समाचार

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले

काठमाण्डौं । कपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ । एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ । पुरा पढौ

विवेकशील साझा पार्टीका नेता थापाको निधन

काठमाण्डौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४ : २५ मा निधन भएको हो । उनको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई… पुरा पढौ

पोखरा अभियानद्वारा खाद्य बैंक सञ्चालन

पोखरा । लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिए । पोखराको चिप्लेढुंगाबाट शुरु गरिएको यो अभियानलाई अन्य क्लव तथा संघसंस्थाहरुसंग सहकार्य गर्दै पोखराका विभिन्न चोकहरुमा स ञ्चालन गरिने ढुंगनाले बताए । उनले भने, ‘कोभिड–१९ ले विश्वलाई चुनौती दिइरहेको परिस्थितिमा कोरोनाको चेन ब्रेकका लागि भन्दै जारी गरिएको निषेधज्ञाका… पुरा पढौ

सार्दिखोला समाज यु.के.द्धारा स्वास्थ्य चौकीलाई सहयोग

पोखरा । सार्दिखोला समाज युकेले सार्दिखोला स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टेटर, अक्सिमिटर, एन्टीजेन टेस्ट किट, पिपिई, साबुन, सेनीटाइजर, मास्क लगाएतका तिन लाख चौविसहजार बराबरको सामाग्री जेष्ठ १८ गते मंगलबार सार्दिखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ । साथै सो अवसरमा सार्दिखोला समाज युके का समाजसेवी ज्ञानकाजी गुरुङ्गले व्यक्तिगत रुपमा पठाउनु भएको रु ६० हजार वहाँको छोरा अरुण गुरुङ्गले वडा अध्यक्ष विक्रम गुरुङ्गलाई हस्तान्तरण गर्नुभएको छ ।कोरोनाको दोश्रो लहर बढ्दै आउँदा १२ जनामा कोरोना संक्रमण… पुरा पढौ

स्थापना दिवसमा अक्सिजन प्लान्ट निर्माणमा सहयोग

पोखरा । नेपाल बजार बिक्री प्रतिनिधि संघ, गण्डकी प्रदेश समिति पोखराले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि २५ हजार २५ रुपयाँ प्रदान गरेको छ । संघको २१ औं स्थापना दिवसका अवसरमा संघले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरेको संघका गण्डकी प्रदेश अध्यक्ष गोविन्द ढुंगानाले जानकारी दिए । कोभिड १९ कोरोना भाइरस महामारीका बेलामा अक्सिजनको अभावका कारण संक्रमितको उपचार अवरुद्ध भई असामयिक निधन भईरहेको अवस्थामा बतास फाउन्डेशनको समन्वयमा नागरिक स्तरबाट पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्ट स्थापनाका लागि संघले सानो रकम… पुरा पढौ

प्रधानमन्त्री ओली नव सामन्तको नाइके

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले वर्तमान सरकारको नेतृत्वकर्ता नव सामन्तको नाईके भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने,‘देश अहिले ध्रुविकरणमा गएको छ, एकातिर एउटा ध्रुव संविधान, लोकतन्त्रण, गणतन्त्र, संघीयता रक्षा गर्न तल्लिन देखिन्छ । अर्कोतिर अर्को ध्रुव यो संविधानलाई धुजा धुजा पार्ने, संविधानका पानाहरु च्यात्ने, त्यतिमात्र होइन म नभई पृथ्वी नै घुम्दैन भन्ने प्रवृत्ति नव सामन्तको नाइके बन्ने ।’ उनले नव सामन्तवादको नाईकेले संवैधानिक अंगलाई कब्जा गर्ने र सेटिङमा… पुरा पढौ

कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ । विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ जेठ २३ मा, अर्काे संवैधानिक इजलास गठन हुने

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास थियो । इजलासबाटै प्रधानन्यायाधीश जबराले भने, “अब वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गरिन्छ ।” शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ शुरु भए पनि इजलास गठनकै… पुरा पढौ

स्वास्थ्य प्रणालीलाई सुदृढ बनाइने

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचरका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए । होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

कास्की। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्कामा परेका… पुरा पढौ