समाचार

गणतन्त्र दिवसका अवसरमा ४३० को कैद मिनाहा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औँ ग गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन्। राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको जनाएका हुन् । गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा ‘हेर्दाहेर्दै’ मा, आइतबार सुनुवाइ

काठमाण्डौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आजदेखि शुरु भएको छ । संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास आज गठन गरी बहस शुरु भएको थियो । सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश बडालले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई कानूनी सल्लाह दिने अधिवक्ताहरुले विपक्षी बनाएर बहस गर्न नमिल्ने तर्क राखे । “यो वकिलको आचारसंहिताभन्दा बाहिर भयो”, उनले भने,… पुरा पढौ

मानव धर्म सेवा समितिद्वारा आर्थिक तथा स्वास्थ्य सामग्री वितरण

नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशले फ्रन्ट लाईनमा कार्यरत पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बुद्ध जयन्तीको उपलक्ष्यमा पोखराको रामबजार, सरांगकोट तथा न्युरोडमा कार्यरत प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई समितिले स्वास्थ्य सामाग्री वितरण गरेको हो । विश्वभर कोभिड १९ को दोश्रो तथा तेस्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई ४० लिटर सेनिटाईजर, ३० थान अक्ससिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको समितिले जनाएको छ ।सो अवसरमा समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा “अक्सिजन… पुरा पढौ

अक्सिजन अभावमा मृत्यु भएकोमा सांसद बरालको गम्भिर ध्यानआकर्षण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अक्सिजनको अभावनमा सुत्केरी सहित ७ जनाको मृत्यु भएको घटना प्रति गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले गम्भिर ध्यानआकर्षण गराएका छन्। मानव स्वाथ्यको लागि अति आवश्यक पर्ने अक्सिजन उपयुक्त ढंगले प्रतिष्ठानले व्यबस्थापन गर्न नसक्दा एकै रातमा सुत्केरी सहित ७ जना बिरामीको मुत्यु भएको घटना प्रति आफ्नो गम्भिर ध्यानआकर्षण भएको सांसद बरालले ध्यानआकर्षण भएको जनाएका छन्। सामुदायिक अस्पतालमा व्यबस्थापनको कमजोरीका कारण उक्त घटना भएकोमा दुःख समेत व्यक्त गर्दै सांसद बरालले आगामी दिनमा… पुरा पढौ

शुक्रबार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

काठमाडौं । नेपालमा लगातार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तेस्रो दिनपनि बढेको छ । शुक्रबार देशभरबाट थप ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन अहिलेसम्म धेरै हो । करिव १० हजारको संख्यामा अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएका थिएनन् । यो सहित हालसम्म देशभरबाट ४ लाख २८ हजार ६७० जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । यसअघि बिहीबार ७ हजार २२६ र बुधबार ६ हजार ७१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए… पुरा पढौ

भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

नयाँ दिल्ली। कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ । बिहीबार भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना शुरु भएयतम देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।… पुरा पढौ

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ । (रासस) पुरा पढौ

तमानखोलामा सङ्क्रमितसँगै जटिल बिरामी बढी

बलेवा। भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका सङ्क्रमित थोरै छन् । यहाँका सङ्क्रमितमध्ये धेरै बिरामी छन् । कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा भारतबाट आएका मात्रै सङ्क्रमित भएका थिए । अन्यत्र नियन्त्रणमा आएपछि यहाँका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखियो । दोस्रो लहरका क्रममा भने तमानखोला पनि बढी प्रभावित भएको छ । अहिलेसम्म तमानखोलाका ७१ जनामा मात्रै कोरोना पुष्टि भएको छ । तीमध्ये २२ जना डिस्चार्ज पनि भइसके । बाँकी ४९ मा नौजना गम्भीर बिरामी छन् । बिरामी… पुरा पढौ

उपत्यकाको निषेधाज्ञा : थप कडाइ

काठमाडौँ। कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । यसपालि भने किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ… पुरा पढौ