समाचार

युरोकप फुटबल: जर्मनी नकआउट चरणमा

जर्मनी समूह उपविजेता बन्दै जारी संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २–२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो। जर्मनीका लागि ६६ औं मिनेटमा काई हाभर्टेजले र ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरे।रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने हंगेरीले बनाएको थियो। खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाए। हंगेरीका लागि ६८ औं मिनेटमा आन्द्रेस सेफेरले अर्को गोल गरेका थिए ।… पुरा पढौ

युरोकप फुटबलः स्पेन पनि नकआउट चरणमा

उपाधिको दाबेदार मानिएको स्पेनले समुह ‘ई’ को स्लोभाकियामाथि ५–० को गोल वर्षा युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। स्पेन यस समूहको उपविजेतामा रहँदै प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको हो । पहिलो २ खेलमा निरस बराबरीमा रोकिएको स्पेनले खेलको ३० औँ मिनेटमा स्लोभाकियाको आत्मघाती गोलबाट अग्रता लिएको थियो। यसअघि खेलको शुरुवातमा नै स्पेनका लागि पेनाल्टीबाट गोल गर्न अल्भारो मोराटा चुकेका थिए। पहिलो हाफको इन्जुरी समयमा एमेरिक लापोर्टेले स्पेनको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पाब्लो साराबिया र फेरान टोरेसले १÷१… पुरा पढौ

युरोकप फुटबलः समूह ‘ई’ बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा

युरोकप फुटबल अन्तर्गत बुधबार भएको नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो। भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जित दिलाए। यसअघि इमिल फ्रोसबर्गले २ गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएपनि रोबर्ट लेवान्डोस्कीले २ गोल फर्काउँदै खेल बराबरी गरेका थिए। तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जित दिलाए। पुरा पढौ

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक विकास खवासको घुँडाको सफल शल्यक्रिया गरिएको छ। फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट प्रतियोगितामा जोर्डनविरुद्ध खेल्दा उनी घाइते भएका थिए। विकासको दायाँ खुट्टामा एसीएल चोट लागेको थियो। जोर्डनविरुद्ध चोट बोकेपछि विकासले ३०औं मिनेटमै मैदान छाडेका थिए। उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको हो। पुरा पढौ

फेरि थुनियो मस्र्याङ्दी नदी

मनाङ । चामेमा मस्र्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए । थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजीकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो । गत शनिबार… पुरा पढौ

पोखरामा ओलम्पिक डे मनाइयो

असार ९ पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै आज जुन २३ ओलम्पिक डे का अवसरमा विभिन्न खेल संघ संस्था, खेलाडी तथा प्रशिक्षकहरुको सहभागितामा एक कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, स्पोर्टस फर अल कमिसन गण्डकी र नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालको संयूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारी जारी रहेकै बेला विशेष शुरक्षाका साथ पोखरामा ओलम्पिक डे मनाइएको हो । पोखरा… पुरा पढौ

रुपामा ‘एक घर एक टनेल’

पोखरा । कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको बताए । “एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ यस बर्ष “एक घर एक टनेल” कार्यक्रम शुरु गर्न लागिएको नीति तथा कार्यक्रममा जनाइएको छ । पानी, हावा र असिना समेतबाट जोगाउनुका साथै… पुरा पढौ

निगमद्वारा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि

असार ९ काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुने गरि फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्यमा समान २ रुपैयाँ बढाएको छ ।मूल्य बढेसंगै अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५… पुरा पढौ

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

काठमाण्डौं । वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनमा छन् । वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका हुन । असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ । विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ । डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र… पुरा पढौ

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अग्रपंक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले आपूर्ति नै ठप्प पार्ने भएको हो । तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको… पुरा पढौ