समाचार

नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार

काठमाण्डौं । नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दाँैत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि / राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने

काठमाण्डौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ । अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वाेच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा… पुरा पढौ

जेठ १६ गतेदेखि गण्डकी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस

पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन यहि जेठ १६ गतेदेखि बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको मंगलबार बसेको बैठकले प्रदेश सभाको बर्खे अधिवेशन जेठ १६ गतेदेखि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले बर्खे अधिवेशनको पहिलो बैठक बैशाख १६ गते दिउँसो दिउँसो १ बजे बोलाउन सिफारिश गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले बैठक पोखरा सभागृहमा बस्ने गरि बोलाउन सिफारिश… पुरा पढौ

जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् । कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइ गरिरहनुपर्ने भयो ।’’ उनले कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था… पुरा पढौ

थप कडाइका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० सम्म निषेधाज्ञा

काठमाण्डौं । कोभिड­१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते विहान १ बजेबाट लागू हुने छ । काठमाडौँ उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन १२ सय बढी कोरोना संक्रमणमुक्त, १५४८ मा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा एकै दिन एक हजार दुई सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मंगलबारमात्रै १ हजार २७७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ । यस्तै सोही अवधीमा थप १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ३६८ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख… पुरा पढौ

पोखरा लेडी जेसीजद्वारा स्वास्थ सामग्री वितरण

पोखरा । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रन्ट डेक्समा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पोखरा लेडी जेसीजले स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वभर कोभिड १९ को दोश्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनगर गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई १५ थान पुनप्रयोग गर्न मिल्ने पीपीई, १० लिटर सेनिटाईजर, ५० थान अक्ससिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका समयमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको पोखरा लेडी जेसीजले लायन्स क्लव अफ गण्डकी प्रदेशसंगको सहकार्यमा स्वास्थ्य सामाग्री बितरण गरेको… पुरा पढौ

मुस्ताङको थासाङका स्वास्थ्य चौकीलाई नेलम्बोको सहयोग

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरा स्थित नेलम्बो नेपालले मंगलवार स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ। संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अभिनाश गौचनलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।त्यस अवसरमा पीपिइ १ सय थान, केएन ९५ माक्स पाँच सय पीस, सेनिटाइजर ३० लिटर, १ सय थान फेस शिल्ड, पाँच सय वटा हात धुने साबुन गरी कुल रु.२ लाख १० हजार बरावरका सामग्री प्रदान गरिएको हो। सामग्री हस्तान्तरण गर्दै नेलम्बोका जनसम्पर्क अधिकृत भण्डारीले सम्बन्धित चौकीहरुमा… पुरा पढौ

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्व एकजुट हुन आव्हान

कास्कीका क्रियाशिल पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् । नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी (जसपा) कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र… पुरा पढौ

गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण हुँदै

गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको हो । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि बन्न लागेको पुलको कामलाई निषेधाज्ञाकै अवधिमा अगाडि बढाइएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी योजनाबाट सञ्चालन हुने विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड… पुरा पढौ