ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले असार १ गतेदेखि निःशुल्क होम डेलिभरी सेवा पुनः सञ्चालन गर्ने भएको छ । विषम परिस्थितिमा पनि होम डेलिभरी सेवा दिएको फेवाबजारले सरकारले लगाएको निषेधाज्ञाका कारण बन्द गरेको सो सेवा असार १ गतेदेखी पुनः सञ्चालनमा ल्याउन लागेको फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । ‘निषेधाज्ञाका कारण स्थगित गरिएको होम डेलिभरी सेवा यहि असार १ गतेदेखि देशैभरबाट सञ्चालनमा ल्याउँदैछौँ’–उनले भने । पोखरामा मुख्य कार्यालय, काठमाडौंमा कर्पोरेट कार्यालय तथा भक्तपुर, ललितपुर,…
पुरा पढौ