समाचार

सूर्योदय क्लवको आकस्मिक रक्तदान कार्यक्रम

पोखरा । पोखरा क्षेत्रमा रगतको अभावलाई दृष्टिगत गर्दै नदीपुरस्थित सूर्योदय क्लवले शुक्रबार बिहान आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ । क्लवका उपाध्यक्ष मधुसुदन पौडेलका अनुसार कोभिडको महामारी भए पनि सुरक्षाका यावत् मापदण्ड पालना गरी रक्त संकलन गरिएको र यस कार्यक्रममा स्थानीय ३२ जना व्यक्तिले स्वतः स्फूर्त रुपमा सहभागिता जनाए । उक्त कार्यक्रममा क्लवको सत्कार्यको प्रशंसा गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले उपचारका लागि रगतको खाँचो सँधै हुने र यस्तो विषम परिस्थितिमा… पुरा पढौ

‘इद उल फित्र’ ले शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने सभापति देउवाको विश्वास

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका परिस्थितिमा स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन्। इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा उहाँले आज सम्पूर्ण मुसलमानमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह आग्रह गरेका छन्। इद उल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले यसले मुलुकमा… पुरा पढौ

स्याङ्जाको वालिङमा अब गाउँमै कोरोना परीक्षण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नगरपालिकाभित्र द्रूत गतिमा फैलिरहेको छ”, नगरप्रमुख खाँणले भने, “सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा रहेका नागरिकमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि गाउँगाउँमै पुगेर स्वास्थ्य परीक्षण गर्नाका साथै आवश्यक औषधि… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण

पोखरा । तेस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले शुक्रबार सपथ ग्रहण गरेका छन् । ओलीले शुक्रबार दिउँसो राष्ट्रपति निवास शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा शुक्रबार राती पुनः नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक… पुरा पढौ

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनजनाको मृत्यु

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको… पुरा पढौ

पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग आउने क्रम जारी

अक्सिजनको अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयास भएको छ । पोखराको बतास अर्गनाइजेसनको पहलमा नागरिक स्तरबाटै अक्सिजन प्लान्ट बनाउने प्रयासको थालनी भएको हो । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा अहिले अक्सिजन प्लान्ट बनाउनका लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको छ । कम्तिमा ३ करोडको लागतमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । अक्सिजन प्लान्टका लागि कम्तिमा… पुरा पढौ

बोरुसिया डर्टमुन्ड बन्यो जर्मन कपको च्याम्पियन

बोरुसिया डर्टमुन्ड जर्मन कप (डीएफवी पोकल) च्याम्पियन बनेको छ। बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि ४–१ को सानदार जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन कप (डीएफवी पोकल) को उपाधि जितेको हो। बोरुसिया डर्टमुन्डलाई च्याम्पियन बनाउन युवा स्टारहरु एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरे। टोलीलाई उपाधि दिलाउन उनीहरु दुबैले २/२ गोल गरे। लाइप्जिगका ड्यानियल ओल्मोले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै जाडोन सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । २८ औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता… पुरा पढौ

नेपाल सुपर लिग फुटबलः काठमाण्डौ रेजर्स उपाधि नजिक

काठमाण्डौ रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि नजिक पुगेको छ। दशरथ रंगशालामा भएको एलिमिनेटर खेलमा ललितपुर सिटी एफसीलाई ३–० गोलले हराउँदै काठमाण्डौ फाइनल पुगेको हो। काठमाण्डौको जितमा मौसिके ओलोमोउले २ र स्टेफिन विनोङले १ गोल गरे। खेलको १४ औं मिनेटमा मेसौके ओलुमोउको पेनाल्टी गोलमार्फत काठमाण्डौले अग्रता बनाएको थियो। यस्तै, २२ औं मिनेटमा मेसौके ओलुमोउकै व्यक्तिगत दोस्रो गोलमा काठमाण्डौले अग्रता दोब्बर बनायो। ६० औं मिनेटमा विनोङ समिरले गोल गर्दै टोलीको जित निश्चित गराए। यसअघि लिगको उद्घाटन खेलमा पनि… पुरा पढौ

बागलुङमा हट्यो एम्बुलेन्सबाटै शब बोक्नुपर्ने बाध्यता

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । पछिल्लो समय कोरोनाको हटस्पट बनेको बागलुङ जिल्लामा यो पहिलोपटक शव बाहनको व्यवस्थापन गरिएको हो। नगरपालिकाले ३ महिनाका लागि ४ लाख ५० हजार भुक्तानी दिनेगरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो। जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो। नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन्। नगरपालिकाले… पुरा पढौ

बागलुङमा थप १५ दिन निशेधाज्ञा

बागलुङमा थप १५ दिन निशेधाज्ञा हुने भएको छ। जिल्लामा कोरोना संक्रमितको संख्या दिनदिनै बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले कडा लकडाउन गर्ने निर्णय गरेको हो। जिल्लामा थप १५ दिन निषेधाज्ञा लगाउन डीसीसीएमसीले जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बिहिवार बसेको समितिको बैठकले यस पटकको निशेधाज्ञा कडा पार्नुपर्ने समेत सहभागीले सुझाव दिएका छन्। अबको निषेधाज्ञामा बागलुङमा व्यवसाय, बैक तथा वित्तिय संस्था समेत पूर्ण रुपमा ठप्प हुनेछन् । यसअघि, बागलुङमा बित्तीय संस्था नियमित खुलेका थिए। पछि… पुरा पढौ