समाचार

नाबालिका भतिजीलाई करणी गरेको अभियोगमा काका पक्राउ

तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । (रासस) पुरा पढौ

शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिक

म्याग्दी। बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । “आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक… पुरा पढौ

श्रीमतीको हत्यारा पक्राउ

पर्वत। पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त… पुरा पढौ

न्युजिल्यान्ड बन्यो आइसीसी विश्व टेष्ट च्याम्पियन

कप्तान केन विलियम्सनको अर्धशतकप्रेरित न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै आइसीसी विश्व टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दुई दिनसम्म वर्षाले प्रभावित भएपछि छैटौं दिन टेस्ट खेलाइएको थियो। ६४/२ को स्थितिबाट छैटौं दिन थालेको भारतले दोस्रो इनिङमा १७० रन जोड्दा सबै विकेट गुमाएपछि न्युजिल्यान्डले १३९ रनको लक्ष्य पायो। जुन २ विकेट गुमाएर पुरा गर्यो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। उपाधिसँगै न्युजिल्याण्डले १.६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भारतले ८००,००० अमेरिकी डलर प्राप्त गरेको छ । पुरा पढौ

कोपा अमेरिकाः इक्वेडर र पेरू बराबर

कोपा अमेरिकाको नकआउट चरणमा स्थान बनाउन जित्नुपर्ने दबाबमा रहेका इक्वेडर र पेरूले आज २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। पेरूका लागि जियानलुका लापाडुला र आन्द्रे कारिलोले गोल गरे। रेनाटो टापियाको आत्मघाती गोल उपहार पाएको इक्वेडरका लागि अर्को गोल इडुर प्रेसियाडोले गोल गरे। समूह ‘बी’ मा चार अंकका साथ पेरू तेस्रो र इक्वेडर दोस्रो स्थानमा छ। पुरा पढौ

युरोकप फुटबलः नकआउट चरणमा कुन टिम कोसँग भिड्दैछ (हेर्नुहोस)

युरोकप फुटबल अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने तालिका छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्। समूह चरणबाट कठिन बराबरीसँगै अन्तिम १६ मा प्रवेश गरेको जर्मनीले इङल्याण्ड प्रतिद्वन्द्वी… पुरा पढौ

कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित, कोलम्बियालाई हरायो

कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार जित निकालेको छ। जारी संस्करणको पछिल्लो खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । बिहिबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा राबर्टो फिर्मिन्हो र कासमिरोले गोल गरे। खेलमा लुइस डियाजको गोलबाट कोलम्बियाले लिएको थियो। खेलको १० औं मिनेटमा जुआन कुआड्राडाको पासलाई सदुपयोग गर्दै डियाजले कोलम्बियालाई अग्रता दिलाएका थिए।खेल सकिन १२ मिनेट अघि ब्राजिलले बराबरी गोल फर्कायो। रिनान लोडीको पासमा फिर्मिन्होले ब्राजिलका लागि बराबरी गोल फर्काए। खेलको इन्जुरी समयमा ब्राजिलले विजयी… पुरा पढौ

क्रिस्टियानो रोनाल्डोले बनाए युरोकप फुटबलबाट अर्को कीर्तिमान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्सविरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यसअघि, विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए। जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा… पुरा पढौ

युरोकप फुटबलः पोर्चुगल पनि नकआउट चरणमा

जारी १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्ससँग बराबरी खेलेसँगै पोर्चुगलले पनि नकआउट चरणमा स्थान बनाएको छ। पोर्चुगलले ३ खेलबाट ४ अंक जोड्दै समूह ‘एफ’ को तेस्रो स्थानमा रह्यो। पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो। उसले फ्रान्ससँग २–२ को बराबरी खेलेको थियो। पोर्चुगोलका लागि दुबै गोल स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए। फ्रान्सका लागि पनि दुबै गोल स्टार बेन्जिमाले गरेका थिए। अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ। समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोल… पुरा पढौ

युरोकप फुटबलः फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

फ्रान्स समूह विजेता जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो। हंगेरीको हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले २ गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए। फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको… पुरा पढौ