युरोपेली देशहरूमा कोरोनाभाइरसबाट संक्रमितहरूको संख्यामा फेरि बृद्धि भएको देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै २ महिनापछि संक्रमितको संख्यामा फेरि बृद्धि भएको जनाएको हो। डब्लुएचओले संक्रमितको संख्यामा फेरि बृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ। कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरूप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ। ‘युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनुपर्ने उपायहरूप्रति सवै सतर्क हुनुपर्दछ,’ संगठनको…
पुरा पढौ