समाचार

न्युजिल्यान्डले दोस्रो टेस्ट जित्दै उचाल्यो सिरिज

न्युजिल्यान्डले आइतबार दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै सिरिजको उपाधि उचाको छ। यससँगै न्युजिल्यान्डले २ टेस्टको सिरिज १–० ले पनि जितेको छ। टेस्टको चौथो दिन न्युजिल्यान्डले जितका लागि ३८ रनको लक्ष्य पाएको थियो। त्यसलाई न्युजिल्यान्डले २ विकेट गुमाएर प्राप्त भेट्टाएको थियो। यस क्रममा पाहुना टिमले २ विकेटमा १०.५ ओभर उपयोग गरेर ४१ रन बनायो। प्रारम्भिक ब्याट्सम्यान टम लथान २३ रन बनाएर नटआउट रहे। यसअघि, चौथो दिन इंग्ल्यान्डले एक बलको मात्र सामना गरेर १ सय २२ रन बनाउँदै अलआउट भएको… पुरा पढौ

युरोकपः इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी

जारी युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन्। समुह ‘डी’ को खेलमा इङ्ल्याण्डले क्रोएसियालाई १–० ले हरायो। लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली इङ्ल्याण्डलाई विजयी गराउन रहिम स्टर्लीङले निर्णायक गोल गरे। त्यस्तै समुह ‘सी’ को खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ को जित निकाल्दा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ३–१ ले पराजित ग¥यो। युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकप फुटबलमा आज पनि तिन खेल हुनेछन्।आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन्। यसैगरी,… पुरा पढौ

कोपा अमेरिका सुरु, आयोजक ब्राजिलले भेनेजुएलालाई हरायो

यस संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका आइतबारदेखि ब्राजिलमा सुरु भएको छ। कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गर्दै घरेलु ब्राजिलले सुखद सुरुवात गरेको हो। यस जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। ब्राजिललाई जित दिलाउन माक्र्वीवन्होस, नेयमार र ग्राबियल बर्बोसाले १÷१ गोल गरे। खेलको २३ औं मिनेटमा माक्विवन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा… पुरा पढौ

जोकोभिचले दोस्रो पटक जिते फ्रेन्च ओपनको ग्रान्डस्लाम उपाधि

सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन्। उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७ (६–८), २–६, ६–३, ६–२ र ६–४ को सेटमा पराजित गरे। यससँगै जोकोभिचले दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ह्न्। यसअघि, उनले २०१६ मा फ्रेन्च ओपनको ग्रान्डस्लाम जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो। यसअघि, सेमिफाइनलमा जोकोभिचले राफायल नाडाललाई हराएका थिए। स्टेफानोसले जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई… पुरा पढौ

स्वदेश फर्कियो नेपालको राष्ट्रिय फुटबल टोली

सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली हिँजो (आइतबार) स्वदेश फर्किएको छ। २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो। कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी ३ खेल खेलेको थियो। छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियाको सामना गरेको थियो। पहिलो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको नेपाल जोर्डनसँग ३–० ले हारेको थियो। नेपाल छनोटको अन्तिम खेलमा अष्ट्रेलियासित पनि… पुरा पढौ

१२ वर्षे शासनकालपछि इजरायलमा नेतान्याहू बाहिरिदैँ

इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकालपछि बाहिरिदैँ छन्। दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले हिजो संसदमा ६० मत पाएपछि नेतान्याहूको १२ वर्षे शासनकालबाट बाहिरिएका हुन्। योसँगै उनी प्रधानमन्त्री पदबाट मुक्त भएका छन्। उनले नयाँ गठबन्धनको सरकारलाई सत्ता हस्तान्तरण गरेका छन्। नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न ८ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिना पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन्। त्यसपछिको २ वर्षका लागि यायर लेपिड प्रधानमन्त्री बन्नेछन्। इजरायलमा बनेको नयाँ सरकारसँग विपक्षी गठबन्धनभन्दा केवल एक सिटमात्रै बढी छ। नयाँ सरकारमा… पुरा पढौ

चीनमा ग्यास विस्फोटनबाट १२ जनाको मृत्यु

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ। खोज तथा उद्वार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा विस्फोट स्थलमा भेटिएका १ सय ५० जनाको उद्वार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन्। शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त विस्फोट भएको थियो। विस्फोट हुँदा स्थानीयवासीबीच भागदौड मच्चिएको थियो। खोज तथा उद्वार कार्य जारी रहेकाले उक्त घटनामा… पुरा पढौ

म्यानमारमा लोकतन्त्र जोगाउन माग गर्दै जी ७ को सम्मेलन स्थलमा प्रदर्शन

विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको ‘सम्पन्न सात’ (जी–७) को सम्मेलन स्थल नजिक म्यानमारका आप्रवासीहरुले प्रदर्शन गरेका छन्। बेलायतमा बसोबास गर्दै आएका म्यानमारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउनमा माग गर्दै सम्मेलनस्थल नजिक प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सयौँ बर्मेलीहरु सहभागी भएको समाचारहरुमा जनाइएको छ । बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए। प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यानमारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए। प्रदर्शनमा… पुरा पढौ

गण्डकी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारले आज (सोमबार) नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। सरकार गठन भएको ३ दिनमै गठबन्धन सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो। नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे हिँजो (आइतबार) मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेको श्रोतले बताएको छ। यसअघि नै गुरुङको सरकारले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो । पुरा पढौ

आज विश्व रक्तदाता दिवस

आज जुन १४ तारिक अर्थात विश्व रक्तदाता दिवस। हरेक वर्षको जुन १४ मा विश्वभर रक्तदाता दिवस मनाइन्छ। ‘रक्तदान नै जीवनदान हो’ को नारासहित यो दिन रक्तदाता दिवसका रुपमा मनाइन्छ। यो वर्षको रक्तदान दिवसका लागि ‘रक्तदान गरौँ र संसारलाई चलायमान गराऔँ’ भन्ने मूल नारा तय गरिएको छ। मानव रक्त समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदै आएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। रक्तदाता दिवसका अवसरमा… पुरा पढौ