समाचार

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

गत १९ महिनादेखि रोकिएका संपूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन्। बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए।आजको नागरिक दैनिकमा समाचार छ। पुरा पढौ

बागलुङमा संक्रमण नघट्दा निषेधाज्ञामा कडाइ

जिल्ला प्रहरी कार्यालय बागलुङले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सयबाट नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, १ सय रुपैयाँ जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ। प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लंघन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक… पुरा पढौ

चौधरी उद्योग परिसरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेको आगो नियन्त्रणमा आएको छ। शुक्रबार बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब ५ घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो। नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका ७ दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताएका छन्। सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्काइएको थियो। आगो बढ्दै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस् भनेर गोदाम घरको… पुरा पढौ

लमजुङमा निषेधाज्ञा थप

लमजुङ । जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लामा कोरोना… पुरा पढौ

सभापति देउवाद्वारा तराईलाई मरुभूमि बनाउने नीति फिर्ता गर्न माग

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् । उनले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गरेका छन् । उनले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती मात्र नभई प्रकृतिविरुद्धको अपराध र तराई–मधेसलाई भविष्यमा… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन १३७२ कोरोनामुक्त, १३ जनाको संक्रमणबाट मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार ३७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको दर बढेको छ । बुधबारमात्रै प्रदेशका विभिन्न जिल्लाका ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका २ हजार २४६ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । आज थपिनेमा कास्कीका १५१, स्याङ्जाका १३३, गोरखाका १२७, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ११७, बाग्लुङका ११२, लमजुङका ७३, तनहुँका ५५, म्याग्दीका… पुरा पढौ

कास्केली सांसद गुरुङले के बोले ? जुन रेकर्डबाट हटाइयो !

गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले प्रदेश सभामा बोलेको केहि अंश रेकर्डबाट हटाइएको छ । गण्डकी प्रदेश सभामा प्रस्तुत गरिएको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै प्रदेश सभा सदस्य मनबहादुर गुरुङले विशेष अधिवेशनका बेला गत बैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाउने कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका थिए । बोल्ने क्रममै सभामुख नेत्रनाथ अधिकारीले सांसद गुरुङलाई सचेत गराएका थिए । यद्वपी उनले सो धारणा व्यक्त गरिसकेका कारण सो भाषणको अंशलाई सभामुख… पुरा पढौ

अक्सिजन प्लान्टका लागि स्व.सम्झना बज्राचार्यको परिवारबाट १ लाख १ हजार ५ सहयोग

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना र आईसियू बेड थप्नका लागि शुरु गरिएको ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियानमा सहयोग आउने क्रम जारी छ । बतास फाउण्डेसनको पहल तथा एभरेस्ट एफएमको सहकार्यमा शुरु गरिएको महाअभियानमा पछिल्लो पटक पोखरा १ मोहरियाटोल निवासी स्वर्गिय सम्झना बज्राचार्यको पून्य तिथिमा उनका परिवारले १ लाख १ हजार ५ रुपैयाँ प्रदान गरेका छन् । स्वर्गिय सम्झनाको स्मृतिमा उनको श्रीमान रवीन्द्रमान बज्राचार्य, छोरी दृष्टि… पुरा पढौ

च्याम्वर र कास्की पोखरा समाज जापानद्वारा महानगरलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

पोखरा चेम्बर अफ कमर्स कास्की र कास्की पोखरा समाज जापानले बुधबार पोखरा महानगरपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छ । कार्यक्रममा चेम्बरको तर्फबाट १० र समाजको तर्फबाट २० गरी ३० थान सिलिण्डर प्रदान गरिएको हो ।चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार र कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारीले मेयर मानबहादुर जिसीलाई सिलिण्डर हस्तान्तरण गरे । मेयर जिसीले अक्सिजन सिलिण्डरले कोभिडका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताए । उनले महानगरले वडा नम्बर २७को वडा कार्यालय(साविक लेखनाथ नगरपालिकाको भवन)मा कोभिड अस्पताल सञ्चालन… पुरा पढौ

सांसद गौतम र खिमविक्रमको प्रश्न : प्रदेश संसद विघटन गर्ने नियतले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नराखिएको हो ?

गण्डकी प्रदेश सांसदहरुले संघमा जस्तै प्रदेश सभापनि विघटन गर्न खोजेको हो भनेर प्रश्न गरेका छन् । गण्डकी प्रदेश सभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै बिपक्षी गठबन्धनमा आबद्ध दलका सांसदहरुले संघ सरकारले संसद विघटन गरेजस्तै प्रदेश संसदपनि विघटन गर्न खोजिएको हो ? भनेर प्रश्न गरेका हुन् । प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस सांसद ओमकला गौतम र जनमोर्चाका सांसद खिमविक्रम शाहीले यस्तो प्रश्न यस्तो प्रश्न गरेका हुन् । संघ सरकारलेजस्तै प्रदेश सरकारलेपनि निर्वाचन क्षेत्र, पूर्वाधार विकास कार्यक्रम नराखेकाले… पुरा पढौ