समाचार

मङ्गल ग्रहमा चीनको पहिलो यान अवतरण

चीनले पठाएको एउटा यानले रातो मङ्गल ग्रहमा अवतरण गरेको छ।  चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना दिएका छन् । चीनले पृथ्वीबाहेक कुनै ग्रह वा उपग्रहमा पहिलो पटक आफूले विकास गरेको यान अवतरण गराएको छ ।  सीएनएसएका प्रमुख झाङ केजियानले चिनियाँ अन्तरिक्ष नियन्त्रण केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा मङ्गल खोज अभियान पूर्ण सफल भएको घोषणा गरेका थिए । रोबोट मङ्गल ग्रहको… पुरा पढौ

लेस्टर सिटी एफए कपको च्याम्पियन

लेस्टर सिटी पहिलो पटक एफ ए कप फुटबलको चयाम्पियन बनेको छ। चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको हो। शनिबार राती भएको फाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै लेस्टरले पहिलोपटक उपाधि उचालेको हो। लेस्टरलाई उपाधि जिताउन एक मात्रै गोल युरी टेलिमान्सले गरे । उनले खेलको ६३ औँ मिनेटमा गोल गरेका हुन्। पुरा पढौ

काठमाडौं रेजर्सलाई नेपाल सुपर लिगको उपाधि

धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंलाई जिताउन २२ औं मिनेटमा मेसुके ओलोमोले गरेको गोल निर्णायक बन्यो। यससँगै काठमाडौंले यसअघि दुई खेलमा हारेको बदला लिन सफल भएको छ। जितसँगै काठमाडौंले ३५ लाख रूपैयाँ नगद पुरस्कार जितेको छ। उपविजेता धनगढीले १५ लाख रूपैयाँ नगद पुरस्कार जित्यो। लिगमा ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भए। धनगढी एफसीका दिनेश राजवंशी नेपाल सुपर लिगमा उत्कृष्ट रक्षक बने।… पुरा पढौ

नेपालमा कोभिड संकट, आपतकालीन सहयोगको खाँचो : डब्ल्युएचओ

पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढिरहेको नेपालमा आपत्कालीन सहयोग चाहिएको बताइएको छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपाललाई आपतकालीन सहयोग चाहिएको बताएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन्। जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय नेपालमा कोभिडको संक्रमण बढेको र अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि बढेको डा. टेड्रोसको भनाई छ। उनले नेपाल लगायत भारत श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड… पुरा पढौ

कोभिड केयर बेड तथा अक्सिजन हाई फ्लो मेसिन राख्न नेलम्बो नेपालद्वारा सहयोगको प्रतिवद्धता

पोखरा । पोखरामा कोभिड केयर बेड तथा अक्सिजन हाई फ्लो मेसिन खरिदका लागि सहयोग आउने क्रम जारी रहेको छ । कोभिड केयर बेडको अभाव तथा अक्सिजन हाई फ्लो मेसिन अभावमा नागरिकको ज्यान जान थालेपछि एभरेस्ट एफएमको सहकार्यमा नागरिक स्टरबाट कोभिड केयर बेडको अभाव तथा अक्सिजन हाई फ्लो मेसिन खरिदका लागि नेलम्बो नेपालले दुई लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । नेपालका अध्यक्ष एकदेव देवकोटाले सो अभियानमा आफूहरुका तर्फबाट दुई लाख सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । लायन्स अन्र्तराष्ट्रिय ३२५ बि… पुरा पढौ

प्रदेश खेलकुदको लोगो सार्वजनिक सँगै रणनितिक कार्ययोजना तय

प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ ।जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो । सार्वजनिक गरिएको लोगोमा मुल रुपमा ४ वटा विषयलाई झल्काएको छ । नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिदैं गरेको खेलाडी, राष्ट्रको गौरवको रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ती र समृद्धीको प्रतिक निलो तथा सेतो रङ्ग सँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरी प्रदेश… पुरा पढौ

अक्सिजन प्लान्ट स्थापनार्थ बुवा–आमाको सम्झनामा २ लाख ५ हजार सहयोग गर्ने लामिछानेको प्रतिवद्धता

पोखरा । एभरेस्ट एफएफको सहकार्यमा पोखरामा नगरिक स्तरबाट बन्न लागेको अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । प्लान्टको स्थापनार्थ उत्तम लामिछानेले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । लामिछानेले आफ्ना स्वर्गिय बुवा आमा प्रेमप्रसाद लामिछाने र जनकमाया लामिछानेको सम्झनामा २ लाख ५ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको नेतृत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि सहयोग आउने क्रम जारी रहेको छ… पुरा पढौ

अक्सिजन प्लान्ट स्थापनार्थ सिद्धि–सेतुली प्रतिष्ठानले सहयोग गर्ने

पोखरा । पोखरामा नागरिक स्तरबाट बनाउन लागिएको अक्सिजन प्लान्टका लागि सिद्धि–सेतुली प्रतिष्ठानले सहयोग गर्ने भएको छ । बतास बतास फाउण्डेसनका अध्यक्ष आनन्द बतासको नेतृत्व र एभरेस्ट एफएम पोखराको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि नागरिक स्तरबाट बन्न लागेको प्लान्ट बनाउन प्रतिष्ठानका तर्फबाट २ लाख २२ हजार २२२ र विश्वरत्न शाक्य तथा बुलु शाक्यले १ लाख ११ हजार १११ सहयोग गर्ने घोषणा गरेका हुन् । अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान थालेपछि नागरिकस्तरबाट… पुरा पढौ

कास्कीमा आजदेखि कडा निषेधाज्ञा

कास्कीमा आज (शनिबार)देखि एक साताका लागि झनै कडा कडा किसिमको थप निषेधाज्ञा आदेश गरिएको छ।यसअघिको भन्दा यस पटकको निषेधाज्ञामा कडाइ गरिएको हो। थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ। यस पटकको निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सभा, जुलुस, जात्रा, महोत्सव लगायतका मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु केही गर्न पाइने छैन।अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन पाइने छैन। यस पटक कर्मचारीहरु… पुरा पढौ

अक्सिजन प्लान्ट बनाउन सुशिल प्रधानाङ्गद्वारा २५ लाखको घोषणा

पोखरा । पोखरामा नागरिक स्तरबाट बनाउन लागिएको अक्सिजन प्लान्टका लागि सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशिल प्रधानाङ्गले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । बतास अर्गानाइजेसनका अध्यक्ष आनन्द बतासको नेतृत्व र एभरेस्ट एफएम पोखराको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि नागरिक स्तरबाट बन्न लागेको प्लान्ट बनाउन प्रधानाङ्गले २५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् । अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान थालेपछि नागरिकस्तरबाट थालिएको प्लान्ट निर्माणमा सहभागी हुन बतासले आम नागरिकलाई आग्रह… पुरा पढौ