समाचार

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौँ। सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिनअघिको टेलिफोन वार्ता… पुरा पढौ

सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ

गलकोट। जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, रु एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लङ्घन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराद्वारा पोखराका दुई कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

युवा उद्यमी मञ्च पोखरा (एनवाईईएफ)ले पोखराका दुई कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । एनवाईईएफ पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (जसलाई अहिले कोभिड अस्पताल बनाइएको छ) र सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । एनवाईइएफका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको टोलीले आज एक कार्यक्रमका बीच ती दुई अस्पताललाई अक्सिजन सिलिण्डर, अक्सिजन मास्क, पिपीई सेट, फेस सिल्ड, अक्सिमिटर, सेनिटाइजर, सर्जिकल मास्कलगायत ३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा एनवाईइएफका… पुरा पढौ

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

तनहुँ। म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । पर्वतको… पुरा पढौ

अफगानिस्तानमा बम विस्फोट: ४ सर्वसाधारणको मृत्यु

अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडीएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा ४ जना सर्वसाधारणको मृत्यु भएको छ। बम विस्फोटमा परेर अन्य ४ जना घाइते भएका छन्। प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो। उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढ्दै गएको छ। यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन्। आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया… पुरा पढौ

बेलायतमा कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन

बेलायत सरकारको सल्लाहकारसमेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड–१९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा ३ हजार ३ सय ८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेको बताएका हुन्। तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिस प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन्। उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भनेका छन्, ‘हुन त हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको… पुरा पढौ

भारतमा देखिएका कोरोना भाइरसको नाम ‘कप्पा’ र ’डेल्टा’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका विभिन्न भेरियन्टको नयाँ नामाकरण गरेको छ। कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गरेको हो। डब्लुएचओले अल्फाबेटका आधारमा संसारमा भेटिएका नयाँ भेरियन्टको नाम दिएको हो।भारतमा पहिलोपटक भेटिएको भाइरस बी १.६१७. २ भेरियन्टलाई ‘डेल्टा’ नाम दिइएको छ भने अर्को भेरियन्ट बी १.६१७.१ लाई ‘कप्पा’ नाम दिइएको छ। कोरोनाका यी भेरियन्टको पुष्टि सबैभन्दा पहिले गत अक्टोबरमा भारतमा भएको थियो। यसअघि, भारतीय भेरियन्ट भनेकोमा भारतले आपत्ति जनाउँदै आएको थियो। बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई ‘अल्फा’, दक्षिण… पुरा पढौ

नेदरल्यान्ड्सले फुकायो भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध

नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागु हुनेगरी फुक्का गरेको छ। भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो। तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ। युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैरयुरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। पुरा पढौ

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५ सय १० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन्। भारतमा हिँजो (मंगलबार) कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दैनिक मृत्यु दरमा हिजो केही कमी आएको छ। मन्त्रालयले… पुरा पढौ

नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ : देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन् । पुरा पढौ