समाचार

प्रहरी चौकीभित्रै २ समूहबीच खुकुरी हानाहान

स्थानीय युवाको दुई समूहबीच धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान भएको छ। समूहबीचको झडप रोक्न खोज्दा प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो भने सो समुहलाई पछ्याउँदै आएको अर्काे समूहले चौकीभित्र आक्रमण गर्न खोज्दा रोक्नेक्रममा चौकीका इन्चार्ज असइ दाहाल घाइते भएका हुन्। धरान उपहानागपालिका वडा नं १५ मा रहेको अस्थायी प्रहरी चौकीमा यो घटना भएको हो। ७ जनाको समूहले चौकीका इञ्चार्ज दाहालमाथि खुकुरी प्रहार गरेको बताइएको… पुरा पढौ

आजदेखि ३० वटै मुद्दाको सुनुवाई संवैधानिक इजलासमा

संसद् विघटनसम्बद्ध परेको सबै ३० वटै रिटको सुनुवाई आज (शुक्रबार)देखि संवैधानिक इजलासमा हुँदैछ। संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद विघटनसम्बद्ध रिटहरुको अन्तरिम आदेश दिन अश्वीकार गर्दै ति सबै मुद्दाहरुलाई सुनुवाइका लागि संवैधानिक इलासमा पठाउने आदेश दिएका हुन्। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्। अब ती सबै ३० वटा मुद्दाको… पुरा पढौ

कानून व्यवसायीलाई अदालत आउने–जाने व्यवस्था मिलाउ : बार एशोसिएसन

सरकारले भने शुक्रवारदेखि काठमाण्डैं लगायत देशभर निषेधाज्ञामा कडाइ गरेको छ। शुक्रवारदेखि नै प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको सुनुवाइ पनि सर्वोच्चमा शुरु हुँदै छ । यस्तो अवस्थामा कानून व्यवसायीले हिँडडुल गर्न नपाउने भएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले गृह मन्त्रालयलाई कानुन व्यवसायीको परिचयपत्रका आधारमा अदालत आवत–जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। नेपालको संविधानको धारा २० मा प्रत्येक नागरिकलाई आफूले रोजेको कानून व्यवसायीबाट सल्लाह र परामर्श सेवा लिन पाउने गरी मौलिक हकको रुपमा प्रत्याभूत गरेको अधिकार खोसिने अवस्थामा पुगेको भन्दै… पुरा पढौ

एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरुको प्रतिवेदन बुझाइयो

माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ। कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो। कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिएका छन्। अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उनले दिए। कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा गर्नुपर्ने र कक्षा १२… पुरा पढौ

बजेटमा होटल र समग्र पर्यटन क्षेत्रको पुनरुत्थानलाई समेट्न होटल संघको माग

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले आगामी आर्थिक बर्ष २०७८/०६९ को नीति तथा कार्यक्रम र बजेटमा होटल तथा समग्र पर्यटन क्षेत्रलाई मध्यनजर गर्दै राहत तथा पुनःउत्थानका कार्यक्रमहरु ल्याउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी कोभिड– १९ का कारण अहिले सबै भन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको भन्दै यस क्षेत्रको उत्थानको लागि विशेष कार्यक्रम ल्याउन ध्यानाकर्षण गराएका हुन् । गत वर्ष सरकारद्धारा घोषित राहतका कार्यक्रमहरु समयमा नै व्यवसायीले प्राप्त गर्न नसकेको जनाउँदै… पुरा पढौ

नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार

काठमाण्डौं । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ ।कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोवारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ । कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर रु १४ अर्ब ७६ करोड… पुरा पढौ

वितरणमुखी र पूर्ण बजेट नल्याउन आग्रह

काठमाण्डौं । राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै उनीहरूले अत्यधिक सार्वजनकि ऋण लिने, राजश्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गरेका छन् । यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, डा शङ्कर शर्मा, डा पीताम्बर… पुरा पढौ

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरे । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाण्डौं । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई समान तीन/तीन करोड बराबरको बजेट उपलब्ध भएको छ । यस्तै बारा अस्पताल, रामेछाप अस्पताल,… पुरा पढौ

कास्कीमा थप एक साता निषेधाज्ञा लम्बियो

पोखरा । कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि लगाइएको निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । कोरोना महामारीको चेन ब्रेकका लागि भन्दै बैशाख १५ गतेबाट जारी गरिएको निषेधाज्ञालाई बढाएर प्रशासनले जेठको २१ गतेसम्म लम्बाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले निषेधाज्ञाका समयमा यस अघि जारी गरेका निर्णयहरुलाई यथावत राख्दै अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरेको छ । प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ । कास्कीमा बिहीबार… पुरा पढौ