समाचार

कोपा अमेरिका कपः टाइब्रेकरमा उरूग्वे स्तब्ध, कोलम्बिया सेमिफाइनलमा

उरूग्वेलाई टाइब्रेकरमा ४–२ ले स्तब्ध पार्दै कोलम्बियाले कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। आज बिहान सम्पन्न पहिलो खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा कोलम्बियालाई जिताउन टोलीका गोलकीपर ओस्पिना नायक बने। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र माटियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। पुरा पढौ

युरोकप फुटबलः सेमिफाइनल समीकरण पूरा, इंग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम ४ मा

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा गएराति इंग्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। यस्तै, चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको। चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो। यस्तै इंग्ल्यान्डले युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। गएरातिको खेलसँगै इंग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो… पुरा पढौ

युरोकप फुटबलः युक्रेनमाथि ४–० को गोल वर्षा गराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

युक्रेनमाथि ४–० को गोल वर्षा गराउँदै शानदार जितसहित इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डको जितमा ह्यारी केनले २ तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले १/१ गोल गरे। इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा यति धेरै ४ गोल गरेको यस खेलमा हो। २५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ। चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्कले सेमिफाइनलमा स्थान बनाइसकेको छ। पुरा पढौ

युरोकप फुटबलः डेनमार्क १९९२ पछि पहिलोपटक सेमिफाइनलमा

चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै डेनमार्कले १९९२ पछि पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलमा डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोलबर्गले १÷१ गोल गरे भने चेक रिपब्लिकका प्याट्रिक शिकले १ गोल फर्काए। डेनमार्कका लागि थोमस डेलानेले खेलको पाँचौ मिनेटमा सुरुवाती गोल गर्दै डेनिस टोलीलाई अग्रता दिलाए। त्यस्तै, डोलबर्गले ४२ औं मिनेटमा अग्रतालाई दोब्बर बनाए। चेक रिपब्लिकका लागि प्याट्रिक शिकले ४९ औं मिनेटमा गोल फर्काए पनि जारी युरो कप फुटबलमा क्वार्टरफाइनलको खेल समाप्तीसँगै चेक टोली घर… पुरा पढौ

महिला पर्यटन व्यवसायीद्घारा मानसिक र शारीरिक स्फूर्तिका लागि १५ दिने योग शिविर

पोखरा ।महिला पर्यटन व्यवसायी मञ्च ओटेफले संस्थाका सदस्यहरुको मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायी महिलाहरुको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर १५ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिए । स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिविर यसको महत्वलाई उजागार… पुरा पढौ

रोट्रयाक्ट पोखरा युनिभर्सिटीको राहत संकलन

पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा युनिभर्सिटीले देशका विभिन्न ठाउँमा बाढीपहिरो पीडितका लागि राहत संकलन गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले क्याम्पियन अफ फ्लड भिक्टिम्स् नामक अभियान संचालन गरेको थियो । गत असार ६ देखि सुरु अभियानमा १० दिन अवधिमा ६३ हजार ७ सय रुपैयाँ संकलन गरिएको कार्यक्रम संयोजक एवं क्लबका कम्युनिष्टी सर्भिस डाइरेक्टर शत्रुधन साहले जानकारी दिए । उक्त संकलित राहत रकममध्ये २७ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री क्बीक रेस्पोन्स सेन्टर (क्यूआरसी) का लागि संयोजक… पुरा पढौ

तेर्सापट्टि बुहारी समुहको राहत तथा सम्मान कार्यक्रम

पोखरा । तेर्सापट्टि बुहारी समाजले शनिबार पोखरामा राहत वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समूहले पोखरा–३ का बिभिन्न ७ जना बिपन्न महिलालाई खाद्य सामाग्रि वितरण र गरिएको हो । कोरोना संक्रमणबाट अप्ठेरोमा परेका उनीहरुलाई आवश्यक खाद्यान्न सहयोग गरिइएको संस्थाले जनाएको छ । समूहले सोही कार्यक्रममा पोखराका सफल युवा महिला व्यवसायी तथा समाजसेवी गुरुङलाई नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिमा विज्ञ नियुक्त भएकोमा सम्मान गरेको छ । समाजसेवी… पुरा पढौ

अमेरिकाले दिएको २५ लाख खोप पाकिस्तानलाई प्राप्त

एजेन्सी । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन् । अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख… पुरा पढौ

पहिराले ट्रक पुरिँदा दुईको मृत्यु

असार । अविरल वर्षापछि आएको पहिरामा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी साधनमा क्षति पुगेको छ । पहिराले क्षति पुर्याएको चारमध्ये ना ८ ख ४५४०ट्रक र ना ७ ख ३२० नम्बरको कण्टेनरको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अन्य दुई वटा सवारी साधनको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने १८ वर्षीय वीरबल… पुरा पढौ

कास्की कोरोना अपडेटः संक्रमितको मृत्युमा नयाँ रेकर्ड

कोरोना संक्रमितको मृत्यु दरमा शुक्रवार कास्कीले नयाँ रेकर्ड कायम गरेको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्यांकमा कास्कीमा कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख गरेको छ। कास्कीमा कोरोना संक्रमितको मृत्यु नभएको यो नयाँ रेकर्ड हो। सो तथ्यांकमा तनहुँमा २ जना बाहेक प्रदेशमा अन्य कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ का ५० वर्षका र शुक्ल गण्डकी नगरपालिका वडा नं. ६ का ६८ वर्षका पुरुष छन्।… पुरा पढौ