समाचार

सावधानीपूर्वक मनाइयो दुई हजार ५६५ औँ बुद्ध जयन्ती

कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले जन्म लिनु भएको थियो । राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण… पुरा पढौ

पछिल्लो २४ घण्टामा सङ्क्रमित र निको हुनेको सङ्ख्या उस्तै–उस्तै

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुने र निको हुनेको संख्या उस्ता–उस्तै पाइउएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार ६ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको छन् । सो अवधिमा ६ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी हुन् । देशभरका प्रयोगशालामा… पुरा पढौ

तनहुँमा ट्याक्टरबाट खसेर एकको मृत्यु

पोखरा । तनहुँमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवाको उपचारका क्रममा मत्यु भएको छ । बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकदेखि धमिकुना जानेक्रममा ट्याक्टरको पछाडी ढालाबाट खसेर गम्भीर घाइते भएका स्थानिय राजु पौडेलको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो । ग १ त ६८१८ नम्वरको ट्याक्टरको ढालाबाट खसेका पौडेललाई उपचारका लागि चरक हस्पिटल पोखरा ल्याइएकोमा उपचारकका क्रममा आज दिउँसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ… पुरा पढौ

एसईई सञ्चालनको विकल्पबारे कार्यदलले सुझाव तयार गर्दै

काठमाडाैं । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए । ‘गल्लीगल्ली डटइन्फो’ले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क नभएकाले सिकाइ… पुरा पढौ

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय… पुरा पढौ

स्याङ्जाका स्थानीय तहको चासो कोरोनाविरुद्धको खोपतिर

स्याङ्जा । कोरोना सङ्क्रमणका कारण दैनिकजसो बिरामीको मृत्यु हुन थालेपछि स्याङ्जाका स्थानीय तहका प्रमुखहरुले खोप खरीदप्रति चासो देखाउन थालेका छन् । कोरोना सङ्क्रमणबाट बचाउन खोपको अतिआवश्यकता भएको भन्दै स्थानीय तहका प्रमुखहरूले यसतर्फ चासो देखाएका हुन् । वालिङ नगरपालिकाले कोभिड विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई एक पत्र लेखेर अनुरोध गरेको छ भने हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जनता बचाउनका लागि खोपको अति आवश्यक भएको भन्दै यस आर्थिक वर्षको सबै विकास बजेट कटाएर खोप खरीद गर्न तयार रहेकाले खोप किन्न पाइने… पुरा पढौ

विश्वशान्ति र मानवकल्याणका लागि बुद्धका सन्देश अनुकरणीय छ : प्रदेश प्रमुख पौडेल

पोखरा। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले विश्वशान्ति र मानवकल्याणका लागि गौतम बुद्धका उपदेश अनुकरणीय रहेको बताएकी छिन् । दुई हजार ५६५ औंँ बुद्धजयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा प्रमुख पौडेलले सम्पूर्णको सुख, शान्ति र समृद्धिको कामना गर्दै शाक्यमुनि बुद्धले अंगीकार गरेको शान्ति, अहिंसा र मानवकल्याणको मार्ग अनुसरण गर्न सके मानिस दुःखी हुन नपर्ने विचार व्यक्त गरेकी छिन् । शुभकामना सन्देशमा नेपाली भूूूमिमा जन्म लिएका राष्ट्रिय विभूति गौतमबुद्ध नेपालका मात्रै नभई महामानवका रुपमा विश्वकै प्रेरणाको स्रोत भएको उल्लेख गर्दै उनले देखाएको शान्ति,… पुरा पढौ

भारतमा कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन

नयाँ दिल्ली। कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ । तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ४ हजार १५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ ।… पुरा पढौ

मुख्यमन्त्री गुरुङद्वारा बुद्ध जयन्तीको शुभकामना

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । २५६५औँ बुद्ध जयन्तीका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् । नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उनले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो वर्तमान अवस्थामा झनै… पुरा पढौ

प्रेस युनियन कास्कीको उत्कृष्ट सदस्य अवार्ड नेपालीलाई

नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गतवर्ष देखि शुरु गरिएको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ । कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उहाँको भनाइ छ । हिमदुत दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार नेपाली पोखराका क्रियाशील… पुरा पढौ