समाचार

कोपा अमेरिका कपमा उरुग्वेको पहिलो जित

कोपा अमेरिकाकप फुटबलमा उरुग्वेले पहिलो जित निकालेको छ। आज (शुक्रबार) विहान भएको पहिलो खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराएको हो। उरुग्वेको जितमा इडिन्सन काभानीले १ गोल गरे भने बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल उपहार दिएका थिए। ७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । फाकुन्डो टोरेसको क्रसलाई गोलमा परिणत गर्दै काभानीले उरुग्वेलाई जारी कोपा अमेरिकामा पहिलो जित दिलाएका थिए । यो जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ र क्वाटरफाइनल चरणमा… पुरा पढौ

कोपा अमेरिका फुटबलः पाराग्वेद्वारा चिली पराजित

कोपा अमेरिका कप फुटबलमा पाराग्वे विजयी बनेको छ। आज (शुक्रबार) बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० ले हराएको हो।पाराग्वेको जितमा सामु र मिगुएल अलमिरनल नायक बने। खेलको ३३ औं मिनेटमा सामु र मिगुएल अलमिरनले ५८ औं मिनेटमा पेनाल्टीमार्फत एक एक गोल गरे। चिलीमाथि पछिल्लो तीन खेलमा पाराग्वेको यो लगातार तेस्रो जित हो । यसअघि पाराग्वेले चिलीमाथि २०१६ र २०१७ मा जित निकालेको थियो । पाराग्वेसँग लगातार तेस्रो हारसँगै चिलीले अर्जेन्टिनालाई पछि पार्दै शीर्षस्थानमा उक्लने अवसर गुमायो । यो जितपछि पाराग्वे… पुरा पढौ

महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी महिला एसिया कप छनोटको ‘ड्र’ सार्वजनिक गरिएको छ। बिहीबार भएको ‘ड्र’ नेपालले आफू रहेको समूहमा २ टिम प्रतिद्वन्द्वी पाएको हो । मलेसियामा भएको ‘ड्र’ अनुसार नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ परेका छन्। नेपाल समूह ‘एफ’मा रहेको छ । प्रतियोगिताको ‘ड्र’ मा एसियाका २८ देश समावेश छन्। एसियन कपको छनोट नेपालमा आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को तयारी छ। महिला एसिया कप छनोटमा नेपाल ३ देश रहेको समूहमा परेको छ। महिला एसिया कप छनोटका अन्य ४ देशले आफ्नो… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषद्को १०० दिन

प्रदेश खेलकुद परिषद् गण्डकीको गठन भएको १ सय दिन पुगेको छ। संघीय संरचना अन्तर्गत गठन भएको प्रदेश खेलकुद परिषद १ सय दिन पुगेको अवसरमा हालसम्म भए गरेका गतिविधिहरु सार्वजनिक गरेको हो। परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशको खेलकुद विकासका लागि उत्साहित हुँदै अघि बढेको बताए। समाजमा मात्रै नभई राजनीतिक नेतृत्वमा समेत खेलकुद विकासको चेतना र महत्व जगाउन आवश्यक रहेको धारणा राखेका छन्। उनले भनेका छन्, ‘खेलकुदको महत्व जबसम्म राजनीतिकर्मीले बुझ्दैनन तबसम्म खेलकुद विकास अघि बढ्न सक्दैन।’ नेपाली खेलकुदको संरचनागत… पुरा पढौ

समाजसेवी टिका गुरुङ कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति समितिको विज्ञमा नियुक्त

नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको विज्ञमा युवा व्यवसायी तथा समाजसेवी टिका गुरुङ नियुक्त भएकी छन् । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले पोखरेली चेली गुरुङलाई मनोनित गरेका हुन् । अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको संयोजकमा गेजा शर्मा वाग्ले र निर्देश्कमा डा.जगदीशचन्द्र पोखरेल रहेका छन् । पुरा पढौ

इथियोपियामा हवाई हमला, ६० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका छन्। इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाएको छ। इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतंवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ। टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो। रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको… पुरा पढौ

एन्टिभाइरसका निर्माता म्याकफी स्पेनको कारागारमा मृत भेटिए

विवादास्पद एन्टिभाइरस सफ्टवेयर म्याग्नेटका निर्माता जोन म्याकफी स्पेनको कारागारमा मृत अवस्थामा फेला पारेका छन्। ७५ वर्षका उनी स्पेनको बार्सिलोना कारागारमा मृत फेला परेका हुन। म्याकफीलाई गत वर्ष संयुक्त राज्य अमेरिकामा कर चोरी गरेको आरोपमा स्पेनको बार्सिलोना नजिक रहेको कारागारमा थुनामा थिए। उनलाई सुपुर्दगी गर्ने रहेको अवस्थामा उनको अचानक मृत्यु भएको छ। म्याकफी बुधबार दिउसो करिव १ बजे अमेरिकन पूर्वीय समयमा उनको कोठामा मृत भेटिएको जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ। यस हप्ता स्पेनको राष्ट्रिय अदालतका तीन न्यायाधीशहरूको समूहले… पुरा पढौ

फिलिपिन्समा सैनिक हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

फिलिपिन्स वायुसेवा (पीएएफ) को एउटा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७० आई ब्लाक हक कल साइनको हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ। वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ। तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा ३ पाइलट र अरु ३ जना सैनिकको ज्यान गएको बताएको… पुरा पढौ

फिलिपिन्सका पूर्वराष्ट्रपति अक्वीनो ‘नोयनोय’ को निधन

फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनो ‘नोयनोय’ को ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। लामो समयदेखि सख्त बिरामी परेका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए। उनको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो डुटर्टे बनेका थिए। फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मार्भिक लियोनेनले एक विज्ञप्ति प्रकाशन गरी पूर्व राष्ट्रपति अक्वीनोको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन्। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार ‘नोयनोय’ का उपनामले चिनिने अक्वीनोको फिलिपिन्सको राजधानीस्थित क्यापिटोल मेडिकल सेन्टरमा निधन भएको थियो। फिलिपिन्सका अर्थशास्त्रीसमेत रहेका अक्वीनोले सन्… पुरा पढौ

जम्मु कश्मीरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउँछौँ: मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिबद्धता जनाएका छन्। जम्मु कश्मीरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ। प्रधानमन्त्री मोदीले जम्मु कश्मीरका सवै पक्षका नेताहरूसँगको बैठकका क्रममा आपसी सम्बन्धलाई बलियो र सुमधुर बनाउन आफू प्रतिवद्ध रहेको पनि उल्लेख गरेका थिए। जम्मु कश्मीरमा हुन बाँकी रहेको क्षेत्रीय तथा संसद निर्वाचन गराउनु केन्द्रीय सरकारको उच्च प्राथमिकताको विषय रहेको पनि उनले स्पष्ट पारेका छन्। झण्डै साढे ३ घण्टा लामो बैठकमा… पुरा पढौ