समाचार

गोरखा–तनहुँ जोड्ने झोलुंगे पुलमाथि उर्लियो मर्साङ्दी

अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने मर्साङ्दी नदीस्थित पुलमा क्षति पुगेको छ। गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुलको एकातर्फ क्षति पुगेको छ। गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काले पुलको एकातर्फको जिप बगाएको बताएका छन्। पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्साङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्। पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएका छन्। यसले आसपासका बस्ती जोखिममा… पुरा पढौ

आजबाट युरोकपको क्वाटरफाइनल खेल सुरु

युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ। युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको २ खेल हुनेछन्। पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रोमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्नेछन्। स्विट्जरल्यान्ड र स्पेनबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ। स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराएको थियो। तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम… पुरा पढौ

एक हप्तापछि हुने भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण एक हप्तापछि सुरु हुने भएको छ। बिहीवारदेखि सुरु हुने तय भएको प्रशिक्षण यही असार २३ गतेदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। साफ फुटबल च्याम्पियनसीप र एएफसी एसियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो। राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन्। प्राविधिक कारणले बिहीबारदेखि हुने भनिएको प्रशिक्षण एक हप्ता स्थगन गरिएको एन्फाले जनाएको हो। प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। प्रशिक्षण २… पुरा पढौ

ओलम्पिकमा गोपीको सट्टा सरस्वती चौधरी !

नेपालका धावक गोपिचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन्। नेपाल ओलम्पिक कमिटीले आज एक विज्ञप्ति निकाल्दै नेपालले एथ्लेटिक्समा नभई १०० मिटर महिला दौडमा सरस्वती चौधरीले ओलम्पिक खेल्ने जनाएको छ। ओलम्पिक छनोट अन्तर्गत गत बर्ष नेपालगञ्ज म्याराथनमा गोपी विजयी हुँदै टोकियोको टिकट पक्का गरेका थिए। खेलाडीहरुलाई बुधबारदेखि सोल्टी होटेलमा राख्दा गोपीको नाम थिएन। यस विषयमा गोपीले नै आफ्नो ओलम्पिक खेल्ने सपना साकार हुन नसकेको बताए। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल एथ्लेटिक्स संघका… पुरा पढौ

आज विश्व खेलकुद पत्रकारिता दिवस, पोखरामा स्पोर्ट्स अवार्ड वितरण गरिदैँ

आज जुलाई २, अर्थात विश्व खेलकुद पत्रकारिता दिवस। हरेक वर्षको जुलाई २ तारिकमा विश्वभर खेलकुद पत्रकारिता दिवस मनाइन्छ। विगतका वर्षमा जस्तै यो वर्ष पनि विविध कार्यक्रमसहित आजको दिन विश्वभर खेलकुद पत्रकारिता दिवस मनाइन्छ। यहाँ गठन भएको नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को विभिन्न शाखाहरुले विश्व खेलकुद पत्रकारिता दिवस मनाउँदै आएको छ। विश्व खेलकुद पत्रकारको सर्वोच्च संस्था एआइपीएस स्थापना भएको सम्झनामा विश्व खेलकुद पत्रकारिता दिवस संसाभर मनाउन थालिएको हो। विश्वमा सन् २०९४ देखि खेलकुद पत्रकारिता दिवस… पुरा पढौ

हङकङ नेपाली महासङ्घद्वारा एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

पोखरा । नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासङ्घले कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको महासङ्घका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङले जानकारी दिएकी छिन् । संयोजक गुरुड.का अनुसार नेपालमा कोरोना सङ्क्रमणको दर र मृत्यु दरमा सोचे जति कमी नआएकाले महासङ्घले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दूतावास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन… पुरा पढौ

पहिरोका कारण नारायणघाट–मुग्लिङ सडक खण्ड फेरि बन्द, देशभर १४ वटा सडक खण्ड ठप्प

बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड बन्द भएको समाचार छ। ४९ सडक खण्ड एकतर्फी रुपमा संचालन भइरहेको सडक विभागले जनाएको छ। चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ। चारकिलो र पाँचकिलोमा पहिरो खसेकाले बिहानैदेखि सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ। सडक विभागका अनुसार, डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ। तर, सडकमाथिबाट ढुंगा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गर्दै आएको छ। यस्तै, पहिरोका कारण मकवानपुरबाट भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउने सडक… पुरा पढौ

पानीको निकास नहुँदा लेखनाथको कालिका नगर डुबानमा

पानीको निकास नहुँदा पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित कालिका नगर डुबानमा परेको छ । लगातारको वर्षापछि आएको भलपानी र स्थानिय बिजयपुर बेगनास सिंचाई आयोजनाका लागि बनेको नहरको पानीसमेत मिसिएर कालिका नगरमा जम्मा हुँदा सो क्षेत्र डुबनमा परेको हो । माथिबाट आएको पानीले उचित निकास नपाउँदा आफूहरु बसोबास गर्ने कालिका नगर क्षेत्र डुबानमा परेको स्थानिय शिवजी लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रका करीब ६० घर डुबानमा परेका छन् । बाढी तथा पहिरो ब्यबस्थापन समितिका संयोजकसमेत रहेका लामिछानेले बिजयपुर बेगनास… पुरा पढौ

वर्षाले क्षेति पुगेकालाई क्षेतिपूर्ति उपलब्ध गराउन पहल गर्ने प्रदेश सांसद बरालको आश्वासन

गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले बर्षादका कारण पोखरा ३ नदीपुरमा क्षति भएको दुई घरको उचित क्षतिपुर्ति उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । विहिबार पोखरा नदीपुर स्थित ज्ञानमार्गका दुई घरमा भएको क्षतिको बारे बस्तु स्थिती बुझ्दै बर्षादका कारण क्षती भएका घरहरुलाई उचित क्षती पुर्ति उपलब्ध गराउन बिषेश पहल गर्ने बताएका हुन्। असारे विकासको संस्कार अझै पनि कायम भएकोले गर्दा बर्षादको समयमा हुने पूर्वाधार निर्माणले थप समस्या ल्याउन सक्ने भएकोले थप सजग हुनु पर्ने… पुरा पढौ

क्वालिटी अफ लाईफ सराङकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क,… पुरा पढौ