग्रणी व्यक्तित्व रामजी कु्ँवरको निधनप्रति पोखरा महानगरपालिकाका प्रमुख मानहादुर जिसीले अत्यन्त मर्माहत भएको बताएका छन्। ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत कुँवरको निधनले सच्चा मित्र, सामाजिक र राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको सहयोद्धालाई गुमाउँदा अपुरणीय क्षति भएको अनुभूति गरेको छु,’ मयेर जिसीले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा पोखरा… पुरा पढौ

राष्ट्रिय संगितकर्मि संघ कास्कीले सम्मान कार्यक्रम गर्ने

पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने भएको छ । संघले आगामी साउन १ गते आयोजना गने कार्यक्रममा २५ जनालाई सम्मान गर्ने अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । कोभिड–१९ को महामारीको समयमा १९ दिनसम्म सञ्चालन गरिएको राहत वितरण कार्यक्रममा सहयोग गर्ने सहयोगदाता लगायतलाई सम्मान गर्न लागिएको दाहालले बताए । संघले सो अवधीमा ४५० बढी विपन्न तथा अनाथ परिवारलाई विभिन्न सहयोगी संस्था तथा व्यक्तिको समन्वयमा राहत वितरण गरेको थियो । पुरा पढौ