समाचार

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको राससलाई जानकारी दिए । नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।… पुरा पढौ

एसियन गेम्सको बक्सिङमा नेपाली खेलाडी सहभागी हुने संभावना न्यून

संयुक्त अरब इमिरेट्समा मे २२ तारिखदेखि एसियन बक्सिङ च्याम्पियन्सिप हुँदैछ। उक्त प्रतियोगितामा सहभागी हुने नेपाली बक्सिङ खेलाडीको संभावना न्यून रहेको छ। नेपालका ७ जना खेलाडीले उक्त प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम थियो । नेपालका २ जना महिला र ५ जना पुरुष खेलाडी सहभागिता जनाउने कार्यक्रम थियो। मे ३१ तारिखसम्म अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण खेलाडीले सहभागिता जनाउन असंभव भएको बक्सिङ संघले एक विज्ञप्तिमार्फत जनाएको छ। नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले आफूहरुले वैशाख २६ गते राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा जानकारी गराए… पुरा पढौ

भारतमा कोरोना महामारीका बीच तीब्र गतिमा फैलिदैछ ‘ब्ल्याक फंगस’

भारतमा कोरोना महामारीका बीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेको छ। स्वास्थ्य संकटमाथि संकट देखिएकाले भारत सरकार थप चिन्तित बनेको छ। यसबीच ‘ब्ल्याक फंगस’ नियन्त्रणका लागि भारतको केन्द्र सरकारले सबै राज्य सरकारलाई सावधानी अपनाउन पत्राचार गरेको छ। पछिल्लो समय ‘ब्ल्याक पंmगस’का कारण भारतमा सय भन्दा बढीकोे मृत्यु भइसकेको छ। जसमा ९० जना महाराष्ट्र राज्यका छन्। यसअघि, ‘ब्ल्याक पंmगस’कै कारण हरियाणा राज्यमा १४ र मध्यप्रदेशमा १० जनाको ज्यान गइसकेको छ। भारतको राजस्थानमा १ सय बढी ‘ब्ल्याक फंगस’बाट प्रभावित भएका छन्। कोरोना… पुरा पढौ

म्याग्दीका युवाहरु कोरोना नियन्त्रणमा जुटे

म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुले कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका छन्। युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका हुन्। कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भएर उपचाररत १९ जना संक्रमितले सेवा पाएका छन्। संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा कोभिड सुरक्षा र स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ। हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीद्वारा प्राप्त सहयोग रकमबाट औषधी र स्वास्थ्य सुरक्षाका सामग्रीहरु खरिद गरेर… पुरा पढौ

बन्दिपुरका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितहरुको घरघरमा

तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोभिड संक्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोभिड पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो। घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन्। गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका ९ जना गरी २७ संक्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको… पुरा पढौ

प्रधानमन्त्रीको दावी पेश गर्न आज साँझ ५ बजेसम्मको म्याद

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन्। राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै आज जेठ ७ गते (शुक्रबार) साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ। उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष कार्की दम्पत्तिलाई कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष गोकर्ण कार्की दम्पत्तिलाई एकैपटक कोरोना संक्रमण भएको छ। कार्कीले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्। कार्की दम्पत्ति हाल पोखराको नागढुंगास्थित चरक अस्पतालमा भर्ना भएका छन्। कार्कीले फेसबुकमा लेखेका छन्, ‘हामी जस्तो कतै न कतै सामाजिक अथवा ब्याबसायिक क्षेत्रमा लागेर हिडडुल गर्नै पर्ने हरुलाइ कहिँ न कहिँ बाट छिरी हाल्दो रहेछ ! आफ्नो शरिरमा नलागुन्जेल यो केही पनि हैन भन्थे आफू मात्रै नभै श्रीमती समेतसङै एकैपटक संक्रमीत हुँदा आज… पुरा पढौ

प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउने मन्त्रिपरिषद् निर्णय

काठमाण्डौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको नियमित अधिवेशन बोलाउन आह्वान गर्ने निर्णय गरेको छ । बैठकले जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरु भने अनुपस्थित भएका थिए । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानपानी मन्त्री मणी थापा, शहरी विकासमन्त्री प्रभु साह, युवा थगा खेलकुद मन्त्री दावा… पुरा पढौ

देशभर ८३०५ मा कोरोना संक्रमण हुँदा ६५४३ कोरोनामुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । ६ हजार ५४३ जना भने निको भएका छन् । नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म… पुरा पढौ

राष्ट्रपतिद्वारा शपथ र कोभिड अध्यादेश जारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पुरा पढौ