समाचार

खोई निजी अस्पतालहरुमा अक्सिजन प्लान्ट ?!

यतिबेला, विश्वमै महाव्याधीको रुपमा फैलिएको कोभिडको संक्रमणले देश झनै ग्रस्त छ। छिमेकी मुलुकमा फैलिएको नौलो भेरियन्टको कोरोना भाइरसको प्रभावका कारण नेपालमा संक्रमित दर बढ्दो छ। कोरोनाकै कारण त्यतिकै अनुपातमा यहाँको मृत्यु दरमा पनि बृद्धि आएको छ। अस्पताल भर्ना, बेड, आइसीयु र भेन्टिलेरको अभावमा संक्रमित विरामीहरुले त्यत्तिकै ज्यान गुमाउनु परेको छ। यति धेरै सरकारी अस्पताल, शिक्षण अस्पताल र सुविधायुक्त निजी अस्पतालहरु भएको देशका नागरिकहरुले अनाहकमा ज्यान गुमाउनु परेको छ। अस्पतालहरु नफा कमाउनकै लागि खोलिएका हुन्। उनीहरुमा सामाजिक उत्तरदायित्व नै छैन। अझ… पुरा पढौ

म्याग्दीको मिस्ट्रीखोला विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो। आयोजनाका आवासीय ईञ्जीनियर दिवाकर खड्काले ३ वटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको जानकारी दिएका छन्। ‘मिस्ट्रीखोलाबाट उत्पादित विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रीय प्रणालीमा जोडियो’, उनले भने, ‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ।’ परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राबिधिक टोली नारच्याङ… पुरा पढौ

भारत बायोटेकले अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने

एजेन्सी । विश्वभर कोभिड–१९ को अभाब भइरहँदा कोभिड–१९ खोपको विकास गरेको भारतीय कम्पनीले कोरोना भाइरसविरूद्धको खोपको अभावलाई कम गर्न अन्य कम्पनीलाई खोप उत्पादनका लागि स्वागत गर्ने जनाएको छ । कम्पनीले कोभ्याक्सिनको उत्पादनलाई बढाउन अन्य खोप निर्माण कम्पनीले खोप उत्पादन गर्न अनुमति पाउने तर खोप उत्पादन गर्दा ‘बायोसेफ्टी लेभल–३’ ल्याबमा उत्पादन गर्नुपर्ने शर्त राखेको छ । नीति आयोगका सदस्य डा भी.के. रावलले भन्नुभयो, “मानिसहरूले कोभ्याक्सिनलाई अन्य कम्पनीबाट उत्पादन गर्न दिनुपर्ने बताएका छन् । कोभ्याक्सिन खोपको निर्माण कम्पनी भारत बायोटेकले ब्यवस्थित ल्याबले… पुरा पढौ

नेपालको ४२ औं प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्त

काठमाण्डौँ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गरेकी छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण शुक्रबार अपराह्न हुने तयारी छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई आज साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते… पुरा पढौ

‘१५ दिनमा अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौँ’

काठमाण्डौं । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । “सय शय्याको अस्पतालका… पुरा पढौ

पत्रकार पौडेलको निधनप्रति प्रेस युनियानद्वारा शोक व्यक्त

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनप्रति नेपाल प्रेस युनियान कास्कीले शोक व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड-१९) बाट उपचारका क्रममा भएकोपौडेलको निधन प्रति यूनियनले विज्ञप्ती मार्फत शोक व्यक्त गरेको हो । 'विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन मर्माहत भएको छ।' प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी शोक विज्ञप्तिमा… पुरा पढौ

गण्डकी प्रदेश :कोरोना संक्रमण हुनेको संख्या २६ हजार नजिक

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या झण्डै २६ हजार नजिक पुगेको छ । बिहीबार विभिन्न जिल्लाका ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा हालसम्मसंक्रमण पुष्टि हुनेको संख्या २५ हजार ९५३ पुगेको हो । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुले एक हजार ३ जनामा गरेको परीक्षणमा ५०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका २१० जनामा कोरोना संक्रमण पाइएको छ । त्यस्तै बाग्लुङका ११९,… पुरा पढौ

गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १८ हजार ६ सय बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका १४५ जना कोरोनामुक्त भएसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार कास्कीका १०१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यस्तै नवलपरासी पूर्वका २९, स्याङ्जका ५, तनहुँका ४, लमजुङ र बाग्लुङका एक–एक जनाले विहीबार नै कोरोना जितेका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका २७४ जना कोरोना भाइरस संक्रमणमुक्त… पुरा पढौ

गण्डकीमा पोखराका ९ सहित थप १४ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कास्कीका ९, बाग्लुङका ४ र म्याग्दीका एक जनाको उपचारका क्रममा पोखरा, बाग्लुङ र म्याग्दीका अस्पतालमा मृत्यु भएको हो । कास्कीमा मृत्यु भएका सबै पोखरा महानगरका विभिन्न वडाका हुन् । मृत्यु हुनेमा चरक मेमोरियल अस्पताल पोखरामा मा उपचाररत पोखरा–१७ का ७३ वर्षिय पुरुष, पोखरा–१७ कै ४४ वर्षिय पुरुष र पोखरा–७ की ४५ वर्षिया महिला छन्… पुरा पढौ

पौडेलको निधनप्रति प्रेस संगठन कास्कीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रेस संगठन नेपालका नेता, कृयाशिल पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल (गणेश)को निधनप्रति प्रेस संगठन कास्कीले दुःख व्यक्त गरेको छ । संगठनका नेता सन्देश श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । कोभिड संक्रमणका कारण उपचाररत पौडेलको आज विहान ४१ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारा निवासी स्वर्गिय पौडेलको आमा, श्रीमती र २… पुरा पढौ