समाचार

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

गोरखा । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् । एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन्। प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् । अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त… पुरा पढौ

गण्डकी प्रदेशमा थप १३७२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एक हजार ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ६१५ महिला र ७५७ पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा स्याङ्जाका ६११ जना छन् । जसमा ३१६ पुरुष र २९५ महिला छन् । कास्कीमा १३८ जना महिला र २१५ जना पुरुष गरि ३५३ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । यस्तै गोरखाका १५६ जनामा कोरोना भाइरस संक्रमण… पुरा पढौ

बादललाई १०७४ मतभारले हराउँदै देवकोटा बिजयी

राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा.खिमलाल देवकोटा बिजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवम एमालेका आधिकारिक उमेदवार रामबहादुर थापा (बादल)लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित देवकोटा नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय हुन् । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन रहेको थियो । निर्वाचित देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पराजित थापाले ४ हजार १४ मतभार प्राप्त गरे । पुरा पढौ

विपदमा जनताको साथ रहने कास्की काँग्रेसको प्रतिवद्वता

कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले छलफल शुरु गरेको छ ।कास्कीका ६ वटै प्रदेश सभाका नेता तथा कार्यकर्तासँगै छलफल गरी विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा निर्णय गरिने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।अहिलेको कोराना महामारी र वर्षा मौसयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको कास्की काँग्रेसका प्रवक्ता… पुरा पढौ

प.क्षे.अस्पतालमा निर्माण गरिने अक्सिजन प्लान्ट निर्माण समितिको अध्यक्षमा बतास

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि समिति गठन भएको छ । नागरिक स्तरबाट आर्थिक संकलन गरेर बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समिति गठन भएको हो । गण्डकी प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि गठन गरिएको अक्सिजन प्लान्ट निर्माण समितिको कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल रहेका छन् भने सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे,… पुरा पढौ

कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक : सांसद भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक भएको बताएकी छिन् । उनले अहिलेको परिस्थितिमा सरकार हरतरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानविय क्षति कम गर्न लागिपरेको अवस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालनासहित आ–आफ्नो ठाउँमा लागि पर्नसमेत आह्वान गरेकी छिन् । भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै सो आह्वान गरेकी हुन् । "कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम… पुरा पढौ

नवनियुक्त मन्त्री लम्सालले गरे पदभार ग्रहण

गण्डकी। गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षणमन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार ग्रहण गर्दै उनले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए । कोरोना महामहारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेशमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्नेतर्फ सरकार क्रियाशील बन्ने उनले बताए । आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट तर्जुमाको चरणमा रहेको हुनाले जिल्लाका सन्तुलन, रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत… पुरा पढौ

‘ताउ–ते’ कमजोर बन्दै : नेपालमा कम असर

काठमाण्डौं । केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ । ‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ । करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए । यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा… पुरा पढौ

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

इस्लामाबाद पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिए । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन्… पुरा पढौ

पोखराको जिएमसी र मणिपालमा पनि अब कोरोनाको निःशुल्क उपचार हुने

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मणिपालले कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको हो । सरकारले नोभल कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता गरेका कलेजहरु मध्ये पोखराको जिएमसी र मणिपाल शिक्षण अस्पतालपनि हुन् । सरकारले जिएमसी र मणिपालसँगै नोवल मेडिकल कलेज टिचिङ हस्पिटल, नेसलन मेडिकल कलेज बिरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर,… पुरा पढौ