समाचार

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

काठमाण्डौं । युरोपेली सङ्घका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन् । आयोगका अध्यक्ष उर्सुला भोन डेर लिएनसमक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि भएको संक्षिप्त भेटमा राजदूत राजभण्डारीले कोभिड–१९ का कारण नेपालले झेल्नुपरेको सङ्कटबारे अवगत गराउँदै सहायताका निम्ति आग्रह गरेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ । खोप, अत्यावश्यक औषधि तथा जीवनदायी औषधि आपूर्तिका लागि उनले गरेकोे आग्रहको जवाफमा आयोगका अध्यक्षले युरोपेली सङ्घका संयन्त्रमार्फत महामारीविरुद्धको नेपालको लडाइँमा सघाउने आश्वासन दिएको उक्त… पुरा पढौ

ओमानको मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ । निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको… पुरा पढौ

उपत्यकामा निषेधाज्ञा : बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

काठमाडौँ। कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो । यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक… पुरा पढौ

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

गलेश्वर। शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ । बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ ।… पुरा पढौ

यि ४ देशले लगाए नेपालीलाई प्रवेशमा रोक

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालीलाई प्रवेशमा रोक लगाएको छ। नेपालसहित दक्षिण एसियाका अन्य ३ देशका नागरिक प्रवेशमा रोक लगाएका छन्। नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना समण उच्च जोखिममा रहेको भन्दै नेपालसहित ४ देशका नागरिकका लागि प्रवेशमा रोक लगाएको हो। दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन्। कोरोना संक्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन्। मलेसियास्थित नेपाली दूतावासका… पुरा पढौ

कोभिड–१९ फैलिने दरमा नेपाल विश्वमै दोस्रो स्थानमा

भारतको तुलनामा नेपालमा कोभिड–१९ को दोस्रो लहर बढी खतरनाक देखिएको छ। यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ। एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो। अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ। हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ। अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन्। कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं… पुरा पढौ

चिकित्सक संघको घोषणा, देशभर ’रेड अलर्ट’

कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर रेड अर्लट घोषणा गरेको छ। संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघले अपिल गरेको छ। दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ। सरकारले बेलैमा आवश्यक तयारी नगर्दा आज भयावह परिस्थिति सिर्जना भएको संघको ठहर छ। राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र… पुरा पढौ

भदौसम्ममा नेपालमा ४२ हजारले ज्यान गुमाउन सक्ने (आइएचएमई) को प्रक्षेपण

कोरोनाका कारण भदौसम्म नेपालमा ४२ हजारको ज्यान जान सक्ने अन्तर्राष्ट्रिय संस्थाले प्रक्षेपण गरेको छ। अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई) ले यस्तो प्रक्षेपण गरेको हो। पछिल्लो अपडेटअनुसार बुधबारसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ जना पुगेको छ। नेपालमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १.०१ प्रतिशतले ज्यान गुमाएका छन्। कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल संक्रमितको संख्या ४ लाख २२ हजार,२ सय, ८९ पुगेको छ। पछिल्लो अपडेटअनुसार… पुरा पढौ

कास्कीमा थप एक साता निषेधाज्ञा लम्बाउने प्रशासनको निर्णय

पोखरा । कोरोना संक्रमणको जोखिम बढेपछि कास्कीमा जारी निषेधाज्ञा थप एक साता लम्बाउने जिल्ला प्रशासन कार्यालय कास्कीले निर्णय गरेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बुधबार बसेको बैठकले कास्कीमा जारी निषेधाज्ञालाई थप कडाइका साथ जेठ ७ गतेसम्म लम्बाउने निर्णय गरेको हो । प्रशासनले यस अघि बैशाख १५ गतेबाट शुरु गरेको निषेधाज्ञालाई बैशाख मसान्तसम्म पुर्याएको थियो । थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ । प्रशासनले… पुरा पढौ

नेपालमा एक लाख बढी सक्रिय कोरोना संक्रमित

पोखरा । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या बढेर एक लाख एक हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी २० हजार ७८६ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या चार लाख २२ हजार २४९ पुगेको छ । यस्तै सोही अवधीमा… पुरा पढौ