समाचार

स्थापना दिवसमा प्रेस युनियन कास्कीद्वारा शुभकामना

पोखरा । नेपाल प्रेस युनियनको ३० औं स्थापना दिवसमा नेपाल प्रेस युनियन कास्कीले शुभकामना व्यक्त गरेको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, सूचनाको हकप्रति सदैव प्रतिवद्व रहदै आम श्रमजीवीको पेशागत अधिकार सुनिश्चितताका लागि युनियन कटिवद्व रहेको जेनाए । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणमा स्थापनाकालदेखि नै युनियनले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै हालसम्म युनियनको विकास र विस्तारमा योगदान पु¥याउने सबैप्रति सम्मान व्यक्त गरिएको छ । कोराना महामारीका कारण सृजना भएको असहज… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट कोरोना खोप खरिद गर्न मिल्ने बनाउः सांसद कोइराला

गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोना विरुद्धको खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । कास्की क्षेत्रनं १(१)बाट निर्वाचित प्रदेश सांसद कोइरालाले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टिने बजेटलाई कोरोना विरुद्धको खोप खरिदमा प्रयोग गर्न मिल्ने बनाउन प्रदेश सरकारलाई सुझाव दिएका हुन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा आफ्नो धारणा… पुरा पढौ

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

दमौली । तनहुँ सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । बैंकर क्लबका अध्यक्ष राजु रानाले आज नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे । कोभिड–१९ को विषम परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सनट्रेटर सहयोग गरेका रानाले बताए । उनका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई… पुरा पढौ

दमौली अस्पतालमा अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा

तनहुँ । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । “कहाँनेर राख्ने भनेर ठाउँ हेरेका छाँै, सम्झौता भएको कम्पनीले शुक्रबारसम्म जडान गरिदिने प्रतिबद्धता जनाएको छ”, अधिकारीले भने । प्लान्टबाट उत्पादित भएको अक्सिजन प्रत्येक बिरामीको श्ययामा विस्तार गरिनेछ । तत्कालका लागि सिलिण्डरमा भर्ने नभई पाइपलाइनमार्फत श्ययासम्म विस्तार गरिने अधिकारीले… पुरा पढौ

पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत । गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ । परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसङ्ख्यालाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् । करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६÷४७ प्रतिशतमा कोभिड… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । सो आदेशसँगै उक्त विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबार हुनेछ । निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत… पुरा पढौ

म्याग्दीमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन… पुरा पढौ

पोखरामा विहानैदेखि लगातार वर्षा, सतर्कता अपनाऔँ

पोखरामा आज (बिहीबार) बिहानदेखि लगातार वर्षा भएको छ। बुधबारसम्म मौसममा सामान्य बदली भइरहेको थियो। तर, बिहीबार विहानैदेखि लगातार वर्षा भइरहेको छ। बंगालको खाडीबाट उत्पन्न भएको ‘यास’ नामक चक्रवातको प्रभावले वर्षा भएको जनाइएको छ। ‘यास’ नामक चक्रवातको प्रभावले अझै देशभर मेघगर्जन चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात ‘यास’ जमिनतर्फ प्रवेश गरिसकेको र उत्तर–पश्चिम सर्ने क्रममा रहेकोले केही दिन नेपालमा पनि असर पर्ने हुनाले आवश्यक… पुरा पढौ

कास्कीमा हालसम्म करिव १४ हजार १ सय कोरोना भाइरसमुक्त, ३१७२ आइसोलेसनमा

पोखरा । कास्कीमा हालसम्म करिव १४ हजार एक सय जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २५१ जना कारोनामुक्त भएसंगै निको हुनेको संख्या १४ हजार ९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोही अवधीमा ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका ६७४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यो सहित हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ५३८ पुगेको छ । यस्का साथै जिल्लामा अव ३ हजार… पुरा पढौ

थप दश लाख मात्रा खोप अनुदान दिने चीनको घोषणा

काठमाण्डौं । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा… पुरा पढौ