समाचार

बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

नवलपरासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए। गृहजिल्ला नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को परासीमा आज पत्रकारहरुसँग मन्त्री त्रिपाठीले ५० लाख खोप दिने निर्णय गरेको भन्दै अमेरिकी सरकार र नेपालस्थित अमेरिकी राजदूतप्रति धन्यवाद व्यक्त गरे । खोप उत्पादक देशहरुसँग निरन्तर संवादमा रहेको… पुरा पढौ

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै यही जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए । नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा… पुरा पढौ

रेवान पोखरा र द आर्ट अफ लिभिङ्गद्वारा फेवातालका डुङ्गा चालकहरुलाई राहत वितरण

पोखरा । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी गरिएको लकडाउनका कारण थुप्रै मजदुरहरु बेरोजगार बनेका छन् । यतिबेला उनीहरुलाई बिहान बेलुकाको छाक टार्नै हम्मे हम्मे पर्न थालिसकेको छ । यस्तोमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखरा र द आर्ट अफ लिभिङ्गको संयुक्त सहयोगमा पोखराको फेवातालमा डुङ्गा चलाउने मजदुरहरुलाई राहत वितरण गरिएको छ । फेवाताल किनार बाराहीघाटमा शुक्रबार विहान भएको राहत वितरण कार्यक्रममा फेवातालका विभिन्न घाटमा कार्यरत डुङ्गा चालकहरुलाई खाद्यान्न सामग्री वितरण गरियो । उनीहरुलाई १ बोरा चामल सहित… पुरा पढौ

‘अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी, अबको ३ हप्तामा प्लान्ट आईपुग्ने अपेक्षा’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी अर्थ संकलन महाअभियानमा पछिल्लो पटक डि एक्स एन परिवार पोखराद्वारा १ लाख ३८ हजार ८ सय २० रुपैया , कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ ,नागरिक समाज पोखराबाट… पुरा पढौ

‘कास्की समाज क्यानाडाद्वारा अक्सिजन प्लान्टका लागि रु १ लाख सहयोग’

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ शुरु गरिएको आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ ।बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको संचार सहकार्यमा जारी महाअभियानमा पछिल्लो पटक कास्की समाज क्यानाडाबाट रु १ लाख १ हजार ५५ प्राप्त भएको छ । समाजले अक्सिजन प्लान्टका अलावा हरिहर सन्यास आश्रम पोखरा(२० भलामलाई रु १ लाख , बात्स्यायान बृद्दाश्रम… पुरा पढौ

सांसद पद कायम राख्न माग गर्दै जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशको सांसद पदबाट बर्खास्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । थापाले विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै शुक्रबार रिट दिएका हुन् । थापाको तर्फबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, बार एसोसिएसनकी उपाध्यक्ष अधिवक्ता ईश्वरी भट्टराईलगायतले रिट हालेको र रिट दर्तासमेत भइसकेको सर्वोच्च स्रोतले जनाएको छ । रिटमा उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको जिकीर गरेका छन्… पुरा पढौ

कोरोना सङ्क्रमणबाट बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा सङ्क्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका… पुरा पढौ

नदीजन्य पदार्थ उत्खनन्का लागि बोलपत्र नपरेपछि एक कम्पनीलाई अनुमति

पाेखरा । ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो । गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई रु ३० लाखमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए… पुरा पढौ

भेदभाव अन्त्यका लागि मानवीय सोच आवश्यक : प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छिन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले विभेद अन्त्यका लागि कानूनको अपरिहार्यतासँगै मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी हुन् । सन्देशमा भनिएको छ, “सामाजिक रुपान्तरणका लागि सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वासलगायत अमानवीय व्यवहारहरूलाई अन्त्य गरी सुसभ्य न्यायिक र समतामूलक समाज निर्माणका लागि कानूनको परिपालनासँगै मानवीय सोच… पुरा पढौ

सांसद कोइरालाको च्यालेञ्ज : एमाले मात्र भएर एक्लै चुनाव जितेर देखाउनुस्

गण्डकी प्रदेश सांसद दीपक कोइरालाले नेकपा एमालेका एक मन्त्रीलाई एक्लै चुनाव जितेर देखाउन चुनौति दिएका छन् । गण्डकी प्रदेश सभाको बिनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै उनले यस्तो चुनौति दिएका हुन् । संसदको आठौं अधिवेशनको पहिलो दिन गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले माओवादी सांसदहरुलाई धरातह हेरेर मात्र अभिव्यक्ति दिन चेतावनी दिएका थिए । सोहि अभिव्यक्ति प्रति ईंगित गर्दै सांसद कोइरालाले भने,‘मन्त्रीज्यूले धरातलको कुरा गर्नु भएको छ । तपाईं जुन धरातलबाट यहाँ आउनु भएको छ ।… पुरा पढौ