समाचार

तेक्वान्दोकी पार्वती गुरुङ बनिन् सर्वोत्कृष्ट महिला खेलाडी

पोखरा स्पोर्टस अवार्ड २०७६ ७७ मा तेक्वान्दोकी पार्वती गुरुङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । उनले उत्कृष्ट ३ नोमिनेसनमा जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी हुन् । अवार्ड बिजेता पार्वती तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुन् । काठमाडौंमा रहेकी पार्वती फ्लाइट नभएर पोखरा आउन नपाएपछि उनको अनुपस्थितिमा उनकी आफन्त मञ्जु गुरुङले अवार्ड थापिन् । पुरा पढौ

सुरेश मल्ल बने वर्ष उत्कृष्ट प्रशिक्षक

पोखरा स्पोर्टस अवार्ड २०७६\७७ मा बक्सिङका सुरेश मल्ल ठकुरी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनले आफूसँगै नोमिनेसनमा परेका आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जितेका हुन् । उनको प्रशिक्षणमा नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा बक्सिङमा ३ स्वर्णसहित १० पदक जितेको थियो । अवार्डसँगै उनले नगद ३५ हजारसहित दोषल्लासमेत ओढाएर सम्मान गरिएको थियो । पुरा पढौ

दुवाना लामा बनिन् वर्ष उत्कृष्ट उदीयमान खेलाडी

पोखरा स्पोर्टस अवार्ड २०७६\७७ मा दुवाना लामा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बनेकी छन् । उनले आफूसँगै नोमिनेसनमा परेका प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) लाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनी तेह्रौंं दक्षिण एसियाली खेलकुदमा ६ वटा काश्य पदक बिजेता हुन् । पुरा पढौ

तनहुँमा खोलाले बगाएर एक वृद्ध बेपत्ता

पाेखरा । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक वृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए । चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु… पुरा पढौ

बागलुङको वनमा गरियो फलफूल खेती

बागलुङ। मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका–७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको हो । फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ । कार्यालयका वन अधिकृत प्रकाश थापाका अनुसार यो वर्ष जिल्लाका दुई स्थानमा मात्र वनजन्य फलफूल रोपणको नमूना कार्यक्रम सञ्चालन गरिएको हो । “यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै… पुरा पढौ

भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या चार लाखभन्दा बढी

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुदै गएको पाइएको छ । दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७.०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । भारतमा… पुरा पढौ

छोरीमात्र पाएर बन्ध्याकरण गर्ने दम्पतीलाई नगरपालिकाले सबै करमा छुट दिने

पाेखरा । तनहुँकाे व्यास नगरपालिकाले छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट दिने नीति अवलम्बन गरेको छ । ‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरीमात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो । छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायत सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । नगरपालिकाले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह… पुरा पढौ

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फबाट आइतबार हुने

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरे । त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । सभामुखका तर्फबाट आइतबार बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा… पुरा पढौ

फलामे पुल बगाएपछि स्थानीयले बनाए काठे साँघु

तनहुँ । लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् । पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानबाट शुक्लागण्डकी–१ मा पर्ने सेराबेँसी, पोखरा महानगरपालिकाको मालेपाटनलगायतका स्थानमा आवतजावत गर्न असहज भएपछि स्थानीयवासीको सक्रियतामा काठे साँघु बनाइएको हो । सेराबेँसीलगायतका स्थानका बासिन्दा बजारको किनमेलका साथै खेतीपाती गर्न समेत उक्त पुल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी एवं हंशबाहिनी… पुरा पढौ

प्रदेश सरकारले दियाे मनाङका सरकारी कार्यालयलाई सोलार

पोखरा। मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको बताए । उनका अनुसार करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाउने व्यवस्था गरिएको छ । सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार… पुरा पढौ