समाचार

भारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६.२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई… पुरा पढौ

लागुऔषध र भरुवा बन्दुकसहित दुई पक्राउ

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले घरमा लुकाइछिपाइ राखेको करिब दुई किलो २०० ग्राम चरेसजस्तो देखिने पदार्थ, सात किलो गाँजाको धुलो र एक थान भरुवा बन्दुक बरामद गरेको छ । विषेश सूचनाका आधारमा खोजतलास गर्दा उनीहरुबाट चरेस, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । उनीहरुलाई लागुऔषध र भरुवा… पुरा पढौ

नदीको बहाव बढेपछि गण्डकी र लुम्बिनी जोड्ने पुल निर्माण रोकियो

पोखरा । गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । “पुल निर्माणका लागि बीच… पुरा पढौ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । थापालाई दलबाट निष्कासन गरेको पत्र जनमोर्चाले बिहीबार (आज) प्रदेशसभा सचिवालयमा गराएको थियो । सोही पत्रबमोजिम सभामुख नेत्रनाथ अधिकारीले आज सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिए । यो संगै थापाको प्रदेशसभा सदस्य पद रिक्त रहेको सभामुखले बताए । गण्डकी प्रदेशको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले मानेका थिएनन् । चालु बजेट अधिवेशनमा बोल्दै सांसद थापाले काँग्रेस नेतृत्वको सरकार बनाउन आफूले… पुरा पढौ

ओलम्पिक खेलाडीहरु जापान आउने क्रम सुरू, अष्ट्रेलियाबाट आए पहिलो टिम

यही जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ। अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम नारिता विमानस्थलमा ओर्लिएको छ। ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेमने खबर छ। विमानस्थलमा जाँच गरिएको कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि खेलाडीहरु बस्ने ठाउँ ओता शहरमा पुगेका छन्। बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति कोभिडको खोप लगाएका हुनेछन्। साथै उनीहरूको हरेक दिन कोभिड संक्रमण परीक्षण गरिने पनि बताइएको छ। संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क… पुरा पढौ

नेपालले आज चाइनिज ताइपेईसँग विश्वकप छनोटको पहिलो खेल खेल्दै

विश्वकप छनोटको दोस्रो चरणका खेलहरु आज (बिहीबार)देखि सुरु हुँदैछन्। कोरोनाका कारण पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिता आजदेखि सुरु हुने भएका हुन्। नेपालले आफ्नो पहिलो खेल चाइनिज ताइपेईसँग न्यूट्रल भेन्यु कुवेतमा खेल्दैछ। नेपालको पहिलो खेल चाइनिज ताइपेईसँग परेको हो। कुवेतको जाबेर अफ एहमद अन्तराष्ट्रिय स्टेडियमममा हुने नेपाल र चाइनिज ताइपेइबिचको खेल नेपाली समयअनुसार आज राति ९ः ४५ बजेबाट शुरु हुनेछ। नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।… पुरा पढौ

मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन्। कोरोना भाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो। ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मंगलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो। साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन… पुरा पढौ

चीनको दोस्रो कोभिड खोप साइनोभ्याक पनि डब्लूएचओबाट स्वीकृत

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनको साइनोभ्याक कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको छ। डब्लूएचओबाट स्वीकृति हुने यो दोस्रो चिनियाँ खोप हो। यसअघि साइनोफ्राम खोपले पनि डब्लूएचओबाट स्वीकृति पाएको थियो। डब्लूएचओले भनेको छ, ‘आपत्कालीन प्रयोगका लागि स्वीकृति हुनुको अर्थ यो खोपले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा, प्रभावकारीता र उत्पादनको गुणस्तर सम्बन्धी मापदण्ड पुर्याएको छ।’ यसले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम पुनः जारी राख्ने ढोका खुलाएको छ। जसले कम आय स्तर भएका मुलुकमा खोपको पहुँच बराबरी सुनिश्चित गर्ने लक्ष्यमा काम गरिरहेको छ। तर,… पुरा पढौ

कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्यु

भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ। यसअघि, दैनिक ४ लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ। तर, खतरा अझै टरेको छैन। कोरोना संक्रमणकैबीच न्युज एजेन्सी एएनआईले ‘इन्डियन मेडिकल एसोसिएसन’लाई उद्धृत गर्दै दोस्रो लहरका क्रममा ५ सय ९४ जना चिकित्सकहरुले ज्यान गुमाएको उल्लेख गरेको छ। रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ। देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १ सय ७ जना चिकित्सकहरुको मृत्यु भएको छ। दोस्रोमा बिहार रहेको छ। जहाँ, ९६… पुरा पढौ

अब, कक्षा १२ सम्मका पाठ्यपुस्तक निःशुल्क

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ। पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ। जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८÷७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ। यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन्। यसअघि कक्षा १० सम्मका… पुरा पढौ