समाचार

मनाङमा बाढी आउँदा ४ टहरा र १ पक्की पुल बगायो

मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र १ पक्की पुल बगाएको छ भने २ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ। अनुसार बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको मनाङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन्। बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवन, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले… पुरा पढौ

कोरोना भाइरसबाट ८१३ पत्रकार संक्रमित, १७ जनाको मृत्यु

कोरोना भाइसबाट हालसम्म ८ सय १३ जना पत्रकार तथा संचारकर्मी संक्रमित भएका छन्। त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ। महासंघले दिएको जानकारीअनुसार हाल ३ जना पत्रकार आइसीयूमा छन् भने ३ जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ। पछिल्लो समय कोरोना संक्रमणका कारण पत्रकार चन्द्रप्रसाद न्यौपानेको ४७ वर्षको उमेरमा भएको असामयिक निधनप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चका सदस्य तथा… पुरा पढौ

आज १४ औं गणतन्त्र दिवस

आज जेठ १५ गते, १४ औं गणतन्त्र दिवस। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर १४ औं गणतन्त्र दिवस मनाइँदैछ। नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेर यस वर्षको गणतन्त्र दिवस मनाउँदैछन्। जनआन्दोलन २०६२÷०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा… पुरा पढौ

तनहुँमा जेठ २२ सम्म थप एक साता लम्बियो निषेधाज्ञा

तनहुँमा पनि जेठको २२ गतेसम्मका लागि थप एक साता निषेधाज्ञा लम्बिएको छ। गत वैशाखको २२ गतेदेखि जारी रहेको निषेधाज्ञा एक साताका लागि थपिएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ १५ शनिबार राति १२ बजेदेखि लागु हुने गरी २२ गते राति १२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लामा कोभिड–१९ को महामारी अझैपनि यथावत रहेको तथा समुदाय स्तरमा थप फैलिन सक्ने भन्दै बन्दाबन्दी जारी राख्ने निर्णय गरेको हो।… पुरा पढौ

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबादेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो । जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् । पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको… पुरा पढौ

कोरोना अपडेट्स : गण्डकी प्रदेशमा ८०८ संक्रमित हुँदा, ७०७ कोरोनामुक्त

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४९० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिएका मध्य कास्कीका २०९, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १३४, पर्वतका १३३, बाग्लुङका १३२, गोरखाका ७७, तनहुँका ५४, स्याङ्जाका ५१, म्याग्दीका १२, मनाङ र मुस्ताङका एक–एक जना छन् । यो सहित प्रदेशभर हालसम्म ४० हजार ४९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ७०७ जना कोरोना भाइरस… पुरा पढौ

मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा खाद्यान्न सामाग्री वितरण

तनहुँ । तनहँुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ मा रहेको मुस्ताङ क्याम्प र तिव्वेतियन क्याम्पमा रहेका १ सय ५८ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । कोभिड १९ को दोश्रो लहर संगै मुलुकभर जारी रहेको निषेधाज्ञामा क्याम्पमा आश्रित रहेकाहरुलाई खाद्यान्नमा अभाव नहोस भन्ने उद्देश्यले पेमा छाल गुम्बाको आयोजना र जोस्लिन व्लुमेन्थल अमेरिकाको सहयोगमा १ सय ५८ घर परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरिएको हो । खाद्यान्न सामाग्री प्रदान गर्ने गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले पेमा छाल गुम्बाको आयोजनामा दुईवटै क्याम्पमा आश्रित… पुरा पढौ

सरकारलाई तीन विषयमा कास्की कांग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली कांग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका तर्फबाट सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना सङ्क्रमितबाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण गराएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा छ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोेखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट वञ्चित… पुरा पढौ

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री

काठमाण्डौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताए केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए । यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे… पुरा पढौ

अक्सिजनको अभावमा पोखरामा एकैसाथ छ जनाको निधन हुनु दुःखद : कांग्रेस

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै कांग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा… पुरा पढौ