समाचार

तालचोक–बेगनास सडक निर्माणका लागि २४ करोड २५ लाख विनियोजन

नेपालकै नमूना सडकका रुपमा निर्माण गर्न लागिएको लेखनाथको तालचोक–बेगनास सडकका लागि २४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । पोखरा महानगरपालिकाको नवौं नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सरकारको सशर्त अनुदान अन्तर्गत निर्माण हुने उक्त सडक निर्माणको लागि आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरिएको बताईन् । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उक्त सडक निर्माण गर्न १ अर्ब ५३ करोड रुपंैयाँको बहुवर्षीय बोलपत्र प्रकाशित भइसकेको छ । उक्त सडक निर्माण… पुरा पढौ

पोखरा महानगरको बजेट सवा ६ अर्ब

पोखरा । देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले सवा ६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । महानगरको नवौं नगरसभामा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/ ७९ का लागि ६ अर्ब २७ करोड ७५ लाखको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको भन्दा ९३ करोड ३ लाख २२ हजारले कम हो । महानगरले ल्याएको आगामी आर्थिक वर्षको बजेट १ अर्ब ३ करोड ७५ लाख ९२ हजार घाटा बजेट हो । जुन घाटा बजेट सञ्चित मौज्दात र… पुरा पढौ

गण्डकी प्रदेशमा बिहीबार ३२१ मा संक्रमित हुँदा ५४० संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा बिहीबार ३२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुुँदा ५४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३०४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिनेमा कास्कीका ११८, मुस्ताङका ४३, तनहुँका ३५, बाग्लुङका ३०, गोरखा, बाग्लुङ, नवलपरासी पूर्वका २६–२६, स्याङ्जाका १०, पर्वतका ४, म्याग्दीका ३ छन् । सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट प्रदेशभर ९१४ जनाको मृत्यु भइसकेको… पुरा पढौ

भीरबाट लडेर मृत्यु भएका गोरखाका युवकको शव निकाल्न कठिनाइ

गोरखा । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए । बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए । गुरुङको शव मौसम खबरीका… पुरा पढौ

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडाैं । स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रको अनुगमन

पोखरा । कास्की क्षेत्रनं १९१० अन्तरगत सञ्चालित निर्बाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका आयोजनाहरुको बुधबार अनुगमन गरिएको छ । प्रदेश सांसद एव अनुगमन समितिका संयोजक प्रभा कोइराला, उक्त क्षेत्रका प्रदेश सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला,जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्री,उप–प्रमुख सावित्रि भण्डारी, पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख दिनेशकुमार घिमिरे सोही कार्यालयका प्राविधिक र वडाध्यक्षहरु सहित गएको टोलीले आयोजनाहरुको अनुगमन गरेको हो । संयोजक प्रभा कोइरालाले अधिकांश आयोजनाको काम सम्पन्न भएको पाइएको र रुपा वडानं… पुरा पढौ

व्यास नगरपालिकाको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

दमाैली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट जीवनरक्षाका लागि सङ्घीय सरकार, प्रदेश सरकार, सबै पालिका र नागरिक समाजको सहभागितामा दुम्सीबजारको आधारभूत स्वास्थ्य चौकीमा पिसीआर… पुरा पढौ

अन्नपूर्णको बजेट ७५ करोड २५ लाखः कृषि, पर्यटन तथा पूर्वाधारमा जोड

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताइन् । गाउँपालिकाले आव २०७८/७९ का लागि चालुतर्फ रु. ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत… पुरा पढौ

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे । संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए । संघीयताको आधारस्तम्भ स्थानीय तहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उनले… पुरा पढौ

कालो ढुसी रोकथाम कार्ययोजना

बलेवा। आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ। कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । कालो ढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताए । कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालो ढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो । बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति… पुरा पढौ