समाचार

भारतमा कोभिड–१९ का दैनिक संक्रमितहरु तीन लाखबाट घटे

नयाँ दिल्ली। कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी… पुरा पढौ

प्रधानमन्त्रीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले आज २८ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले पुरानो पार्टी मुख्यालयमा पुगेर जबजका प्रणेता भण्डारीका शालिक र आश्रितका तस्वीरमा माल्यार्पण गरे ।उपप्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भुसाल, सुवास नेम्बाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितप्रति पनि श्रद्धाञ्जलि व्यक्त गरेका थिए । स्मृति दिवसको… पुरा पढौ

कोरोनाको पीडा : बिरानो लाग्दै आफ्नै गाउँ टोल

 गलेश्वर। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ । सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गरेका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बसेका क्या… पुरा पढौ

बार्सिलोनाको महिला टिम पहिलो पटक लिग च्याम्पियन

बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आइतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गरेसँगै बार्सिलोना पहिलो पटक महिला लिगको च्याम्पियन बनेको हो। स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले चेल्सीमाथि ४–० को फराकिलो जित निकाल्यो।बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाइन्। एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन्। कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरिन्। पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले… पुरा पढौ

उत्तर कोरियाले विश्वकप र एसियन कप छनोटबाट नाम फिर्ता लियो

उत्तर कोरियाले फिफा विश्वकप छनोट र एसियन कप छनोटको बाँकी खेलबाट नाम फिर्ता लिएको छ। उत्तर कोरियाले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी नखेल्ने भएको हो। एसियन फुटबल फेडेरेसन (एएफसी)ले आइतबार उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएको जनाएको हो। एएफसीले उत्तर कोरियाले नाम फिर्ता लिनुको कारण बताएको छैन। छनोटको समूह ‘एच’मा रहेको उत्तर कोरिया ८ अंक जोडेर चौथो स्थानमा छ। एएफसीले उत्तर कोरियाको यस निर्णय फिफाको आयोजक समितिलाई पठाइएको जनाएको छ। यस समूहमा उत्तर कोरिया, दक्षिण कोरिया, तुर्किमिनिस्तान, लेबनान… पुरा पढौ

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडी छनोट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन्। नेपाल सुपर लिग सकिएको भोलिपल्ट आइतबार प्रशिक्षक अब्दुल्लाहले खेलाडीको नयाँ सूची सार्वजनिक गरेका हुन्। आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि नेपाली टोलीले बुधबारदेखि प्रशिक्षण थाल्ने एन्फाले जनाएको छ। नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि खेल्नेछ। छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेइसँग… पुरा पढौ

पर्यटन व्यवसायीको अगुवाईमा पोखरामा निःशुल्क एम्बुलेन्स संचालनमा

पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले एउटा एम्बुलेन्स आइतबार देखि निःशुल्क संचालनमा आएको छ । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षहरु भट्टराई र सापकोटाको पहलमा बालहितकारी परियोजना नेपालको संचालनमा नरहेको एम्बुलेन्सलाई मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी संचालनमा आएको हो। पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार… पुरा पढौ

अध्यक्ष कर्मकुमारी गुरुङको समाज सेवा कर्म, अक्सिजन प्लान्टलाई गरिन् १ लाख सहयोग

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन्। तमु धिं नेपालकी संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी गुरुङले वतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि चलेको अभियानलाई उक्त रकम प्रदान गरेकी हुन्। ‘कोभिड १९ महामारीले सबैतिर भयावह भइरहेको बेला, अक्सिजनकै अभावमा थुप्रै नेपालीले ज्यान गुमाउनुपरेको छ,’ गुरुङले आफ्नो धारणा राखेकी छन्, ‘यस्तो बेला वतास फाउन्डेसनले अक्सिजन प्लान्ट बनाउन गरेको प्रयास प्रशंसनीय छ।’ गुरुङलेले यस अभियानमा साथ र सहयोगका… पुरा पढौ

पीएन क्याम्पसका आंशिक प्राध्यापकहरु आन्दोलित

पृथ्वी नारायण क्याम्पस पोखराका आंशिक प्राध्यापक पुनः आन्दोलित भएका छन्। आंशिक प्राध्यापकहरुलाई करार नियुक्ति गर्नुपर्ने आफूहरुको यसअघिको माग पूरा नभएको र क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले भौतिक तथा अनलाईन कक्षा अध्यापन गरे वापतको पारिश्रमिक २०७६ सालदेखि भुक्तानी नभएको भन्दै प्राध्यापकहरुले अबदेखी अनलाईन अध्यापन नगर्ने भन्दै आन्दोलित बनेका हुन्। आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिका वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मी र सचिव खिमानन्द पौडेलले आज विज्ञप्ति जारी गरी विश्वविद्यालय जस्तो शैक्षिक संस्थामा चरम आर्थिक, बौद्धिक तथा मानसिक शोषणको अन्त्य हुनुपर्ने तथा यथाशिघ्र… पुरा पढौ

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउनेबारे सोच्नुपर्ने बताएका हुन्। उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताए। अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि उनले बताए। चिकित्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई… पुरा पढौ