समाचार

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दी। जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा थप छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मङ्गला–१ पूर्णगाँउकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको पुष्टि गरे । “उनीहरुलाई बेनी अस्पताल ल्याइपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए”, उनले भने “छ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।”… पुरा पढौ

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा–१७ ले ध्यानाकर्षण गराएको छ । समितिका तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे । पोखरा–१७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँधदेखि डेभिजफल हुँदै फुस्रेखोलासम्म) को नयाँ मापदण्ड हटाई तीन मिटर मापदण्ड कायम गराउन,… पुरा पढौ

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

तनहुँ। बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको… पुरा पढौ

क्यानडामा अत्यधिक गर्मीका कारण कम्तिमा २३० जनाको मृत्यु

लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण त्यहाँको सामान्य जनजीवन प्रभावित भएको छ। उच्च गर्मीका कारण क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा शुक्रबार यता कम्तिमा २३० जनाको मृत्यु भएको जनाइएको छ। मंगलबार ब्रिटिश कोलम्बियामा अहिलेसम्म उच्च ४९.५ डिग्री तापक्रम मापन गरिएको थियो। यसअघि, ४५ डिग्रीभन्दा माथि कहिल्लै नगएको तापक्रम यस पटक उच्च तहमा पुगेको देखिएको छ। अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्टन तथा ओरिगन… पुरा पढौ

यमनका हुथी विद्रोहीद्वारा मरिब क्षेत्रमा क्षेप्यास्त्र प्रहार

यमनका हुथी विद्रोही समूहले सरकारी नियन्त्रणमा रहेको मरिब शहरमा तैनाथ सेनालाई लक्षित गरी २ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। हुथी समूहका सैनिक प्रवक्ता याह्या सारेयले एक विज्ञप्ति प्रकाशन गरी हुथी समूहले मरिब शहरस्थित सेनाका साहन अल–जेन क्याम्प र क्षेत्रीय क्याम्प गरी दुई ठाउँलाई लक्षित गरिएको बताएका छन्। मरिबका स्वास्थ्यकर्मी र स्थानीयबासीले हुथीले प्रहार गरेको क्षेप्यास्त्र आवासीय इलाकामा खसेको बताउँदै त्यस आक्रमणबाट एक बच्चासहित तीन जनाको मृत्यु भएको जानकारी दिएका छन्। इरान समर्थित हुथी समूहले मध्य यमनको तेल… पुरा पढौ

सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह

सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ। त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ। त्यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो। जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ। सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य… पुरा पढौ

विम्बल्डन टेनिसः विश्व नम्बर एक बार्टी पनि दोस्रो चरणमा

विश्व नम्बर एक अस्लेइग बार्टी पनि विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। स्पेनकी कार्लो नाभारोलाई पराजित गर्दै अष्ट्रेलियाकी बार्टी दोस्रो चरणमा पुगेकी हुन्। बार्टीले नाभारोलाई ६–१, ६–७ (१–७) र ६–१ को सेटमा पराजित गरिन्। चोटबाट मुक्त हुँदै बार्टी विम्बल्डनबाट फेरि कोर्टमा फर्किएकी हुन्। यस्तै, नाभारो क्यान्सरको उपचारपछि पहिलो पटक टेनिसमा फर्किएकी हुन्। महिलातर्फनै पाँच पटकको च्याम्पियन भेनस विलियम्सले दोस्रो चरणमा स्थान बनाएकी छिन्। कारोलिना प्लिस्कोभा पनि दोस्रो चरणमा पुगेकी छिन्। पुरा पढौ

विम्बल्डन टेनिसः रोजर फेडेरर दोस्रो चरणमा

स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्। फ्रान्सका एड्रिन मन्नारिनोबाट वाकओभर पाउँदै फेडेरर दोस्रो चरणमा पुगेका हुन्। घुँडाको चोटका कारण एड्रिनले पाँचौं सेट खेलेनन् । वाकओभर पाउनु अघि छैटौं वरीयताका फेडेररले एड्रिनमाथि ६–४, ६–७ (३–७),३–६ र ४–२ को अग्रता बनाएका थिए। ८ पटकको च्याम्पियन फेडेररले दोस्रो चरणमा रिचार्ड गास्क्वेट र यूइची सुगिताबीचको विजेतासँग खेल्ने छन्। २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा उपाधि जितेका थिए। पुरा पढौ

टोकियो ओलम्पियनले साथमा स्तनपान गर्ने बच्चा ल्याउन पाउने

टोकियो ओलम्पिक आयोजक कमिटीले खेलाडीलाई आफ्नो स्तनपान गर्ने बच्चा ल्याउन छुट दिने भएको छ। कोभिड–१९ का कारण यअसघि आयोजक कमिटीले खेलाडीको परिवार सदस्य, विदेशी समर्थकलाई रोक लगाएको थियो। घरेलु समर्थक पनि बढीमा १० हजारलाई मात्र खेल स्थलमा प्रवेश गर्न दिइने जनाइएको थियो। तर, खेलाडीको गुनासो बढेपछि आयोजकले स्तनपान गर्ने बच्चालाई ल्याउन समेत छुट दिएको हो। पुरा पढौ

टोकियो ओलम्पिकमा नेपालका ५ खेलाडी मात्र

तीन सातापछि जापानको टोकियोमा सुरु हुने ओलम्पिक गेमका लागि नेपालबाट ५ खेलाडीले मात्रै खेल्नेछन्। ओलम्पिकका लागि नेपाली खेलाडीहरुले थप वाइल्ड कार्ड नपाउने भएपछि ५ जना खेलाडीको मात्र टुंगो लागेको हो। जुन २९ अर्थात् गत मंगलबारसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले वाइल्ड कार्ड पठाउने समयसीमा तोकेको थियो। उक्त समयसीमामा थप नेपाली खेलाडीको निमन्त्रणा नआएपछि टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले मात्रै खेल्ने टुंगो लागेको हो। ओलम्पिकमा पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले ओलम्पिकमा… पुरा पढौ