समाचार

बेलायतमा कोभिडको तेस्रो लहर आउनसक्ने विज्ञको चेतावनी

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने संभावना बढदै गएको बताइएको छ। जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ। हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ। सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरू थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज… पुरा पढौ

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ। कोभिडबाट त्यहाँ एकै दिनमा २ हजारभन्दा बढीको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार त्यहाँ मंगलबार मात्र २ हजार ३ सय ७८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो। अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट १ हजार जनाको मात्र ज्यान गएको थियो। तर, त्यसको २४ घन्टापछि मंगलबार मात्र त्यहाँका २ हजार ३ सय ७८ जना संक्रमितको यस कोरोनाको संक्रमणबाट ज्यान गएको… पुरा पढौ

सर्वोच्चको संवैधानिक इजलासमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ

सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेको रिटको सुनुवाइ आज (बिहीबार) हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो। सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्। अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६ रिट निवेदन परेका छन्। अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी,… पुरा पढौ

मनाङमा विपद् व्यवस्थापन पूर्वतयारी

बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरू भइसकेको छ। मनसुन शुरू भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ। जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ। वर्षाको समयमा बाढी पहिरो जस्ता प्राकृतिक विपद् आइपर्ने हुँदा जोखिम न्यूनीकरणको पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। ‘प्राकृतिक विपद्बाट जिल्लामा धेरै क्षति हुनबाट जोगाउनका लागि पूर्वतयारी थालिसकेका छौँ’, लामिछानेले भने। उनका… पुरा पढौ

भुर्जुङखोलामा ५६ युनिट रगत संकलन

कोरोना जोखिमको कारण दैनिक रगत अभावको खबर आइरहेको सन्दर्भमा कास्कीको भुर्जुङखोलामा ५६ युनिट रगत संकलन भएको छ। जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलास्थित स्थानीय ग्रीनफोर्स युथ क्लबले बुधबार आयोजना गरेको अकास्मिक रक्तदान कार्यक्रममा रगत संकलन गरिएको हो। सोही अवसरमा ग्रीनफोर्स युथ क्लबले सार्दीखोला स्वास्थ्य चौकीमा संचालित आइसोलेसन कक्षको व्यवस्थापनार्थ २० हजार रुपैयाँ सहयोग समेत गरेको छ। क्लबका अध्यक्ष रामप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रम जिल्ला रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको क्लबका कोषाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिए। पुरा पढौ

जनप्रतिनिधिको भाइरल तस्बीर

कोरोना संक्रमित बृद्धबृद्धालाई आफैले बोकेर अस्पताल लैजादै खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई । जुन तस्बीर, पछिल्लो समय भाइरल बनेकोा छ। तर, भाइरल बन्न आफूले यस्तो नगरेको अध्यक्ष श्याम राई बताउँछन्। चुनावको बेला आफूले गरेको प्रतिबद्धता र गाउँपालिकाको जनताको जीवनरक्षाका लागि आफूले यस्तो कार्य गरेको बताउँछन्। संक्रमित युवायुवतीहरु त आफै हिँडेर अस्पताल पुग्छन । तर, अशक्त र असहाय बृद्धबृद्धाहरुको जीवन रक्षाका लागि मोटरबाटोसम्म आफैले लैजाने गरेको अध्यक्ष राईको भनाई छ। पुरा पढौ

‘कोरोनाको कहरमा मनकारी सञ्जिवनी दिदि बहिनी , ३ लाख ४२ हजार रुपैयाको सहयोग’

पोखरा । कोरोनाको कहरको बेला सन्जिबनी दिदिबहिनी केन्द्र नेपाल विभिन्न संस्थाहरु र समस्यामा परेकाहरुका लागि नामले जस्तै कामले पनि सन्जिबनी बनेको छ। संक्रमणकोे कठिन अवस्थामा सञ्जिवनी दिदिबहिनी केन्द्रले कोरोना नियन्त्रणमा सघाउन, संक्रमितका लागि सेवा पुर्याउन, कोरोना पीडितलाई सहयोग साथै उपचारका लागि ३ लाख ४२ हजार रुपैया बराबरको सहयोग गरेको हो।नेपालमा कोरोनाको संक्रमण बृद्धि भईरहदा परदेशमा रहनुभएका सञ्जिवनी दिदि बहिनी केन्द्रका संस्थापक, अक्षयकोषदाता, सहयोगी एवम सामाजिक अभियन्ताहरु र केन्द्रका कार्यसमितिको अभियान मार्फत सहयोग गरिएको हो। अभियानमा सामजिक आभियन्ता सञ्जिवनी दिदिबहिनी केन्द्रकी… पुरा पढौ

गण्डकी प्रदेशमा ६६३ कोरोना संक्रमित हुँदा १७३३ संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा बुधबार एकै दिन एक हजार ७३३ जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा ६६३ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १४४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसरी थपिने नवलपरासी वर्दघाट सुस्ता पूर्वका १५०, कास्कीका ९१, लमजुङका ८९, गोरखाका ८६, तनहुँका ६९, बाग्लुङ ६०, स्याङ्जाका ५१, पर्वतका ३९, म्याग्दीका १७, मुस्ताङका ११ जना छन् ।यो सहित हालसम्म ४८ हजार ४७२ संक्रमित भएका छन् । ती मध्य ४० हजार ८५३… पुरा पढौ

सभापति देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका हुन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।… पुरा पढौ

पुरानो नक्सा भएका पाठ्यपुस्तक बिक्री गर्नेलाई कारबाही हुने

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् । पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन… पुरा पढौ