कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ। यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो। गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो। ब्राजिल साविकको विजेता टोली पनि हो। अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो। प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका छ। यसअघि, कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने जनाइएको थियो।…
पुरा पढौ