असंवैधानिक ढंगबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै कास्कीका ६ राजनीतिक दलका भातृ संगठनले विरोध गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको विरोध गरेका हुन्। विज्ञप्तिमा नेपाल तरुण दलका मनोज गुरुङ, योङ कम्युनिस्ट लिगका भोजराज पौडेल, युवा संघ नेपालका असीम गुरुङ, समाजवादी युवा संघका लक्ष्मण गुरुङ, अखिल नेपाल युवा संघका विक्रम थापा र विवेकशील साझा युवा संगठनका विजय पराजुलीले हस्ताक्षर गरेका छन्।
पुरा पढौ