समाचार

सेतीवेणी बजार डुबानमा : १० घर विस्थापित

पर्वत । अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार आज बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका… पुरा पढौ

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा । द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा… पुरा पढौ

तीन दिन देशैभर भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

पोखरा । देशभर मनसुनी गतिविधि थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । गण्डकी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ । देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताइन् । आज, भोलि… पुरा पढौ

बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिन कांग्रेसका जिल्ला सभापतिहरूको माग

पोखरा । गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेका छन् । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सामूहिकरूपमा भेटेर त्यस्तो माग गरेका हुन् । अहिलेको मुख्य प्राथमिकता कोभिड विरुद्वको खोप भएको हुँदा यसलाई प्राथमिकतामा राख्न जिल्ला सभापतिहरूले अनुरोध गरेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । खोपसँगै कोभिड प्रभावित क्षेत्रलाई महत्व दिन सभापतिहरूले अनुरोध गरेको उनले बताए । कास्की कांग्रेसका… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै ४ बजे बजेट प्रस्तुत हुने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले सोमबार सरकाको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेकी थिइन् । प्रदेश सभाको आजको बैठकमा नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका थिए । मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो । प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट पनि आजै ल्याउने तयारी… पुरा पढौ

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले सरकारको सुविधा नलिने

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवगठित सरकारले दिने कुनै पनि सेवा सुविधा नलिने भएका छन् । गुरुङलाई नवगठित सरकारले पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने इच्छा नभएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेका हुन् । उनले पूर्वमुख्यमन्त्री गुरुङको तर्फबाट स्ट्याटस लेख्दै नवगठित सरकारले प्रदेशका जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना राखेको पनि प्रष्ठ पारेका छन् । उनले भनेका छन्, ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ, उहाँलाई… पुरा पढौ

अपाङ्गता भएका परिवारलाई तीस हजार सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अपाङगता भएको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परिवारलाई स्वदेश तथा विदेशमा रहेका नेपालीबाट आर्थिक सहयोग जुटेको हो । अपाङग सहित सात जनाको सो परिवारलाई आज स्वदेश तथा रोजगारीको शिलशिलामा विदेशमा रहनु हुने मनकारी व्यक्तिबाट ३० हजार रुपैया नगद सहयोग प्राप्त भएको छ । रोग भन्दा भोकको चिन्ता बिषयको समाचार प्रकाशित भएपछि श्याङजा जिल्ला पुतलीबजार घर भई हाल अमेरिकामा रहनु हुने राजेन्द्र गुरुङले रु.१० हजार, शिवकुमार रानाभाट (सुन्दर) जापानबाट… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : कोरोनाको खोप र उपचारमा केन्द्रित

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड—१९ को महामारीबाट सृजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथा कार्यक्रम कोरोनाबिरुद्धको खोप, रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको हो । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड—१९ बिरुद्धको खोप ब्यबस्थापन गर्ने उल्लेख छ । साथै महामारीबाट बच्न सचेतना, संक्रमण परीक्षण गर्न संघ र स्थानिय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गर्ने… पुरा पढौ

‘केही बाहेक हामीलेनै बनाएका कार्यक्रम आए’ : एमाले नेता पृथ्वी सुब्बा गुरुङ

पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम लगभग आफूहरुले बनाएकै कार्यक्रम आएको नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रम सकिएलगत्तै पत्रकारसँग कुरा गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले भने,‘हामीले बनाएको नीति कार्यक्रममा १२ वटा बुँदा मात्र परिवर्तन भएको रहेछ । अरु हामीले बनाएकै कार्यक्रमहरु छन् ।’ २ दिन अघि मात्र नया सरकार आएकाले त्यसअघि गुरुङ नेतृत्वकै सरकारले बजेटको सिद्धान्त र प्राथमिकता ल्याएको र सोहि आधारमा नीति कार्यक्रम बनाएकालेपनि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।… पुरा पढौ

‘भू.पू.खेलाडी मञ्चद्वारा अक्सिजन प्लान्टका लागि रू १ लाख २५ हजार हस्तान्तरण,प्लान्ट खरिद प्रक्रिया शुरु:बतास’

पोखरा । पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि अग्रज खेलाडीहरुको छाता संस्था भुतपूर्व खेलाडी मञ्च नेपालले रु १ लाख २५ हजार नगद सहयोग हस्तान्तरण गरेको छ । कोभिड १९ को महामारी सँगै अक्सिजन अभावका कारण धेरैको ज्यान जोखिममा पर्न थाले पछि बतास फाउण्डेशनको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन ग्यास प्लान्ट स्थापना गर्न लागिएको हो । सोमबार मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ, कार्यवाहक अध्यक्ष हरि प्रसाद पारजुली र सह कोषाध्यक्ष महेश पौडेलको टोलीले अर्थ संकलन महाअभियानका सञ्चार सहकार्य एभरेष्ट… पुरा पढौ