समाचार

चीनमा ३ करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

चीनमा झण्डै ३ करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन्। सरकारले बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ। चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकार सम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ। यसैबीच, १ करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाईको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको… पुरा पढौ

अन्तरिक्ष स्टेशनमा रहेका यात्रीसँग चिनियाँ राष्ट्रपति सीको कुराकानी

चीनले नयाँ अन्तरिक्ष स्टेसनको भिडियो फुटेज सार्वजनिक गरेको छ। चीनको नयाँ अन्तरिक्ष स्टेशनमा उत्रिएका ३ यात्री निए हुइशेंग, लिउ बोमिङ र ताङ होंगबोलसहितको भिडियो फुटेज सार्वजनिक गरिएको हो। अन्तरिक्ष यात्रीहरूले चिनियाँ राष्ट्रपति सी जीनपिङसँग कुराकानी समेत गरेका छन्। ५ मिनेटको कुराकानीमा राष्ट्रपति सीले अन्तरिक्ष यात्रीहरूलाई हौसला दिँदै धन्यवाद व्यक्त गरेका छन्। सीले अन्तरिक्ष यात्रीहरूलाई भनेका छन्, ‘तपाईंहरुले ३ महिना अन्तरिक्षमा बिताउनुहुनेछ र तपाईहरुले त्यहाँ गरिरहनुभएको काम र तपाईंहरुको जीवन चिनियाँहरूको हृदयमा हुनेछ।’ उनले थपेका छन्, ‘तपाईंले ती मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ,… पुरा पढौ

एसओएस गण्डकीको रक्तदानमा २६ युनिट रगत संकलन

एसओएसको ३५ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित रक्तदानमा २६ युनिट रगत संकलन गरिएको छ। एसओएस युवालय गण्डकी, रोटरी क्लव अफ पोखरा अन्नपूर्ण, रोट¥याक्ट क्लव अफ अन्नपूर्ण र माईनर युथ क्लवको संयुक्त आयोजनामा बिहीबार एसओएस वालग्राम गण्डकी पोखराको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं समाजसेवी शिबबहादुर बानियाले पहिलो रक्तदाता एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदानको उद्घाटन गरेका थिए। रक्तदाता आचार्यले योसँगै ३० औं पटक रक्तदान गरिसकेका छन्। सो अवसरमा प्रमुख अतिथि बानियाले… पुरा पढौ

गोर्खा स्मारक ट्रष्टद्वारा रिहानाको उपचारका लागि उठेको रकम हस्तान्तरण

बागलुङ । ब्रेन ट्युमर भइ उपचारका क्रममा ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलन भएको रकम ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ बुधबार बालिका रिहानाका बाबु आमालाई हस्तान्तरण गरिएको छ । बागलुङको गलकोट नगरपालिका वडा नं. ११, रिघा, मनेवानिवासी अमरबहादुर पुन र छमकली पुनको छोरी नौ वर्षीया बालिका रिहानाको उपचारका लागि गोर्खा स्मारक ट्रष्ट, नेपालले बेलायतमा २ लाख ६९ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, देश तथा विदेशका शुभेच्छुकहरूबाट संकलित रकममध्ये… पुरा पढौ

माछापुच्छ्र्रे गाउँपालिकाको ५६ करोड ५८ लाख बढीको बजेट सार्वजनिक

पोखरा ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरी पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक कृष्णकुमारी दवाडीले आज सभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ्रे ’को मूल आधारको नारालाई साकार पार्दै मानव जीवन रक्षालाई प्राथमिकतामा राखिएको छ ।बजेटमा चालू खर्चतर्फ रु ३५ करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ । यसैगरी पूँजीगततर्फ… पुरा पढौ

पौडीमा दूरी नाप्छिन् दुवाना

पोखरा । उमेरले साढे ५ वर्षमात्र टेकेकी दुवानालाई उनका बावु मुखिया लामाले एक दिन स्वीमिङ पुल लगे । बालुवाटारस्थित जोन डीई स्कुलबाट लाजिम्पाट नजिकै थियो । त्यहाँको शंकर होटलको स्वीमिङ पुल छिरेकी सानी छोरी दुवाना पौडीमा रमाइन् । एकपछि अर्को गर्दै कहिले शंकर, कहिले अन्नपूर्ण, कहिले गोदाबरीको स्वीमिङमा भेटिन थालिन् । दुवानाको पौडी कला देखेपछि शुभ श्रेष्ठले मुखियालाई सुझाव दिए, ‘छोरीलाई राम्रोसँग पौडी सिकाउनुपर्छ । भविष्यमा नाम राख्न सक्छिन् ।’ हुन पनि १३ औं सागहोस् वा आठौं राष्ट्रिय खेलकुदसहित विभिन्न… पुरा पढौ

स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा ३६ करोड बढीको बजेट सार्वजनिक

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागि ३६ करोड ८९ लाखको बजेट ल्याएको छ । जसमा चालुतर्फ २४ करोड २४ लाख ८८ हजार र पुँजीगततर्फ १२ करोड ६४ लाख ६० हजार बजेट विनियोजन गरिएको छ । सुरुवाती आर्थिक बर्षबाट शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आएको पालिकाले शिक्षा क्षेत्रमा मात्र १२ करोड बढि बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष देवी थापाले प्रस्तुत गरेको बजेट अनुसार सामाजिक विकासमा १५ करोड ९८ लाख, पुर्वाधार विकासमा १२ करोड ५६ लाख, आर्थिक… पुरा पढौ

फेवाताल वरीपरी पदमार्ग निर्माण गर्न डेढ करोड विनियोजन

पोखरा महानगरपालिकाले पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरी पदमार्ग निर्माण गर्ने भएको छ । महानगरपालिकाको नवौं नगरसभामा प्रस्तुत गरिएको बजेटमा फेवाताल वरिपरी पदमार्ग निर्माण गर्ने भन्दै त्यसका लागि १ करोड ५० लाख विनियोजन गरेको हो । महानगरले पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने बजेट विनियोजन गरेको बताएको छ । त्यस्तै, पोखराको पर्यटनमा कोशेढुंगा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन… पुरा पढौ

थन्किएको जलकुम्भी झार हटाउने मेसिन मर्मत सम्भार गर्न बजेट छुट्टियो

पोखरा महानगरपालिकाले जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको मर्मत गर्ने भएको छ । महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले फेवाताल, बेगनास ताल, रुपाताललगायत पोखरा आसपासका तालहरुमा रहेको जलकुम्भी झार हटाउन खरिद गरिएको साधनको आवधिक मर्मत सम्भार गर्नका लागि बजेट विनियोजन गरेको हो । पर्यटकीय तालहरुमा जलकुम्भी झार आएर कुरुप बनाएपछि त्यहाँ रहेको जलकुम्भी झार हटाउन जलकुम्भी झार हटाउने साधन खरिद गरिएको थियो । जलकुम्भी झार हटाउन प्रभावकारी मानिने सो साधन ल्याएको केहि समयमै… पुरा पढौ

पोखराको सडक पखाल्न र सफा गर्न महानगरले गाडी र ब्रुमर किन्ने

पोखरा महानगरपालिकाले सडक पखाल्न र सफा गर्नका लागि ब्रुमर खरिद गर्ने भएको छ । महानगरपालिकाले अस्फाल्ट प्रविधिबाट गरिएको पिच सडक पखाल्न मिल्ने कष्टमाइज गरिएको एक थान सवारी साधन र सोही सडक सफा गर्न १ थान ब्रुमर खरिद गर्ने जनाएको हो । महानगरको नवौं साधारण सभाको दोश्रो दिन बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले ब्रुमर र सवारी साधन खरिदका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको बताईन् । पुरा पढौ